NE/Prabhupada 0696 - भक्ति-योग विशुद्ध भक्ति हो



Lecture on BG 6.46-47 -- Los Angeles, February 21, 1969


भक्त: "वास्तवमा, भक्ति योग अन्तिम लक्ष्य हो, तर पनि भक्ति योगको सुक्ष्म विश्लेषण गर्न अरु योगको बारेमा बुझ्नुपर्छ | जुन योगी प्रगतिशील हुन्छ, ऊ मात्र शाश्वत कल्याणको सहि मार्गमा अवस्थित हुन्छ | जो व्यक्ति एउटा खास विन्दुमा स्थिर हुन्छ र अघि बढ्दैन, उसलाई त्यहि विशेष नामले सम्बोधित गरिन्छ |"

प्रभुपाद: हो | अब, यदि कोहि ज्ञान योगको अभ्यास गर्दैछ, यदि उसले सोच्छ कि उसले पूर्णता प्राप्त गर्यो, त्यो गलत हुन्छ | तपाईले अझै प्रगति गर्नुपर्छ | जस्तै हामीले धेरै पटक उदाहरण दिइसक्यौं, एउटा सिंढी छ | तपाई उच्चतम तल्लामा जानुपर्छ, जुन मानौं सयौं तल्ला हो | कोहि पचासौं तल्लामा छ, कोहि तीसौं तल्लामा छ, कोहि असी तल्लामा छ | यदि कोहि त्यस विशेष तल्लामा आएर, असी, पचासौं वा वा असी, उसले सोच्छ,"यो सकियो," तब उसे प्रगति गरिरहेको छैन | ऊ अन्त्यसम्म जानुपर्छ | त्यो योगको उच्चतम स्तर हो | सम्पूर्ण सिंढीलाई योग विधि भन्न सकिन्छ | तर आफुलाई पचासौं वा असी तल्लामा राखेर सन्तुष्ट नहुनुहोस् | उच्चतम स्तरमा जानुहोस्, सयौं वा एक सय पचासौं | त्यो भक्ति योग हो | अघि बढ |

भक्त: "तर यदि कोहि भक्ति योगको विन्दुसम्म आइपुग्न भाग्यमानी छ, यो बुझ्नुपर्छ कि उसले अरु विभिन्न योग विधि सम्पन्न गरिसकेको छ |"

प्रभुपाद: अब, यदि कसैलाई सिंढी चढ्नुभन्दा, लिफ्ट चढ्ने मौका दिइन्छ, एक सेकेन्डमा ऊ माथि पुग्छ | त्यसैले यदि कसी भन्छ,"मैले यो लिफ्टको फाइदा किन उठाउने ? म सिंढीबाट जान्छु," ऊ जान सक्छ | तर त्यहाँ मौका छ | यदि तपाईले यस भक्ति योग लिनुहुन्छ, तत्काल तपाईले लिफ्टको मदत लिनुहुन्छ र एक सेकेन्डमा तपाई सयौं तल्लामा पुग्नुहुन्छ | यो विधि हो | प्रत्यक्ष विधि | टप सिंढीबाट जान सक्नुहुन्छ, अरु सबै योग विधि पालन गरेर | तर तपाईले प्रत्यक्ष रुपमा लिन सक्नुहुन्छ | चैतन्य महाप्रभुले सिफारिश गर्नुभएको छ कि यस युगमा, मानिसहरुको आयु धेरै छोटो छ | तिनीहरु विचलित छन्, तिनीहरु चिन्तापूर्ण छन् | तसर्थ उहाँको कृपाले, उहाँको अहैतुकी कृपाले, उहाँले तात्का लिफ्ट दिनुभएको छ-हरे कृष्ण जपेर भक्ति-योगमा आउ | तत्काल | तपाईले प्रतिक्षा गर्नु पर्दैन | तत्काल लिनुहोस् | त्यो चैतन्य महाप्रभुको विशेष उपहार हो | तसर्थ रुप गोस्वामी प्रार्थना गर्नुहुन्छ, चैतन्य महाप्रभुलाई प्रणाम गर्नुहुन्छ: लिन्क्नमो महा-वदान्याय कृष्ण​-प्रेम​-प्रदाय ते (चै च मध्य १९|५३) | "ओहो, हजुर सबभन्दा उदार अवतार हुनुहुन्छ किनकि तपाई प्रत्यक्ष रुपमा कृष्ण-प्रेम दिंदै हुनुहुन्छ | कृष्ण-प्रेम प्राप्त गर्न एक मानिसले योग-विधिको धेरै सिंढी र अवस्था पार गर्नुपर्छ, र हजुरले प्रत्यक्ष रुपमा दिंदै हुनुहुन्छ | तसर्थ हजुर सबभन्दा उदार अवतार हुनुहुन्छ |" वास्तवमा, त्यो अवस्था हो | अघि बढ |

