NE/Prabhupada 0716 - हामीले ज्ञानद्वारा बुझ्नुपर्छ कि कृष्ण को हुनुहुन्छ



Lecture on CC Madhya-lila 8.128 -- Bhuvanesvara, January 24, 1977


मुख्य कुरा के हो भने मान्छेले कृष्ण को हो भनेर बुज्नु पर्छ | अर्को दिन कसैले सोध्यो कि,"कृष्णको अर्थ क हो ?" "कृष्ण" भनेको सर्वआकर्षक हो | जबसम्म भगवान सर्वआकर्षक हुनुहुन्न, उँहा कसरी भगवान हुनुहुन्छ? त्यसैले वृन्दावन जीवन भनेको, कृष्ण आफै आउनुहुन्छ र यो देखाउनुहुन्छ कि भगवान को हो भनेर | त्यसैले यो तस्विर, वृन्दावन जीवन, गाउँले जीवन हो | त्यहाँ गाउँलेहरु, कृषकहरु, गाई, बाच्छा हुन्छन् - त्यो हो वृन्दावन | यो न्युयोर्क,लन्डन जस्तो शहर हैन ; यो गाउँ हो र, कृष्ण चाहिँ मुख्य पात्र हुनुहुन्छ | यो वृन्दावन जीवन हो | त्यहाँ गोपिहरु छन् , तिनीहरु गाउँले केटीहरु हुन् | अनि ग्वालवालहरु, तिनीहरुनि गाउँले हुन् | नन्दमहाराज चाहिँ गाउँको मुख्य मान्छे, कृषक हुनुहुन्छ| त्यसैगरी, जेठो बाठो मान्छे, जेठी गोपिहरु, यशोदा मैया अनि अरु ग्वालवालहरु सबैलाई कृष्णले आकर्षक पार्नु हुन्छ | यो वृन्दावन जीवन हो | तिनीहरुलाई त्यत्ति नि थाहा थिएन कि कृष्ण को हो भनेर | तिनीहरुलाई कृष्णलाई बुझ्न कुनै वेद, पुरण, वेदान्त केहिको आवश्यक परेन | तर तिनीहरुको प्राकृतिक झुकाव कृष्ण प्रति थ्यो | स्वाभाविक आकर्षण हुन सक्छ ... अहिलेको परिस्थितिमा हाम्रो कृष्णसंग प्राकृतिक आकर्षण छैन ; त्यसैले हामीले ज्ञानद्वारा जान्नु पर्छ कि कृष्ण को हो भनेर | त्यो नै कृष्ण तत्व वेत्ता हो | त्यसैले किन कोसैलाई कृष्णप्रति यस्तो आकर्षण हुनुपर्छ जहासम्म कि कृष्ण आफै सर्वआकर्षक हुनुहुन्छ ? यो आकर्षण.... वस्तवमा यो भौतिक संसारमा, हामी धनी अथवा शक्तिशाली मान्छेसंग आकर्षित छौँ| स्त्री अथवा पुरुष | जस्तै हाम्रो प्रधानमन्त्री, ऊ महिला हो, किनकि ऊ शक्तिमान छे, त्यसैले हामी ऊ संग कुरा गर्छौ| त्यसैले यो आकर्षण को कुरा हरु परासर मुनिले भग भनेर सम्बोधन गर्नुभएको छ | भग भनेको ऐशोर्य| त्यसैले यो ऐशोर्य... जब कोहि एकदम धनि छ, ऊ धनवान हुन्छ | यदि कोहि शक्तिमान छ, ऊ आकर्षक छ | कोहि प्रभावशाली छ, राम्रो छ, धेरै पढेलेखेको छ ... येही तरिकाबाट, आकर्षण हुन्छ | त्यसैले यदि हामीले ध्यानपुर्वक रुपमा कृष्णको जीवनी अध्यन गरौ भने, तिमीले थाहा पाउन सक्छौ कि कृष्ण भन्दा धनी, शक्तिमान, सर्वआकर्षक एकदम ज्ञानले पूर्ण र ज्ञानी व्यक्ति यो संसारमा अरु कोहि रैनरैछ भनेर| यदि तिमीले अध्ययन गर्यौ भने तिमीले सबै कुरा थाहा पाउनेछौ| यो छ ओटा गुण कृष्णमा पाउन सकिन्छ | त्यसैले उँहा भगवान हुनुहुन्छ | भग भनेको ऐशोर्य , र वान भनेको जो संग हुन्छ | यो नै कृष्णको अर्थ हो, अनि उँहा सर्वाकर्षक हुनुहुन्छ किनकि उँहा यी सबै गुणले युक्त हुनुहुन्छ | यो नै कृष्णको परिभाषा हो | हामीले जो पाए त्यसलाई भगवान मान्दै हिड्नु हुदैन | हामीले उसको निगरानी गर्नु पर्छ कि ऊ षड्ऐशोर्यले पूर्ण छ कि छैन भनेर |