NE/Prabhupada 0728 - जसले राधा-कृष्ण लीलालाई भौतिक सम्झिन्छ, ऊ पथभ्रष्ट छ



Lecture on CC Adi-lila 7.5 -- Mayapur, March 7, 1974

अग्नि कृष्णबाट उत्पन्न भएको छ | माहि, पृथ्वी , कृष्णबाट उत्पन्न भएको छ | अग्नि , माहि , गगन , आकाश , कृष्णबाट उत्पन्न भएको छ | अम्बु , जल कृष्णबाट उत्पन्न भएको छ | अग्नि महि गगनम अम्बु.....मरुत , हावा सबै कृष्णबाट उत्पन्न भएको छ | किनकि यो कृष्णबाट उत्पन्न भएको छ, यो कृष्णभन्दा भिन्न छैन | तर जब तिमी हावा खान्छौ, अनि पानी , पृथ्वी र अग्नि , तिमी भन्न सक्दैनौ ," किनकि हावा कृष्णबाट नै उत्पन्न भएको छ, जल पनि कृष्णबाट आएको छ , तब म हावा वा समुन्द्रमा हुन सक्छु, त्यो सबै एक नै हुन् |" हामी हावामा बचिरहेका छौ, तर यदि म सोच्छु कि हावा र पानी एकै हुन् , मा समुद्रमा उफ्रन्छु, त्यो एउटा राम्रो उपाय होइन | तर वास्तवमा, हावा पनि कृष्ण हुनुहुन्छ, पानी पनि कृष्ण हुनुहुन्छ, पृथ्वी पनि कृष्ण हुनुहुन्छ, अग्नि पनि कृष्ण हुनुहुन्छ, किनकि त्यो सबै कृष्णका शक्तिहरु हुन् | त्यो यो हिसाबमा, यदि हामीले पन्च तत्त्वलाई बुझ्ने प्रयत्न गरेउ भने, श्री कृष्ण - चैतन्य प्रभु - नित्यानन्द, श्री अद्वैत गदधर सृवसादि गौर भक्त व्रिन्द​....... ति पन्च तत्त्व हो : श्री कृष्ण चैतन्य, श्री नित्यानन्द, श्री अद्वैत, श्री गदाधर अनि श्रीवासादि भनेका जीव - तत्त्व | जीव - तत्त्व, शक्ति तत्त्व, विष्णु तत्त्व, उहांहरु सबै तत्त्वहरु हुन् | त पन्च तत्त्व | श्री कृष्ण चैतन्य मुख्य तत्त्व हुनुहुन्छ, कृष्ण | श्री कृष्ण चैतन्य, राधा कृष्ण नही अन्य | हामीले राधा - कृष्णको आराधना गर्दैछौ | त श्री कृष्ण चैतन्य राधा कृष्णको समिश्रण हुनुहुन्छ | श्री कृष्ण चैतन्य, राधा कृष्ण नाही अन्य | राधा-कृष्ण​-प्रणय​-विकृतिर ह्लादिनी-शक्तिर अस्माद एकात्मानाव अपि भुवि पुरा देह​-भेदं गतौ तौ | च्ऐतन्याख्यं प्रकटम अधुना तद्-द्वयं च्ऐक्यम आप्तम्....( चै च आदि १|५) राधा - कृष्ण......कृष्ण महान हुनुहुन्छ | जब कृष्ण आनंद लिन चाहनु हुन्छ भने......भोक्ता...... भोक्तारं यज्ञ​-तपसां सर्वलोक​-महेश्वरम् | ( भ गी ५|२९) | उहाँ भोक्ता हुनुहुन्छ | त जब उहाँ भोग गर्न चाहनुहुन्छ, त्यो भौतिक रमाइलो हुदैन | त्यो अध्यात्मिक आनन्द हो - उत्कृस्ट शक्ति, भौतिक शक्ति होइन | किनकि कृष्ण महान हुनुहुन्छ, तसर्थ उहाँ उत्कृष्ट शक्ति भोग गर्नुहुन्छ | त कृष्णको.....राधा - कृष्ण लिला भौतिक होइन | एक जसले राधा - कृष्णको लिलालाई भौतिक भनी सोच्छन्, उनीहरु भाटकियका छन् | कृष्णले कुनै भौतिक भोग गर्नुहुन्न | यदि तिमी भन्छौ, " हामीले दिनहु तपाईले प्रशादम चढाउनु भएको देक्छौ, सब्जी, भात | त्यी सबै भौतिक हुन्, " होइन तिनीहरु भौतिक होइनन् | त्यो वास्तविक बुझाई हो | यो कसरी भौतिक हैन ? त्यो अचिन्त्य , अकल्पनीय छ | कृष्णले भौतिकलाई अध्यात्मिक र अध्यत्मिक्लाई भौतिक बनाउन सक्नुहुन्छ | त्यो कृष्णको अकल्पनीय शक्ति हो, अचिन्त्य - शक्ति | जबसम्म तिमीले कृष्णको अचिन्त्य शक्तिलाई स्वीकार गर्न सक्नुहुन्न, तिमीले कृष्णलाई बुझ्न सक्दैनौ | अचिन्त्य - शक्ति |