NE/Prabhupada 0662 - तिनीहरु चिन्तापूर्ण छन् किनकि तिनीहरुले अस्थायी कुरा समाएका छन्



Lecture on BG 6.13-15 -- Los Angeles, February 16, 1969


तमाल कृष्ण: श्लोक पन्ध्र: "यस प्रकारले ध्यान गर्दै, सधैं शरीर, मन र गतिविधि नियन्त्रण गर्दै, योगी अध्यात्मवादीले शान्ति (परम निर्वाण) प्राप्त गर्छ जुन ममा स्थित छ (भ गी ६|१५) |"

प्रभुपाद: निर्वाण भनेको, संस्कृतमा वास्तविक शब्द, निर्वाण भनेको सकिनु | सकिनु | त्यसलाई भनिन्छ निर्वाण | त्यो भनेको भौतिकवादी गतिविधि सकिनु | अझै हुँदैन | त्यसलाई भनिन्छ निर्वाण | र जबसम्म तपाई यी बेकार गतिविधिहरु सक्नुहुन्न, शान्तिको कुनै प्रश्न हुँदैन | जबसम्म तपाई भौतिकवादी गतिविधिहरुमा संग्लग्न हुनुहुन्छ, शान्तिको कुनै प्रश्न छैन | प्रह्लाद महाराजले आफ्ना पितालाई भने, तत् साधु मन्ये ऽसुर​-वर्य देहिनां सदा समुद्विग्न​-धियाम् असद्-ग्रहात् | उनको पिताले उनलाई सोधे,"मेरो प्रिय बाबु, तिमि शिक्षित छौ...... " एउटा सानो बालक, पाँच वर्षका | पिता सधैं स्नेही हुन्छन, र उनले सोध्दै थिए, "मेरो परी बाबु, तिमीले के सिक्यौ, सर्वोत्तम कुरा, अहिलेसम्म ?" ओहो, उनले तत्काल,"पिताजी, म तपाईलाई भन्नेछु, सर्वोत्तम कुरा |" "त्यो के हो ?" उनले भने तत् साधु मन्ये ऽसुर​-वर्य देहिनां | "मेरा प्रिय पिता, यो सर्वोत्तम कुरा हो |" कसको लागि ? कसको लागि सर्वोत्तम कुरा ? उनले भने, तत् साधु मन्ये ऽसुर​-वर्य देहिनां सदा समुद्विग्न​-धियाम् असद्-ग्रहात् (श्री भा ७|५|५) | यी मानिसहरु, यी भौतिकवादी मानिसहरु जसले केहि अस्थायी स्वीकारेका छन्...... केवल हरेक शब्द बुझ्ने प्रयास गर्नुहोस् | यी भौतिकवादी मानिसहरु, तिनीहरु केहि अस्थायी प्राप्त गर्न लालायित छन्, त्यति हो | तपाईले देख्नुभएको छ, अनुभवले | अहिले राष्ट्रपति, श्रीमान केनेडी, उनी धेरै धनि मानिस थिए | उनी राष्ट्रपति बन्न चाहन्थे, र उनले धेरै पैसा खर्च गरे | उनी राष्ट्रपति बने | उनको आफ्नो राम्रो परिवार, पत्नी, बच्चा, राष्ट्रपति पद थियो - एक सेकेन्डमा सकियो | त्यसैगरी सबजना प्रयास गर्दैछन्, भौतिक जगतमा, केहि अस्थायी पाउन | तर म आत्मा हुँ, स्थायी | यी धुर्तहरु तिनीहरु यो विशारमा आउँदादैनन् कि "म स्थायी छु | किन मा अस्थायी पछी छु ?" यदि म सधैं शरीरको सुविधाको लागि व्यस्त छु, तर मलाई थाहा छ कि यो शरीर, आज वा भोलि वा सय वर्ष पछी, यो सकिनेछ, र जहाँसम्म मेरो कुरा छ, म आत्मा हुँ, मेरो जन्म हुँदैन, मेरो मृत्यु हुँदैन | तब मरो