NE/Prabhupada 0729 - सन्यासीले सानो अपराध गरे भने त्यो हजार गुणाले बढ्छ



Arrival Address -- London, March 8, 1975


प्रभुपाद : भक्तिविनोद ठाकुरले गाउनु भएको छ, जय सकल बिपोद..... (भित्र:) यो अहिले चल्दै छ | जय सकल' बिपोद, गई भक्तिविनोद, जखों अमी ओ - नाम गई ; राधा-कृष्ण बोलो बोलो, बोलो रे सोबाइ | चैतन्य महाप्रभुको प्रचार भनेको सबैलाई हरे कृष्ण वा राधा कृष्ण जप गराउन हो | भक्तिविनोद ठाकुर भन्नुहुन्छ, " जब म हरे कृष्ण मन्त्र जप गर्छु, मेरा सबै खतराहरु जान्छन् | त यो ठाउँमा, यो भौतिक दुनिया, धेरै डरलाग्दो छ | पदं पदं यद विपदाम् | विपद भनेको खतरा अनि पदम भनेको पाईला हो | यो भौतिक जगतमा तिमीले शान्त र आरामदायी जीवनको आशा गर्न सक्नुहुन्न | एउटा मात्रै उपाय भनेको भगवानको चरण कमलको आश्रय लिनु हो | केवल मुरारी | मुरारी भन्नाले कृष्ण | समाश्रिता ये पद​-पल्लव​-प्लवं महत्-पदं पुण्य​-यशो मुरारे: | भवाम्बुधिर वत्स​-पदं परं पदं पदं पदं यद विपदां न तेषाम् ( श्री भा १०|१४|५८) | त त्यहाँ सधै....यदि तिमीसधै राम्रो डुंगामा बस्यौ भने, अझै, किनकि मंच पानी हो | तिमीले भन्न सक्दैनौ कि डुंगा सधै शान्त र कुनै बाधा बिना जान्छ | त्यसैले भौतिक दुनिया बाधाले भरिएको हुन्छ | त यदि हामीले आफुलाई आफ्नै स्तरमा रखेउ भने , हरे कृष्ण सधै जप गरेउ भने, खतराहरु सबै सकिन्छ | खतरा, तिनीहरु पनि स्थायी हुदैनन् | यिनीहरु मौसमहरुको परिवर्तन जसरी नै आउने जाने हुन्छ | कहिलेकाही धेरै गर्मि हुन्छ ; कहिले जाडो हुन्छ | कृष्णले सलाह दिनुभएको छ, आगमापायिनो ऽनित्यास तांस तितिक्षस्व भारत​( भ गी २|१४) | त हरे कृष्ण माहामन्त्र जप गर्नुबाट कहिले पनि नमोडिनु, अनि यदि कुनै खतराहरु छन् भनेपनि नडराऊ ( अस्प्रस्ट ) | कृष्णको चरण कमलको आश्रय लिनु, हरे कृष्ण जप गर्नु सबै खतरा नाश हुन्छन् | तर हामीले त्यस्तो स्थिति सिर्जना गर्नु हुन्न, खतरा | यहाँ पहिले नै खतरा छ | किनकि चैतन्य महाप्रभु पनि अध्यात्मिक जीवन प्रति धेरै सचेत हुनुहुन्त्यो | सन्न्यासीर अल्प छिद्र बाहु कोरि मने | अरुले नियम तोड्न सक्छन्, अनि धेरै पाप कार्यहरु गर्दै हुन्छन् | तर कसैले पनि गंभीर विचार गर्दैनन् | तर जब कोहि धार्मिक समूह वा सन्यासीले गल्ति गर्छ भने, त्यो हजार पटक प्रकट हुन्छ | तसर्थ हामी गल्ति गर्नबाट सधै सतर्क हुन जरुरी छ | जुन सर्वसाधारणका आँखामा प्रकट हुन सक्छन् | किनकि हामीले प्रचार गर्दै छौ | हामीले प्रचार गर्दै छौ र त्यहाँ सधै सैतानी मानिसहरु हुन्छन् | जो हामीलाई गारोमा पर्न खोज्छन् | त्यो प्राकृतिक हो | हिरण्यकशिपु समेत, प्रह्लाद महाराजको पिता भएर तापनि उहाँलाई गारो स्तितीमा तर यदि हामी ईमानदार भएर जप गर्दै गयौं भने, यो खतरा सकिन्छ | नडराऊ | आफ्नो दैनिक नियम र दैनिक कार्य बन्द नगर, कार्यक्रम | त्यो गरिराख | कृष्णको शरणमा आश्रय लेऊ, र बिस्तारै सबै कुराहरु राम्रो हुन्छ | त म सोच्छु, हामी , आजलाई यति | अब समय सकिएको छ | विग्रहहरु आराम गर्न जानुपर्छ | हामीहरु रोकिनु हुदैन | त्यो ठिक छ | हरे कृष्ण |

भक्त : जय प्रभुपाद |