NE/Prabhupada 0715 - भगवानको प्रेमी बन । यो प्रथम-श्रेणीको धर्म हो



Lecture on SB 1.16.25 -- Hawaii, January 21, 1974


भवान् हि वेद तत् सर्वं यन् मां धर्मानुपृच्छसि | त्यसैले, धर्मराज अथवा यमरज, ऊ बाह्रौ अधिकारिक व्यक्ति हो जोसले यो मानव सभ्यतालाई पालन गर्छन | यो सिद्धान्त भनेको धर्म हो | धर्म भनेको धार्मिक भावना मात्रै हैन | धर्म भनेको वास्तविक कर्तव्य गर्नु हो | सबैको आफ्नो आफ्नो कर्तव्य हुन्छ | त्यसैले धर्मं तु साक्षाद् भगवत्-प्रणीतम् (श्री भा ६|३|१९)| त्यो आनिवार्य कर्तव्य स्वयं भगवानले दिनु हुन्छ | टेन त्यक्तेन भुञ्जीथाः (ईशो १)| हामीले भागवाद गीता पढेअनुसार, धर्म भनेको, कृष्ण भन्नुहुन्छ, सर्व​-धर्मान् परित्यज्य माम् एकं शरणं व्रज (भा गी १८|६६) कुनै धर्म आविस्कार नगर, तिम्रो धार्मिक सिद्धान्त स्थापना नगर | त्यो सम्भव छैन | धर्र्मं तु साक्षाद् भगवत्-प्रणीतम् (श्री भा ६|३|१९) हामीले धेरै चोटी बर्णन गरिसक्यौं, त्यो धर्म भनेको - धर्म भनेको अंग्रेजीमा "रिलिजन" हो | रिलिजन भनेको भगवानको कनून मान्नु हो | त्यो हो रिलिजन | हामीले भावनात्मक धर्म आविस्कार गरेको हैनौ| त्येस्तो धर्मले हामीलाई मद्दत गर्दैन | त्यसैले, श्रीमद भागवतम्मा, सुरुमै भनिएको छ, धर्मः प्रोज्झित​-क्ऐतवो ऽत्र​: (श्री भा १|१|२) "ठगी गर्ने धार्मिक प्रथालाई लात्ताले हान्नु पर्छ |" त्यो हो भगवाद धर्म | कुनै ठगी छैन | ठगी र धर्मको नाममा, धार्मिक सिद्धान्त, त्यसले मानव सभ्यतालाइ मद्दत गर्दैन | वास्तविक धर्म ... वास्तविक धर्म भगवान आफैले वर्णन गर्नुहुन्छ | धर्मं तु साक्षाद् भगवत्-प्रणीतम् (श्री भा ६|३|१९)| तिमीले यो कुरा भगवान बह्येक अन्त कतैबाट सिकिराख्नुपर्ने आवस्यक छैन | त्यसैले त्यो एकदम राम्रोसंग भागवाद गीतामा वर्णन गरिएको छ, सर्व धर्मान परितज्य माम...(भा गि १८|६६ )| भगवानको शरण पर्नु |त्यहि नै धर्म हो | शरण मात्र हैन, तर उँहाको इच्छा अनुसार चल्नुपर्छ, अनि भगवानको प्रिय बन्न सक्छौ | यो एकदम पहिले श्रेणीको धर्म हो | हामीले धेरै चोटी वर्णन गरिसक्यौ| ष व्ऐ पुंसां परो धर्मो यतो भक्तिर् अधोक्षजे (श्री भा १|२|६)| त्यो तरिकाको धर्म पहिलो श्रेणीको धर्म हो जुन कुराले तिमीलाई कसरी भगवानको प्रिय बन्ने भन्ने कुरा सिकाउँछ | यदि तिमी भगवानको प्रिय बन्यौ भने, तिम्रो जीवन शार्थक हुनेछ| अनि तिमी सबै कुरा भगवानको लागि गर्छौ| नत्र तिमी खाली त्यहि सोध्छौ कि,"मैले किन यो गर्नु ? मैले किन त्यस्तो गर्नु ? किन ...?" त्यो भनेको त्यहाँ प्रेम छैन. त्यो तालिम हो | जस्तै एउटा सिकारु व्यक्तिलाई तालिम दिईन्छ, अनि ऊ संग प्रेम छैन | त्यसैले उसले प्रश्न गर्छ कि "मा यो किन गरूँ ? मा यो किन गरूँ ? किन गरूँ? के फाइदा पाइन्छ?" त्यहाँ धेरै प्रश्नहरु हुन सक्छन | तर जब त्यहाँ प्रेम हुन्छ, अनि ति प्रश्नहरु हुदैन | त्यसैले भगवाद गीतमा, धेरै पछि पनि भनिएको छ कि, योगा, ज्ञान, कर्म अनि धेरै कुराहरु, अनि अन्तिममा, कृष्ण भन्नुहुन्छ, सर्व​-गुह्यतमम्: "अब म तिमीसंग एकदम गोप्य कुरा भन्न गईरहेको छु|" क हो त्यो ? सर्व ​-धर्मान् परित्यज्य माम् एकं शरणं व्रज​... (भा गि १८|६६)| यहि हो गोप्य ज्ञान |