NE/Prabhupada 0654 - तपाईले आफ्नो प्रयासद्वारा भगवानलाई देख्न सक्नुहुन्न, तपाईका इन्द्रियहरु बेकार छन्



Lecture on BG 6.6-12 -- Los Angeles, February 15, 1969


जस्तै भगवद गीतामा भनिएको छ: पत्रं पुष्पं फलं तोयं यो मे भक्त्या प्रयच्छति तद् अहं भक्त्य्-उपहृतम् अश्नामि प्रयतात्मनः (भ गी ९|२६) "यदि कसैले मलाई फुल, फल, पात, दुध, अर्पण गर्छ, प्रेमपुर्वक, म स्वीकार्छु र खान्छु |" अब उहाँ कसरी खानुहुन्छ, त्यो तपाईले वर्तमान समयमा देख्न सक्नुहुन्न- तर उहना खाँदै हुनुहुन्छ | त्यो हामी दैनिक अनुभव गर्दैछौं | हामी कृष्णलाई अर्पण गर्दैछौं, विधि अनुसार, र तपाईले देख्नुहुन्छ कि भोजनको स्वाद तत्काल परिवर्तन हुन्छ | त्यो व्यवहारिक छ | उहाँ खानुहुन्छ, तर किनकि उहाँ पूर्ण हुनुहुन्छ, उहाँले हामी जसरी खानुहुँदैन | जस्तै यदि मैले तपाईलाई एक थाल भोजन दिन्छ, तपाईले सक्नुहुन्छ | तर भगवान भोको हुनुहुँदैन, तर उहाँ खानुहुन्छ | उहाँ खानुहुन्छ र खानेकुरा यथावत राख्नुहुन्छ | पूर्णस्य पूर्णम् आदाय पूर्णम् एवावशिष्यते (श्री ईशोपनिषद्, मंगलाचरण) | भगवान यति पूर्ण हुनुहुन्छ, कि उहाँले अर्पण गरिएको सम्पूर्ण भोजन लिन सक्नुहुन्छ, तब पनि त्यो यथावत हुन्छ | उहाँले आफ्ना आँखाबाट खान सक्नुहुन्छ | यो ब्रह्म-संहितामा वर्णित छ: अङ्गानि यस्य सकलेन्द्रिय​-वृत्तिमन्ति | भगवानको शरीरको हरेको अंगले अर्को अंगको कार्य गर्न सक्छ | जस्तै तपाई आफ्ना आँखाबाट देख्नुहुन्छ | तर तपाई आफ्ना आँखाबाट देख्नुहुँदैन | तर भगवान, यदि तपाईले अर्पण गरेको भोजन उहाँले केवल देख्नुहुन्छ, त्यो उहाँको खानु हो | यी कुराहरु वर्तमान समयमा बुझ्न सकिंदैन | तसर्थ पद्म पुराणमा भनिएको छ, कि जब कोहि भगवानको सेवाबाट अध्यात्मिक रुपले परिपूर्ण हुन्छ, तब भगवानको दिव्य नाम, गुण, रुप र लिला तपाई समक्ष प्रकट हुन्छ | तपाईले आफ्नो प्रयासले भगवानलाई बुझ्न सक्नुहुँदैन, तर भगवान तपाई समक्ष प्रकट हुनुहुन्छ | जस्तै यदि तपाई अहिले सुर्य देख्न चाहनुहुन्छ | अहिले अन्धकार छ | यदि तपाई भन्नुहुन्छ ,"ओहो मसँग धेरै चम्किलो बत्ति छ | आउ, मैले तिमीलाई सुर्य देखाउनेछु |" तपाईले देखाउन सक्नुहुन्न | तर जब सुर्य आफ्नो इच्छाले बिहान उदाउँछ, तपाईले देख्न सक्नुहुन्छ | त्यसैगरी तपाईले भगवानलाई आफ्नो प्रयासले देख्न सक्नुहुन्न किनकि तपाईको इन्द्रिय सब बेकार छन् | तपाईले आफ्नो इन्द्रिय शुद्ध पार्नुपर्छ र तपाईले त्यस समयको लागि प्रतिक्षा गर्नुपर्छ, जब भगवान खुसी हुनुहुन्छ, उहाँले तपाई समक्ष आफुलाई प्रकट गराउनुहुन्छ | त्यो विधि हो | तपाईले परीवर्तन गर्नसक्नुहुन्न | "हे भगवान, मेरो प्रिय कृष्ण, कृपया आउनुहोस् | म हजुरलाई हेर्नेछु |" होइन, भगवान तपाईको आज्ञापालक होइन, तपाईको दास | त्यसैले जब उहाँ खुसी हुनुहुन्छ, तपाईले देख्नुहुन्छ | त्यसैले हाम्रो विधि भनेको कसरी उहाँलाई खुसी बनाउने ताकी उहाँ म समक्ष प्रकट हुनुहुन्छ | त्यो वास्तविक विधि हो | तपाई सक्नुहुन्न.... तसर्थ तिनीहरु बेकार भगवानबाट भ्रमित छन् | किनकि तिनीहरु भगवानलाई देख्न सक्दैनन्, जसले भन्छ कि "म भगवान हुँ," ऊ स्विकारिन्छ | तर तिनीहरुलाई थाहा छैन भगवान के हुनुहुन्छ | कसैले भन्छ कि "म सत्यको खोजमा छु |" तर तपाईले थाहा पाउनुपर्छ सत्य के हो | अन्यथा तपाईले सत्य कसरी खोज्नुहुन्छ ? मानौं यदि तपाई सुन खरिद गर्न चाहनुहुन्छ | तपाईले सैद्धान्तिक रुपमा थाहा पाउनुपर्छ वा केहि अनुभव कि सुन के हो | अन्यथा मानिसले तपाईलाई ठग्नेछन् | त्यसैले यी मानिसहरु ठगिंदैछन्, यति धेरै धुर्तलाई भगवानको रुपमा स्वीकार्दै | किनकी तिनीहरुलाई थाहा छैन भगवान के हुनुहुन्छ | जो पनि आउँछ,"ओहो, म भगवान हुँ," र धुर्त- ऊ धुर्त हो, र जुन मानिसले भन्छ कि "म भगवान हुँ," ऊ पनि धुर्त हो | धुर्त समाज, र एउटा धुर्तलाई भगवानको रुपमा स्विकारिन्छ | भगवान त्यस्तो हुनुहुन्न | एक मानिसले आफुलाई भगवान देख्न योग्य पार्नुपर्छ, भगवानलाई देख्न | त्यो हो कृष्ण भावना | सेवोन्मुखे हि जिह्वादौ स्वयम् एव स्फुरत्य् अदः [भक्ति-रसामृत​-सिन्धु १|२|२३४] | यदि तपाईले आफुलाई भगवानको सेवामा संग्लग्न गराउनुहुन्छ, तब तपाई भगवानलाई देख्न योग्य हुनुहुन्छ | अन्यथा यो सम्भव छैन | अघि बढ |