NE/Prabhupada 0699 - भक्तले प्रेमपुर्वक कृष्णलाई उहाँको मूल रुपमा प्रेम गर्न चाहन्छन्



Lecture on BG 6.46-47 -- Los Angeles, February 21, 1969


भक्त: प्रभुपाद आज बिहान हामीले भगवद गीतामा पढ्दै थियौं | कृष्णको विराट रुपमा- जब उहाँले अर्जुन समक्ष प्रकट गर्नुभयो- र उहाँले भन्नुभयो कि स्वर्गका जीव, र भक्तहरु, र दानवहरु दुवै यस विराट रुप देखेर भयभीत भएका थिए | यो कसरी हुन्छ कि कृष्णका भक्तहरु, जस्तै देवताहरु, विश्वरूप देखे पनि भयभीत हुन सक्छन् ?

प्रभुपाद: किनको उनीहरु विश्वरूपलाई प्रेम गर्न सक्दैनन् | के त्यो ठिक छ ? के तिमी विश्वरूप देख्न सक्छौ ? यदि कृष्ण तिमी समक्ष विश्वरूपमा आउनुहुन्छ, (हाँस्नुहुन्छ) तिमीले आफ्नो प्रेम बिर्सिनेछौ | विश्वरूपलाई प्रेम गर्ने प्रयास नगर | श्यामसुन्दरलाई प्रेम गर, त्यति हो | हामीले कृष्णलाई युद्धको बेलामा विश्वरूपमा देखेका छौं | मलाई याद छ, मलाई लाग्छ १९४२मा, डिसेम्बर, मिति मैले बिर्सिएँ | म खाँदै थिएँ र त्यहाँ बमको चेतावनी थियो, कलकत्तामा | तिमी देख्छौ ? व्यवस्था यो थियो कि, जब बमको चेतावनी हुन्छ, सरकारले एउटा स्थान चयन गर्थ्यो, आश्रय कक्ष, तिम्रो घरमा यो कक्ष तिम्रो आश्रय कक्ष हुनेछ | त्यसैले हामी त्यस कक्ष भित्र जानुपर्थ्यो र बम सुरु भयो-(बमको आवाज नक्कल गर्नुहुन्छ) | हामीले त्यस विश्वरूप देख्दै थियौं, त्यस समयमा | त्यसैले मैले अवश्य सोच्दै थिएँ, कि यो पनि कृष्णको अर्को रुप हो | तर त्यो रुप त्यति प्रेम गर्न मिल्ने रुप होइन, तिमी देख्छौ ? (हाँसो) त्यसैले प्रेममा स्थित एक भक्तले कृष्णलाई आफ्नो मूल रुपमा प्रेम गर्न चाहन्छ | यस विश्वरूप उहाँको मूल रुप होइन | उहाँ कुनै पनि रुपमा प्रकट हुन सक्नुहुन्छ, त्यो उहाँको सरत्र-शक्ति हो | तर प्रेम गर्न मिल्ने रुप कृष्ण, श्यामसुन्दर हो | मानौं एउटा बालकको पिता प्रहरी हुन् | यदि पिता प्रहरीको रुपमा बन्दुक पड्काउँदै आउँछन्, त्यस बालकले पनि पितालाई प्रेम गर्न बिर्सन्छ | तिमी देख्छौ ? त्यसैले प्राकृतिक रुपमा बालकले पितालाई घरमा हुँदा प्रेम गर्छ, आफ्नो पिताको रुपमा | त्यसैगरी हामी कृष्णलाई उहाँको यथा रुपमा प्रेम गर्छौं- श्यामसुन्दर | धुर्त मानवतालाई चेतावनी दिन अर्जुनलाई विश्वरूप देखाइएको थियो || किनकि कृष्णले भन्नुभयो,"म भगवान हुँ |" कृष्णको नक्कल गर्दै, धेरै धुर्तहरुले घोषणा गर्दैछन् कि "म भगवान हुँ |" तसर्थ अर्जुनले भने,"कृपया मलाई आफ्नो विश्वरुप देखाउनुहोस् |" ताकी यी धुर्तहरुले पनि उसलाई आफ्नो विश्वरुप देखाउन भनुन् | त्यसैले यदि तिमी भगवान हौ, कृपया मलाई आफ्नो विश्वरूप देखाऊ | त्यो तिनीहरु सक्दैनन् |

