NE/Prabhupada 0648 - स्वाभाविक रुपमा हामी जीव हौँ, हामीले कार्य गर्नुपर्छ



Lecture on BG 6.2-5 -- Los Angeles, February 14, 1969


भक्त: तात्पर्य: "जब एक व्यक्ति भगवानको दिव्य प्रेममय सेवामा पूर्ण रुपले संग्लग्न हुन्छ, ऊ आफैंमा खुसी हुन्छ र तसर्थ ऊ कहिल्यै पनि इन्द्रियतृप्ति वा फल प्रदायक गतिविधिमा संग्लग्न हुँदैन | अन्यथा, कोहि पनि इन्द्रियतृप्तिमा संग्लग्न हुनुपर्छ किनकि संग्लग्नता बिना कोहि पनि बाँच्न सक्दैन |

प्रभुपाद: हो, त्यो मूल कुरा हो | हामीसँग संग्लग्नता हुनुपर्छ | हामी रोकिन सक्दैनौं, उही उदाहरण | तपाईले एउटा बच्चालाई कार्य गर्नबाट रोक्न सक्नुहुन्न | वा गतिविधिहरुमा | प्राकृतिक रुप्ली हामी जीव, हामीले कार्य गर्नुपर्छ | गतिविधिहरु रोक्न सम्भव छैन | जसरी मैले भनें,"एउटा निष्क्रिय दिमाग सैतानको कार्यशाला हो |" त्यसैले यदि हामीसँग राम्रो संग्लग्नता छैन, तब तपाईए आफुलाई केहि नचाहिने कुरामा संग्लग्न गराउनुपर्छ | जस्तै बच्चा, यदि ऊ शिक्षामा संग्लग्न हुँदैन, ऊ बिग्रिएको बच्चा बन्छ | त्यसैगरी, हाम्रा दुई कार्यहरु: कि भौतिक इन्द्रियतृप्ति, वा कृष्ण भावना, वा भक्ति योग वा योग | यदि म योग विधिमा संग्लग्न छैन, तब म इन्द्रियतृप्तिमा हुनुपर्छ | र यदि म इन्द्रियतृप्तिमा छु, योगको कुनै प्रश्न छैन | अघि बढ |

भक्त: "कृष्ण भावना बिना, कोहि पनि सधैं आफुमा केन्द्रित वा विस्तारित स्वार्थी गतिविधिहरुमा हुनुपर्छ | तर एक कृष्ण भावनाभवित व्यक्तिले कृष्णको सन्तुष्टिको लागि सबै कुरा गर्न सक्छन् र त्यसैले इन्द्रियतृप्तबाट पूर्ण रुपले अनासक्त हुन सक्छन् | जसको त्यस्तो अनुभूति छैन, उसले भौतिक इच्छाहरुबाट निस्कन यान्त्रिक रुपले प्रयास गर्नुपर्छ, योग सिंढीको उच्च स्थानमा उठ्नुभाडा पहिले |"

प्रभुपाद: "योग सिंढी |" योग सिंढी, यसलाई सिंढीसँग तुलना गरिएको छ | जस्तै सिंडीहरु-एउटा ठुलो गगनचुम्बी भवनमा सिंढीहरु हुन्छन् | हरेक पाइला प्रगति हो, त्यो तथ्य हो | सम्पूर्ण सिंढीलाई योग विधि भन्न सकिन्छ | तर कोहि पाँचौं पाइलामा हुन सक्छ, अर्को पचासौं पाइलामा हुन सक्छ, अर्को पाँच सय पाइलामा हुन सक्छ, र अर्को भवनको माथि हुन सक्छ | त्यसैले सम्पूर्ण सिंढी योग विधि भए तापनि, जो पाँचौं पाइलामा छ, ऊ त्यस व्यक्तिसँग समान हुन सक्दैन जो पचासौं पाइलामा छ | जो पचासौं पाइलामा छ, उसको तुलना त्यस व्यक्तिसँग हुन सक्दैन जो पाँच सय पाइलामा छ | त्यसैगरी, भगवद गीतामा तपाईले कर्म-योग, ज्ञान-योग, ध्यान-योग, भक्ति-योग पाउनुहुन्छ | यो योग नामसँग वर्णित छ | किनकि सम्पूर्ण सिंढी उच्चतम तल्लासँग जोडिएको छ | त्यसैले हरेक विधि भगवान, कृष्णसँग जोडिएको छ | तर त्यसको मतब यो होइन कि हरेक मानिस उच्चतम तल्लामा छ | जो उच्चतम तल्लामा छ, उसलाई कृष्ण भावनामा भएको बुझ्नुपर्छ | अरु, तिनीहरु केवल पचासौं वा पाँच सयौं जस्तै हुन् | सम्पूर्ण कुरालाई सिंढी भनिन्छ |