NE/Prabhupada 0682 - भगवान् मेरो अाज्ञापालक हुनुहुन्न



Lecture on BG 6.30-34 -- Los Angeles, February 19, 1969


विष्णुजन: "आत्म-साक्षात्कार पछी भक्त कृष्णसँग एक हुन्छ, यस विचारमा कि कृष्ण भक्तको लागि सबै कुरा हुनुहुन्छ र भक्त कृष्णलाई प्रेम गर्न पूर्ण हुन्छ | तब भगवान र भक्त बीचको घनिष्ट सम्बन्ध स्थापित हुन्छ | त्यस अवस्थामा कुनै मौका छैन कि त्यस जीवको विनाश हुनेछ, न त भगवान त्यस भक्तको नजरबाट टाढा हुनुहुन्छ |"

प्रभुपाद: कसरी उहाँ नजरबाट टाढा हुनुहुन्छ ? उसले सबै कुरा कृष्णमा देख्छ र कृष्णलाई सर्वत्र देख्छ | सबै कुरा कृष्णमा र कृष्णलाई सर्वत्र | तब उसले कृष्णलाई देख्न कसरी रोकिन्छ ?

विष्णुजन: "कृष्णमा एकाकार हुनु अध्यात्मिक विनाश हो | एउटा भक्तले त्यस्तो जोखिम लिंदैन | यो कुरा ब्रह्म संहितामा वर्णित छ:"म आदि भगवान गोविन्दको भजन गर्छु, जसलाई आँखामा प्रेमरुपी गाजल लगाएका भक्तहरुले सधैं देख्ने गर्छन् | उहाँ भक्तका हृदयमा निवास गर्ने श्यामसुन्दरका रुपमा नित्य देखिनुहुन्छ |'"

प्रभुपाद: श्यामसुन्दर, यी हुनुहुन्छ श्यामसुन्दर, कि कर्तमसि | श्यामसुन्दर । प्रेमाञ्जन​-च्छुरित​-भक्ति-विलोचनेन सन्तः सदैव हृदयेषु विलोकयन्ति यं श्यामसुन्दरम् अचिन्त्य​-गुण​-स्वरूपं गोविन्दम् आदि-पुरुषं तम् अहं भजामि (ब्र स ५|३८) | त्यसैले जसले कृष्ण प्रेम विकास गरेको छ, उसले श्यामसुन्दर, कर्तमसिलाई, सधै आफ्नो हृदयभित्र देख्छ | त्यो योगको पूर्णता हो | कर्तमसि, मैले त्यस नाम दिएको छु, अवश्य | उहाँ श्यामसुन्दर हुनुहुन्छ, हो | ठिक छ, अनि ? अर्को हरफ |

विष्णुजन: "यस अवस्थामा भगवान भक्तको नजरबाट कहिल्यै अदृश्य हुनुहुँदैन, न त भक्तले कहिल्यै भगवानको दृश्य गुमाउँछ | जुन योगीले भगवानलाई परमात्मा रुपमा हृदयभित्र देख्छ, उही कुरा लागु हुन्छ | त्यस्तो योगी एउटा शुद्ध भक्त बन्छ र भगवानलाई आफुभित्र नदेखी एक क्षण पनि बाँच्न सक्दैन |"

प्रभुपाद: त्यति हो | यो भगवानलाई देख्ने विधि हो (हाँस्नुहुन्छ) अन्यथा, भगवान मेरो आज्ञा पूर्ति गर्ने हुनुहुन्न,"कृपया आउनुहोस् र हेर्नुहोस् |" तपाईले भगवानलाई कसरी देख्ने भनेर आफुलाई योग्य बनाउनुपर्छ, हरेक क्षण, सर्वत्र | र यो योग्यता सरल छ | त्यो त्यति कठिन छैन |

विष्णुजन: "जुन योगीलाई थाहा हुन्छ कि...... जुन योगीलाई थाहा हुन्छ कि म र हरेक जीवभित्रको परमात्मा एक हौँ, मलाई आराधना गर्छ र हरेक परिस्थितिमा ममा रहन्छ |"

प्रभुपाद: हँ | तात्पर्य त्यहाँ छ, अघि बढ |

विष्णुजन: तात्पर्य: "जुन योगीले आफूभित्रको परमात्मामा ध्यान अभ्यास गर्छ, उसले कृष्णको स्वांश विष्णुलाई देख्छ- चार हातमा शंख, चक्र, गदा र कमलको फुल समाउनुभएको |"

