NE/Prabhupada 0719 - सन्यास लिनु-यसलाई धेरै राम्ररी पालन गर्नुपर्छ



Excerpt from Sannyasa Initiation of Viraha Prakasa Swami -- Mayapur, February 5, 1976


श्री चैतन्य महाप्रभु त्यहि ठाउँको हुनुन्थ्यो जहाँबाट तिमीले सन्यास लिदैंछौ| त्यसैले उँहाले सन्यास लिनुको कारण के थियो ? उँहा एकदम आदरणीय ब्राह्मण हुनुन्थ्यो, निमाइ पंडित | यो नवदीप धाम, धेरै अगाडी देखिको उच्च कोटी ब्राह्मणहरु बस्ने धाम हो | त्यसैले श्री चैतन्य महाप्रभु एक उच्च ब्राह्मण कोटीमा पर्नुहुन्छ, जग्गनाथ मिश्रको पुत्र; उँहाको हजुरवुवा, निलाम्बर चक्रवर्ती| धेरै आदरणीय, आदरणीय व्यक्तित्व हुनुन्छ | उँहाले त्यहि परिवारमा जन्म लिनुभएको थियो | उँहा एकदम सुन्दर हुनुन्थ्यो त्यसैले उँहाको अर्को नाम गौरसुन्दर थियो | अनि उँहा एकदम पढेलेखेको विद्द्वान हुनुन्थ्यो | त्यसैले उँहाको अर्को नाम निमाई पण्डीत हो | त्यसैले उँहाको परिवारिक जिवानमा सुन्दर श्रीमती हुनुहुन्थ्यो | विश्नुप्रिय, र धेरै मायागर्ने आमा, र उँहा एकदम प्रभावकारी हुनुहुन्थ्यो | तिमीलाई त्यो थाहा छ | एक दिन उँहाले एक सय हजारओटा फूल जम्मा ग|रेर काजीको वचनलाई भत्स्रना गर्नु भएको थियो | त्यसैले उँहाको समाजिक सदभाव एकदम उपर्युक्त थियो | उँहाको व्यक्तिगत स्थिति पनि अनुकुल नै थियो | तैपनि उँहाले सन्यास लिनुभयो | किन ? दयिताये: वद्द जीवआत्मालाई कृपा गर्नका लागि | त्यसैले उँहाले इंडियामा जन्म लिएका मानिसहरुलाई उपहार छोडेर जानुभयो, भारत​-भूमिते मनुष्य​-जन्म ह्ऐल यार जन्म सार्थक करिऽ कर पर​-उपकार (चै च आदि ९|४१) त्यसैले उँहाले आफैलाई गरेर देखैदिनुभायो कि कसरी परोपकार गर्ने भनेर | वद्द जीवको उपकारको लागि | त्यसैले यो सन्यास भनेको चैतन्य महाप्रभुको आज्ञापालन गर्नु हो | आमार आज्ञाय गुरु हञा तर​ऽ एइ देश यारे देख तारे कह ऽकृष्ण​ऽ-उपदेश (चै चअध्य ७|१२८) यो मात्र हैन.... हामीले यस्तो कुरा आगाडी सरेका छौँ कि इन्डियनले मात्र हैन कि अरु ले पनि यो मौका पाउनु पर्छ | तर चैतन्य महाप्रभु अनुसार, जो - पृथिवीते आछे यत नगरादि ग्राम (चै भा आन्त्य​-खण्ड ४.१२६) - सबैले यो प्रचारको सेवा अंगाल्न पर्छ | र मा एकदम कृतज्ञ छु कि तिमीहरु अमेरिकन युवा युवतीले पनि, यो हरे कृष्ण आन्दोलन यत्ति गम्भिरसंग लियौं | र चैतन्य महाप्रभुको कृपाले कोसैले त सन्यास पनि लियौ | यो एकदम गतिलो संग अगाडी वाढाउ, र सहर देखि सहर, बस्ति देखि बस्ति , गाउँदेखि गाउँ, गएर सारा संसार भरि कृष्ण भावना फैलाऊ | त्यसले गर्दा सबै खुसि हुन्छन्| मानिसहरु निकै बिरामी छन्| तिनीहरु मुर्ख छन् | तिनीहरुलाई थाहा छैन कि यो मानव शरीर कसरी चलाउने हो | यो भागवत धर्म हो जताततै | त्यसैले यो मानव शरीर भनेको कुकुर, सुँगुर, बुन्गुर बन्ने होइन | तिमी एउटा उत्तम मानव बन्नुपर्छ | सुद्ध्येत सत्त्व | आफुलाई शुद्द गर | तिमीलाई किन जन्म, मृत्यु, रोग, बुढ्यौली मा राखियो ?किनकि हामी अशुद्दा छौँ | तर अब, यदि हामीले हाम्रो जीवन शुद्द बनायौ भने, हामी जन्मने, मर्ने, बुढो हुने र रोगि हुने जस्ता रोगहरु झेल्नु पर्दैन | त्यो नै श्री चैतन्य महाप्रभु र कृष्णको उपदेश हो | कृष्णलाई बुझेर मात्रै हामी शुद्द हुन सक्छौं र यो जन्म, मृत्यु, रोग र बुढौली जस्ता जालोबाट मुक्त हुनेछौं | त्यसैले मानिसहरु, दार्शनिक, धार्मिक मानिसहरुलाई विस्वस्त बनाऊ | हामीसँग त्यस्तो सम्प्रदायिक हेराई छैन | जोसले नि यो हरे कृष्ण आन्दोलनमा सहभागी भएर शुद्द हुन सक्छ | जन्म सार्थक करिऽ कर पर​-उपकार (चै च आदि ९|४१)| त्यसैले म एकदम आभारी छु, तिमीहरुले समाजलाई सेवा दिईसकयौ | त्यसैले तिमीहरु सन्यास लिएर सारा संसार भरि प्रचार गर ताकी सबैले फाइदा लिन पाउनेछन् | धन्यवाद छ सबैलाई |

भक्तहरु: जय श्रील प्रभुपाद |