NE/Prabhupada 0661 - यी युवाभन्दा राम्रो ध्यानी कोहि पनि छैनन् । यिनीहरु केवल कृष्णमा ध्यान गर्छन्



Lecture on BG 6.13-15 -- Los Angeles, February 16, 1969


एक मानिसले ममा ध्यान गर्नुपर्छ | र अन्तिममा, ध्यान कहाँमा हुन्छ | शुन्यमा होइन | केवल विष्णुमा, यो विष्णु रुप | त्यो सांख्य योग हो | यो सांख्य योग सर्वप्रथम कपिलदेवद्वारा अभ्यास गरिएको थियो | उहाँ कृष्णको अवतार हुनुहुन्छ | त्यसैले यो योगको रहस्य हो | कि यो, मेरो मतलब, सुत्ने विधि र तपाईको नाकको टुप्पोमा हेर्नु र सिधा बस्नु, यी सब, मेरो मतलब, साधनाहरु, तपाईलाई विष्णु रुप वा कृष्णमा तपाईको मन एकाग्र पार्न मदत गर्नेछ | एक मानिसले ममा ध्यान गर्नुपर्छ | यो ध्यान भनेको कृष्णमा ध्यान | त्यसैले यहाँ, यस कृष्ण भावनाम्रीत अभियानमा, यो प्रत्यक्ष रुपमा केवल कृष्णमा हो, केहि छैन.... तसर्थ कोहि पनि यी बालक भन्दा राम्रा ध्यानी हुन् | यिनीहरु केवल कृष्णमा ध्यान गर्छन् | यिनीहरुको सम्पूर्ण कार्य कृष्ण हो | यिनीहरु बगैंचामा कार्यरत छन्, जमिन खन्दै, "ओहो, त्यहाँ राम्रो गुलाफ हुनेछ, हामी कृष्णलाई अर्पण गर्नेछौं |" शयन | व्यवहारिक ध्यान | म गुलाफ उमार्नेछु र यो कृष्णलाई अर्पण हुनेछ | खन्नुमा पनि ध्यान छ | तपाई देख्नुहुन्छ ? यिनीहरु राम्रो भोजन तयार गर्दैछन्,"ओहो, यो कृष्णद्वारा खाइनेछ |" त्यसैले पकाउनुमा ध्यान छ | तपाई देख्नुहुन्छ ? र जप्नु र नाच्नुको के कुरा गर्नु | त्यसैले यी..... यिनीहरु चौबिस घण्टा कृष्णमा ध्यान गर्दैछन् | पूर्ण योगी | कोहि आओस् र चुनौती दिओस् | यी युवाहरु पूर्ण योगी हुन् | हामी पूर्ण योग विधि सिकाउँदैछौं | सनकी ढंगले होइन | भगवद गीताको आधारमा | हामीले कुनै कल्पनाद्वारा केहि उत्पादन गरेका छैनौँ, तर यहाँ बयान छ, तपाई देख्नुहुन्छ ? केवल आफ्नो मन कृष्ण, वा विष्णुमा एकाग्र पार्नुहोस् | र उनीहरुको गतिविधि यसरि मोडिएका छन् कि उनीहरु कृष्ण बाहेक अरु सोच्न सक्दैनन्, कृष्ण, कृष्ण, कृष्ण | त्यसैले उनीहरु उच्चतम ध्यानी हुन् | "हृदयभित्र ममा ध्यान गर र मलाई जीवनको अन्तिम लक्ष्य बनाउ |" त्यसैले कृष्ण जीवनको अन्तिम लक्ष्य हुनुहुन्छ | उनीहरु आफुलाई कृष्णलोकमा स्थानान्तरण गर्न स्वयंलाई तयार गर्दैछन् | त्यसैले यहाँ पूर्ण योग छ | उनीहरु पूर्ण योग अभ्यास गर्दैछन् | अघि बढ |