भक्त: के हामी माया प्रति शक्तिको रुपमा सम्मानजनक हुनु पर्दैन...... ?

प्रभुपाद: हँ ?

भक्त: के हामी मायादेवी प्रति शक्तिको रुपमा सम्मानजनक हुनु पर्दैन...... ?

प्रभुपाद: यदि तिमी कृष्ण प्रति सम्मानजनक छौ, तिमी सबै प्रति सम्मानजनक छौ | त्यो एउटा भक्तको योग्यता हो | तिमि एउटा कमिला प्रति पनि सम्मानजनक छौ, र मायाको के कुरा गर्नु ? माया भगवानको महत्वपूर्ण शक्तिमध्ये एक हुन् | हामीले मायालाई सम्मान किन नगर्ने ? त्यो हामी.... माया, दुर्गा, हामी प्रार्थना गर्छौं, "दुर्गा" - सृष्टि-स्थिति-प्रलय​-साधन​-शक्तिर् एका छायेव यस्य (ब्र स ५|४४) -जब हामी दुर्गालाई प्रार्थना गर्छौं, हामी तत्काल कृष्णलाई प्रार्थना गर्छौं | किनकि हामीले कृष्णलाई सर्वत्र देख्नुपर्छ | हामीले मायाका गतिविधिहरु देख्छौं | त्यसैले हामीले तत्काल कृष्णलाई देख्नुपर्छ- "ओहो, यी माया कृष्णको निर्देशनमा यति राम्ररी कार्य गर्दैछिन् |" त्यसैले प्रहरीलाई सम्मान प्रकट गर्नु भनेको सरकारलाई सम्मान प्रकट गर्नु | जबसम्म मानिस कार्यालयमा छ, हामी सम्मान प्रकट गर्छौं | र कार्यालय बिना | एउटा सज्जनले कार्यालय भित्र र बाहिर, दुवै स्थानमा सम्मान प्रकट गर्छ | त्यसले फरक पार्दैन | तर वास्तवमा, यदि तिमी प्रहरीलाई सम्मान प्रकट गर्छौ- माया भनेको प्रहरीको रुपमा कार्यरत | त्यो भनेको तिमी सरकारलाई प्रकट गर्छौ, सरकारलाई सम्मान प्रकट गर्छौ | त्यसैले यो सम्मान प्रकट गर्नु हो | गोविन्दम् आदि-पुरुषम् | स्ऋष्टि-स्थिति-प्रलय​-साधन​-शक्तिर् एका छायेव यस्य भुवनानि विभर्ति दुर्गा इच्छानुरूपम् अपि यस्य च चेष्टते सा गोविन्दम् आदि-पुरुषं तम् अहं भजामि (ब्र स ५|४४) | यी दुर्गा, यी भौतिक शाक्त, यति शक्तिशाली - यिनले सिर्जना गर्न सक्छिन्, यिनले विनाश गर्न सक्छिन्, यिनले पालन गर्न सक्छिन् | तर उनी कृष्णको निर्देशनमा कार्यरत छिन् | त्यसैले मैले गोविन्दलाई दण्डवत प्रणाम गर्छु जसको निर्देशन अन्तर्गत उनी कार्यरत छिन् | त्यसैले जब तिमी मायालाई सम्मान प्रकट गर्छौ, त्यो भनेको तिमी तत्काल कृष्णलाई सम्मान प्रकट गर्छौ |