प्रभुपाद: यो चित्र, विष्णुको चित्र | त्यो योगीको ध्यानको लक्ष्य हो | त्यो वास्तविक योग हो | र यस विष्णु अभिव्यक्ति कृष्णको स्वांश हुनुहुन्छ | ब्रह्म संहितामा भनिएको छ यः कारणार्णव​-जले भजति स्म योग​- निद्राम् अनन्त​-जगद्-अण्ड​-सरोम​-कूपः विष्णुर् महान् स इह यस्य कला-विशेषो गोविन्दम् आदि-पुरुषं तम् अहं भजामि (ब्र स ५|४७) "म आदि भगवान गोविन्दको भजन गर्छु |" गोविन्दम् आदि-पुरुषं | पुरुषं भनेको भगवान पुरुष हुनुहुन्छ, भोक्ता, आदि, मूल रुप | गोविन्दम् आदि-पुरुषं तम् अहं भजामि | र ती गोविन्द को हुनुहुन्छ ? जसको केवल एक स्वांश महा-विष्णु हुनुहुन्छ | र महा-विष्णुको कार्य के हो ? यस्यैक​-निश्वसित​-कालम् अथावलम्ब्य जीवन्ति लोम​-विलजा जगद्-अण्ड​-नाथाः (ब्र स ५|४८) | हरेक ब्रह्माण्डमा एक प्रमुख जीव हुनुहुन्छ जसलाई ब्रह्मा भनिन्छ | ब्रह्मा हरेक ब्रह्माण्डमा मूल व्यक्ति हुनुहुन्छ | त्यसैले ब्रह्माको आयु, वा ब्रह्माण्डको आयु, महा विष्णुको श्वास लिने अवधिमा मात्र अस्तित्वमा रहन्छ | महा विष्णु कारण समुद्रमा हुनुहुन्छ र जब उहाँ श्वास बाहिर फाल्नुहुन्छ, लाखौं ब्रह्माण्ड फोकाको रुपमा आउँछन् र फेरी विकास हुन्छन् | र जब उहाँ श्वास भित्र लिनुहुन्छ, लाखौं ब्रह्माण्ड फेरी उहाँ भित्र जान्छन् | त्यसैले भौतिक जगतको त्यस अवस्था छ | यो बाहिर आउँदैछ र गरी जाँदैछ | भूत्वा भूत्वा प्रलीयते (भ गी ८|१९) | भगवद गीतामा पनि भनिएको छ कि यी भौतिक ब्रह्माण्डहरु सिर्जित छन्, विशेष आवाशीमा र फेरी विनाश हुन्छन् | अब यस सृष्टि र विनाश महा विष्णुको श्वास भित्र लिन र बाहिर फ्याँक्नेमा निर्भर छ | केवल कल्पना गर्नुहोस् कि महा-विष्णुको शक्ति कति छ | तर महा विष्णु, यहाँ भनिएको छ: यस्यैक​-निश्वसित​-कालम् अथावलम्ब्य जीवन्ति लोम​-विलजा जगद्-अण्ड​-नाथाः विष्णुर् महान् स इह यस्य कला-विशेषः (ब्र स ५|४८) | यी महा विष्णु कृष्णको स्वांशको पनि स्वांश हुनुहुन्छ | कृष्ण मूल हुनुहुन्छ | गोविन्दम् आदि-पुरुषं तम् अहं भजामि | यी महा विष्णु फेरी हरेक ब्रह्माण्डमा गर्बोदकशायी विष्णुको रुपमा प्रवेश गर्नुहुन्छ | र गर्भोदकशायी विष्णुबाट क्षीरोदाकशायी विष्णु आउनुहुन्छ | ती क्षीरोदाकशायी विष्णु हरेक जीवको हृदयमा प्रब्बेश गर्दै हुनुहुन्छ | यस प्रकारले विष्णु अभिव्यक्ति सृष्टि भरि हुनुहुन्छ | योगीको मनमा विष्णु रुपको ध्यान, त्यो यहाँ व्याख्या गरिएको छ | कि विष्णु, जो सर्वत्र हुनुहुन्छ | जो हुनुहुन्छ ईश्वरः सर्व​-भूतानां हृद्-देशे ऽर्जुन तिष्ठति (भ गी १८|६१) | भगवद गीतामा तपाईले पाउनुहुनेछ कि महा विष्णु, क्षीरोदकशायी विष्णु सबैको हृदयमा बस्दै हुनुहुन्छ | अब योगीले खोज्नुपर्छ कि उहाँ कहाँ बस्दै हुनुहुन्छ र आफ्नो मन त्यहाँ एकाग्र पार्नुपर्छ | त्यो योग विधि हो | अघि बढ | "योगीले थाहा पाउनुपर्छ |"

विष्णुजन: "योगीले थाहा पाउनुपर्छ कि विष्णु कृष्णभन्दा अभिन्न हुनुहुन्छ |"

प्रभुपाद: हो |