NE/Prabhupada 0774 - हामीले आध्यात्मिक उन्नतिको आफ्नै मार्ग उत्पादन गर्न सक्दैनौं



Lecture on SB 7.6.2 -- Toronto, June 18, 1976


कृते भनेको, सत्य युग, जब मानिसहरु हजारौ वर्ष सम्म जीवित हुन्त्ये, यो समयमा यो सम्भव थियो | जसरि वाल्मिकी मुनि साठी हजार वर्षसम्म ध्यान गर्नु भएको थियो | वास्तवमा यो ध्यान भनेको, ध्यान​, धारणा, प्राणायाम​, प्रत्याहार​, योगीक प्रक्रिया, यसलाई शास्त्रमा भनिएको छ, यो भगवाद गीतामा पनि भनिएको छ , तर यो युगमा यो सम्भव छैन | अर्जुनले समेत मानेनन् | " कृष्ण तिमीले मलाई योग गर्न आदेश दिनुभएको छ, तर यो सम्भव छैन |" तस्याहं निग्रहं मन्ये वायोर इव सुदुष्करम् (भ गी ६|३४) | " यो सम्भव छैन |" तर अर्जुन एक शुद्ध भक्त हुनुहुन्त्यो | उहाँले सधै कृष्णका बारेमा सोच्नुहुन्त्यो | उहाँसँग अरु केहि कार्य नै थिएन | तसर्थ कृष्णले अर्जुनलाई उत्साहा दिन भन्नुहुन्छ, " निराश नहोऊ | किनभने तिमीले भगवान विष्णुको ध्यान गर्न योग्य छैनौ भनेर सोच्छौ, निराश नहोऊ | पहिलो स्तरको योगी....तिमी पहिलो स्तरको योगी होऊ |" किन ? किनकि योगिनाम अपि सर्वेषाम मद्-गतेनान्तरात्मना श्रद्धावान भजते यो माम स मे युक्ततमो मतः ( भ गी ६|४७) जसले कृष्णलाई सधै आफ्नै मनमा हुनुहुन्छ भनेर सोच्छन्, ऊ पहिलो - श्रेणीको योगी हो | तसर्थ कल्औ तद धरि-कीर्तनात ( श्री भ १२|३|५२) | यो नै प्रथम श्रेणीको योगीक प्रक्रिया हो | यो समयमा चैतन्य महाप्रभुले भन्नुभएको छ, यो शास्त्रमा उन्लेख भएको छ, त्यो हरेर नाम हरेर नाम हरेर नाम एव केवलम् | कल्औ नास्त्य एव नास्त्य एव नास्त्य एव​ | ( चै च आदि १७|२१) | त्यसैले हामीले शास्त्रको वाणीलाई अनुसरण गर्नुपर्छ | हामीले आफ्नै तरिकाको अध्यात्मिक उन्नति बनाउन सक्दैनौ | त्यो सम्भव छैन | यः शास्त्र​-विधिम उत्सृज्य वर्तते काम​-कारत​: न स सिद्धिम अवाप्नोति न सुखं न परां गतिम ( भ गी १६| २३) जसले शास्त्रमा भनिएको शिद्धान्तहरुको उल्लंघन गर्छ , शास्त्र​-विधि, यः शास्त्र​-विधिम उत्सृज्य​, शास्त्र​-विधि त्यागेर, वर्तते काम​-कारत​: , आफै केहि गर्छ | न सिद्धिं स अवाप्नोति, उसले कहिले पनि सफलता पाउदैन | ऊ कहिले नि सफल हुदैन | न सिद्धिं न परां गति: | न कुनै मोक्षनै प्राप्त गर्छ | न सिद्धिम्, न सुखम्: न कुनै भौतिक खुसि नै पाउंछन् | त्यसैले हामीले शास्त्र विधि मान्नु पर्छ | शास्त्र - विधि , जस्ता को त्यस्तै......शास्त्रमा भनिएको छ, मैले पहिले नै भनेको छु, कल्औ तद धरि-कीर्तनात् | कृते यद ध्यायतो विष्णुं त्रेतायां यजतो मख्ऐ: द्वापरे परिचर्यायां कलऔ तद हरि किर्तनद् ( श्री भ १२ | ३ |५२ ) यो युगमा शास्त्र विधि भनेको हरि किर्तन हो | धेरै हरे कृष्ण जप गरौ भने, तिमि त्यतिनै शुद्ध हुन्छौ | यो शास्त्र - विधि हो | र चैतन्य महाप्रभुले यसको पुष्टि गर्नु भएको छ | साधु-शास्त्र​-गुरु-वाक्य​ | हामी पहिला त स्थिर हुनुपर्छ, पहिला, शास्त्रको वाणी के छ | त्यसपछि साधु, जो भक्तहरु छन्, उनिहरुले के गरेका छन् | उनीहरुले के गरेका छन्, साधु, शास्त्र र गुरु | र गुरुले के मागेका छन् | हामीले यी तिन शिद्धान्त अनुसरण गर्नुपर्छ | साधु-गुरु-शास्त्र​-वाक्य तीनेते कोरिया ऐक्य​ | साधु को हुन् ? जो शास्त्र अनुसार आफ्नो जीवन गुजारा गर्दै छन् | वा गुरु ? गुरु भन्नाले ऊ जो शास्त्रको वाणी अनुसार स्थायी रुपमा मानेका छन् | तब ऊ गुरु हो, ऊ साधु हो | र यदि एक, शास्त्र विधिम्, यः शास्त्र​-विधिम उत्सृज्य​..... यदि शास्त्र - विधि लाई तिमीले त्यागेउ भने, गुरु र साधुको कुरा कहाँ आउँछ ? ना सिद्धिम | ऊ सिद्ध छैन | उसले पूर्णता पाएको छैन , किनभने उसले शास्त्रको शिद्धान्तलाई बहिस्कार गरेको छ | त्यसैले ऊ झूठा हो | हामीले यसरि जाँच गर्न सक्छौ, गुरुको हुनुहुन्छ |