भक्त: "तसर्थ कृष्ण भावनाभावित हुनु योगको उच्चतम स्तर हो, जस्तै जब हामी हिमालयको कुरा गर्छौं, हामी उच्चतम, संसारको उच्चतम हिमाललाई उल्लेख गर्छौं, जसमा सबभन्दा उच्च हिमाल, सगरमाथालाई पराकाष्ठा मानिन्छ | यो ठुलो भाग्य हो कि एक मानिस कृष्ण भावनामा आउँछ, भक्ति योगको मार्गमा, र वैदिक निर्देशन अनुसार अवस्थित हुन्छ | एक आदर्श योगीले आफ्नो ध्यान कृष्णमा एकाग्र पार्छ, जसलाई श्यामसुन्दर भनिन्छ, बादल जस्तै सुन्दर रङ्गको, उहाँको कमल जस्तो मुहार सुर्यजस्तो उज्ज्वल छ र उहाँको वस्त्र रत्नजडित आभूषणले सजिएको छ, र उहाँको शरीर फुलको मालाले सुशोभित छ | भगवानलाई सबैतिरबाट प्रदीप्त गर्ने उहाँको वैभवशाली सौन्दर्यलाई ब्रह्म्ज्योति भनिन्छ | उहाँ विभिन्न रुपमा अवतार लिनुहुन्छ, जस्तै राम, नृसिंह, वराह र कृष्ण, सव्वोच्च पुरुषोत्तम भगवान | र उहाँ मानव जसरी आउनुहुन्छ, माता यशोदाको पत्रको रुपमा, र उहाँलाई कृष्ण, गोविन्द र वासुदेव भनेर चिनिन्छ | उहाँ पूर्ण बच्चा, पति, मित्र,मालिक हुनुहुन्छ र उहाँ सम्पूर्ण ऐश्वर्य र दिव्य गुणले भरिपूर्ण हुनुहुन्छ | यदि कोहि भगवानका यी गुणप्रति सचेत हुन्छ, उसलाई सर्वोच्च योगी भनिन्छ | योगको पूर्णताको यस सर्वोच्च स्तरलाई केवल भक्ति योगद्वारा प्राप्त गर्न सकिन्छ, जसरी वैदिक साहित्यमा पुष्टि गरिएको छ |"

प्रभुपाद: त्यस भक्ति, भगवद गीतामा तपाईले पाउनुहुनेछ, कि भक्त्या माम् अभिजानाति यावान् यश् चास्मि तत्त्वतः (भ गी १८|५५) | सुरुवातमा कृष्ण भन्नुहुन्छ कि लाखौं मानिसहरुमध्ये, एकले मलाई वास्तवमा बुझ्न सक्छ | र त्यहि वास्तविक शब्द अठारौं अध्यायमा प्रयोग भएको छ, कि "यदि कसैले मलाई जान्न चाहन्छ," कृष्ण वा भगवान, "तब उसले भक्ति योगको विधि सम्पन्न गर्नुपर्छ |" भक्त्या माम् अभिजानाति यावान् यश् चास्मि तत्त्वतः (भ गी १८|५५) | त्यो स्पष्टसँग भनिएको छ | वेदमा पनि यो भनिएको छ: केवल भक्तिद्वारा, तपाईए सर्वोच्च पूर्णताको स्तर प्राप्त गर्नुहुन्छ | अरु योग विधिमा भक्तिको मिसावट हुनुपर्छ | तर भक्ति योग अमिश्रित भक्ति हो | तसर्थ भक्ति योगको यस प्रत्यक्ष विधि यस युगको लागि सिफारिश गरिएको छ, किनकि तिनीहरुसँग पर्याप्त समय छैन सबै गतिविधि सम्पन्न गर्न, कुनै अरु योग विधि |

धेरै धेरै धन्यवाद | (विराम)