कार्य के हो ? यो शारीरिक कार्य हो, जे मैले गर्दैछु, यी भौतिक गतिविधिहरु | तसर्थ प्रह्लाद महाराजले असद्-ग्रहात् भन्नुभयो | केवल हेर्नुहोस् कति राम्रो | तिनीहरु व्याकुल छन्, तिनीहरु चिन्तापूर्ण छन् किनकि तिनीहरुले केहि अस्थायी पाएका छन् | तिनीहरुको सम्पूर्ण गतिविधिहरु केहि अस्थायी प्राप्त गर्न लक्षित छ | तसर्थ तिनीहरुसधैं चिन्तापूर्ण हुन्छन् | कुनै मानिस, कुनै जीव, मानिस, पशु वा चार, सधैं चिन्तित | यो भौतिक रोग हो | त्यसैले यदि तपाई सधैं चिन्तापूर्ण हुनुहुन्छ, शान्तिको कहाँ प्रश्न हुन्छ ? तपाई जानुहोस्, म सडकमा जान्छु, म भन्छु,"कुकुरदेखि सावधान |" तिनीहरु धेरै राम्रो घरमा बस्दैछन्, तर चिन्तापूर्ण | कोहि आउन सक्दैन | एउटा कुकुर होस् | तपाई देख्नुहुन्छ ? "कुकुरदेखि सावधान |" "कसैलाई अनुमति छैन |" त्यो भनेको राम्रो घरमा बसे तापनि, तर चिन्तापूर्ण | चिन्तापूर्ण | कार्यालयमा बस्दै हुन्छ, धेरै राम्रो तलब, सधैं सोच्दै, "ओहो मैले यो कार्यालय नगुमाए हुन्थ्यो |" तपाई देख्नुहुन्छ ? अमेरिकी राष्ट्र, धेरै धनि राष्ट्र, धेरै राम्रो रक्षा, रक्षा शक्ति, सबै | सधैं चिन्तित | "ओहो, यी भियतनामी यहाँ नआउन् |" तपाई देख्नुहुन्छ ? त्यसैले को चिन्ता मुक्त छ ? तसर्थ निष्कर्ष यो हो कि यदि तपाई चिन्ता बिना शान्ति चाहनुहुन्छ, तब तपाई कृष्ण भावनामा आउनुपर्छ | अरु कुनै विकल्प छैन | यो व्यवहारिक छ | केवल बुझ्ने प्रयास गर्नुहोस् | तसर्थ यहाँ भनिएको छ,"याद प्रकार ध्यान गर्दै, म, कृष्णमा ध्यान गर्दै, सधैं शरीर नियन्त्रण गर्दै |" प्रथम नियन्त्रण जिब्रोको हो | र अर्को नियन्त्रण जनेन्द्रियको हो | तब तपाईले सबै नियन्त्रण गर्नुहुन्छ | तपाई आफ्नो जिब्रोलाई जप्न र कृष्ण प्रसाद खान संग्लग्नता दिनुहोस्, यो नियन्त्रित हुन्छ, सकियो | र जब तपाईको जिब्रो नियन्त्रित हुन्छ, तत्काल तपाईको पेट नियन्त्रित हुन्छ, तत्काल अर्को, तपाईको जनेन्द्रिय नियन्त्रित हुन्छ | सरल कुरा | शरीर, मनलाई नियन्त्रण गर्दै | मन कृष्णमा एकाग्र हुँदै, अरु कुनै संग्लाग्नता हुँदैन, नियन्त्रित | गतिविधिहरु, सधैं कृष्णको कार्य गर्नु | माली, टाइप गर्ने, पकाउने, कार्यरत, सबै कृष्णको लागि- गतिविधिहरु | "योगी अध्यात्मवादीले तब- तत्काल तिनीहरु योगी अध्यात्मवादी हुन्छन्- शान्ति, परम निर्वाण प्राप्त गर्छन्, जुन ममा स्थित छ |" सबै कृष्णमा स्थित छ | तपाईले कृष्ण गतिविधि बाहिर शान्ति प्राप्त गर्नुहुन्न | कृष्ण भावना बाहिर | त्यो सम्भव छैन | अघि बढ |