NE/Prabhupada 0700 - सेवा भनेको तीन कुराहरु: सेवक, स्वामी र सेवा
Lecture on BG 6.46-47 -- Los Angeles, February 21, 1969
प्रभुपाद: हँ ?
भक्त: फेरी, प्रभुपाद, आज बिहान पढ्दै गर्दा.....
प्रभुपाद: हुँदैन, बिहानको प्रश्न हुँदैन | ठिक छ, तिमी सोध्न सक्छौ, तर प्रश्न र जवाफ पढेको विषयमा हुनुपर्छ | अन्यथा तिमीले सम्पूर्ण विषय ल्यायौ भने प्रश्न र जवाफको कुनै अन्त्य हुँदैन | तिमी देख्छौ | जे भए पनि, तिमीले त्यो सकाउन सक्छौ | हो, कुनै प्रश्न ?
भक्त: हजुरले वर्णन गर्नुभयो कि गोप्हरु, कृष्णका मित्रहरु, उहाँसँग खेल्दैछन्, र उनीहरुले आफ्नो अघिल्लो जीवनमा धेरै पुण्य गतिविधिहरु गरेको मानिन्छ | मैले बुझ्छु कि उनीहरु नित्य पार्षद हुन्.......
प्रभुपाद: होइन, जो नित्य पार्षद हुन्........ उनीहरुमध्ये कोहि नित्य पार्षद हुन्; कोहि त्यस नित्य सङ्गको स्तरमा चढेका छन् | मानौं यदि तिमी जान्छौ र एउटा पार्षद बन्छौ, कृष्णको मित्र | त्यसैले तिम्रो स्थान पनि अब नित्य बन्छ | यदि केवल कृष्णका नित्य पार्षदले उहाँसँग खेल्न सक्छन्, अरु होइन, तब तिम्रो कृष्ण भावनाभावित हुनुको के अर्थ भयो ? तिमी पनि बन्न सक्छौ | कसरी ? धेरै, धेरै जन्मको पुण्य गतिविधिबाट | तिमी पनि त्यस स्तरमा चढ्न सक्छौ | कृत-पुण्य-पुञ्जाः (श्री भा १०|१२|११) | वास्तवमा यस भौतिक जगतको भौम वृन्दावनमा, कृष्णका प्राय: पार्षद यी बद्ध जीव हुन् जो कृष्ण भावनाको पूर्णताको स्तरमा चढेका छन् | उनीहरुलाई सर्वप्रथम कृष्णलाई देख्ने अनुमति हुन्छ, त्यस ग्रहमा जहाँ कृष्णको लिला चल्दै हुन्छ | र तब उनीहरु दिव्य वृन्दावनमा जान पाउँछन् | तसर्थ भागवतमा भनिएको छ: कृत-पुण्य-पुञ्जाः | उनीहरु सब पदोन्नत हुन्छन् | तर उनीहरु पदोन्नत भएपनि, उनीहरु अब नित्य पार्षद हुन्छन्, के यो स्पष्ट छ ? हरे कृष्ण | कुनै अरु प्रश्न ?
प्रभुपाद: प्रभुपाद ? के यो सम्भव छ कि कोहि भक्ति योगमा संग्लग्न हुने, कृष्णलाई सेवा नगरी ? भनौं कोहि जसले......
प्रभुपाद: कृष्ण बिना, भक्ति कहाँ छ ?
भक्त: कोहि भगवान बुद्ध वा येशुको आराधना गर्दैछन्.....
प्रभुपाद: त्यो भक्ति योग होइन | भक्ति योग भनेको केवल कृष्णको सम्पर्कमा हुन्छ | भक्ति योग अरुलाई लागु गर्न सकिंदैन, केहि अरुमा | कसरी बुद्ध दर्शन भक्ति योगसँग जोड्न सकिन्छ ? भक्ति योग भनेको भगवानलाई बुझ्नु | भक्त्या माम् अभिजानाति (भ गी १८|५५) | तिमीले भगवद गीतामा, अठारौं अध्यायमा पाउनेछौ | भक्ति योगद्वारा तिमीले भगवानलाई बुझ्न सक्नेछौ | तर बुद्ध दर्शनमा कुनै भगवान हुनुहुँदैन | त्यो तिमीलाई थाहा छ ? त्यसैले भक्ति योग कहाँ छ ? भक्त: इशाईको सम्बन्धमा, कोहि येशु ख्रिस्टको आराधना गर्छन् | प्रभुपाद: त्यो भक्ति योग हो | किनकि उनीहरु भगवान स्विकार्छन् | जबसम्म तिमी भगवान स्वीकार्दैनौ, भक्ति योगको कुनै प्रश्न छैन | त्यसैले इशाई धर्म वैष्णव धर्म हो, किनकि उनीहरु भगवानलाई स्विकार्छन् | हुन सक्छ, कुनै स्तरमा, योभन्दा फरक | भागवत साक्षात्कारको पनि विभिन्न तह छ | इशाई धर्मले भन्छ "भगवान महान हुनुहुन्छ |" स्वीकार ! त्यो धेरै राम्रो हो | तर भगवान कति महान हुनुहुन्छ, त्यो तिमीले भगवद गीता र श्रीमद भागवतमबाट बुझ्न सक्छौ | तर त्यहाँ स्वीकारोक्ति छ कि भगवान महान हुनुहुन्छ | त्यो भनेको, तसर्थ, त्यो भक्तिको सुरुवात हो | तिमीले त्यहाँ लागु गर्न सक्छौ, भक्ति | मुस्लिम धर्ममा पनि | त्यो पनि भक्ति-योग हो | कुनै धर्म जहाँ भगवान लक्ष्य हुनुहुन्छ- त्यसलाई भक्तिमा लागु गर्न सकिन्छ | तर जब अत्यहन भगवान हुनुहुँदैन, वा निराकारवाद, त्यहाँ भक्ति-योगको कुनै प्रश्न छैन | भक्ति योग भनेको भज धातु क्ति, भज सेवया | सेवा | सेवा भनेको तीन कुराहरु: सेवक, सेवा प्राप्त गर्ने, र सेवा | एक मानिस उपस्थित हुनुपर्छ जसले सेवा स्वीकार्नेछ | र एक मानिस उपस्थित हुनुपर्छ जसले सेवा गर्छ | अनि माध्यम, सेवाको प्रक्रिया | त्यसैले भक्ति योग भनेको सेवा | यदि त्यहाँ सेवा स्वीकार्ने कोहि छैन, तब भक्ति योग कहाँ हुन्छ ? त्यसैले कुनै दर्शन वा धार्मिक सिद्धान्त जहाँ भगवानको स्वीकारोक्ति छैन, परब्रह्म, त्यहाँ भक्तिको कुनै उपयोग छैन |