NE/Prabhupada 0764 - मजदूरहरुले सोच्थे, "येशु ख्रिस्ट पनि एक मजदुर हुनुपर्छ"



Lecture on SB 2.3.14-15 -- Los Angeles, May 31, 1972


त्यसैले सहर सहर जाऊ, गाउँ गाउँ जाऊ | कृष्ण चेतना प्रचार गर | तिनीहरुलाई जीवन देऊ, यो निराशापनलाई रोक| समाजका अघुवाहरु, राजनीतिक व्यक्तित्वहरु, तिनीहरुले ख्याल गर्नुपर्छ कि उनीहरु कहाँ गईरहेका छन् भनेर | त्यसैले त्यहाँ भनिएको छ, कथा हरि-कथोदर्काः सतां स्युः सदसि ध्रुवम् (श्री भा २|३|१४)| त्यसैले यदि हामीले हरि कथा गयौँ भने ... हामी श्रीमद, भागवतम हरिकथा छलफल गर्दै छौँ | त्यसैले कथा, हरि-कथा, उदर्काः सतां स्युः सदसि ध्रुवम् | यदि यो भक्तहरुको माझमा छलफल गरियो भने, कोसैले बुज्न सक्छ | यो पुस्तक श्रीमद- भागवतम् को भक्त माझमा एकदम मूल्य छ | अनि अरुहरुको लागि, तिनीहरुले किन्न सक्छन् | तिनीहरु देखछन् "यो के हो ?" संस्कृत स्लोका, केहि लेखिएको छ | कागजको टुक्रा |" देखायौ तिमीले | खबरपत्रिका जस्तै छ, हाम्रो लागि, कागजको टुक्रा जस्तै | हामी त्यो वास्ता गर्दैनौँ | तर तिनीहरु यसलाई आफ्नो छातीमा एकदम होसियारीपूर्वक राखछन्, "ओहो, यो अत्यन्तै राम्रो छ भन्दै |" पश्चिम देशहरुमा खबरपत्रिकाको निकै चर्चा छ | एउटा मान्छेले मलाई कथा भनेको थियो कि एउटा क्रिस्टेन मान्छे क्रिस्टेन धर्म प्रचार गर्न शेफफिल्ड(स्टिल कम्पनि ) गयो | शेफफिल्ड, कहाँ छ ? इंगल्याण्ड मा ? त्यसैले त्यहाँको कामदार हरुलाई ऊ प्रचार गर्दै थियो कि " येशुले तिमीहरुलाई बचाउनु हुनेछ | यदि तिमीहरुले येशुको आश्रय लिएनौ भने, तिमीहरु नरक जानेछौ |" त्यसैले सर्वप्रथम,"को हो येशु क्राइस्ट ?" क हो उँहाको नम्बर ?" त्यसको मतलब ऊ, तिनीहरुले सोचे ,"येशु क्राइस्ट एउटा कामदार हुनुपर्छ, र सबै कामदारसंग उसको नम्बर छ,(हस्दैँ) त्यसैले कति हो उँहाको नम्बर ?" त्यसैले " होइन, येशु क्राइस्ट, उँहा भगवानको छोरा हुनुहुन्छ | त्यसैले उँहाको नम्बर छैन | ऊ कामदार होइन |" त्यसैले "नरक के हो ?"अनि भनियो , "नरक भनेको चिसो, र एकदम अँध्यारो ठाउँ हो, " र त्यस्तै त्यस्तै | त्यसैले उनीहरु चुप भए | किनकि तिनीहरु खानिभित्र काम गर्दै छन् | त्यहाँ सधैँ चिसो र अँध्यारो हुन्छ | (हाँस्दै)(प्रभुपाद हास्नुहुँन्छ) त्यसैले नरक र यो क फरक छ,के भन्छ खानि ? तिनीहरु चुप भए | तर त्यो त्यहाँ खबरपत्रिका छैन |(प्रभुपाद हाँस्नुहुन्छ) त्यसैले, तिमीहरुको देशमा, धेरै ठुलो, ठुलो, मैले भन्न खोजेको, पत्रिकाको चांग छन्, र त्यो वितरण गरिन्छ |