NE/Prabhupada 0773 - हाम्रो ध्यान सधैं आध्यात्मिक जीवन सम्पन्न गर्नमा हुनुपर्छ



Lecture on SB 2.3.19 -- Los Angeles, June 15, 1972


प्रद्युम्न: दोश्रो अनुच्छेदको १५३ नम्बरको पृष्ठको तात्पर्थमा : "ऊंट यस्तो प्रकारको जनावार हो जसले काँडा खाएर आनन्द लिन्छ |" त्यसरी नै जो मानिस पारीवारिक खुसि र शंशारिक खुसि पछाडी लाग्छ उसलाई ऊटको संज्ञा दिएको छ | भौतिक जीवन भनेको पुरै काँडाले भरिएको छ, एक वैदिक नियम अनुसार आफ्नो जिन्दगी बिताउनु पर्छ , खराब मोल तोलको राम्रो प्रयोग गर्न |"

प्रभुपाद : जसरि यदि तिमी यदि काँडाबाट हिड्दै छौ भने, तिमि धेरै शतर्क हुन जरुरि छ | अन्यथा काँडाहरु तिम्रो लुगामा लाग्छ, र तिमीले अशुविधा झेल्नु पर्छ | वेदमा भनिएको छ, क्षुरस्य धारा निशिता दुरत्यया ( कथा उपनिषद् १|३|१४) | जसरि हामी उस्तराले दारी काट्छौ | त्यो धेरै तिखो हुन्छ | यदि तिमीले सचेत पुर्वक उस्तरालाई चलायौ भने, हाम्रो अनुहार सफा हुनेछ, त्यो काम सकिनेछ | तर थोरै असावधानीले, त्यहाँ काटिने छ र रगत आउँछ | थोरै असावधानी | त्यो उदाहरण दिईएको छ | क्शरास्य धारा निशिता दुरत्यया दुर्गं पथस तत कवयो वदन्ति | मोक्षको बाटो धेरै गारो छ | जसरि हामी घर फर्किन खोज्दै छौ, भगवानको मा, कृष्ण | त्यो बाटो धेरै कठिन छ | क्शस्रस्य धारा निशिता दुरत्यया दुर्गम् | दुर्गम् भनेको त्यहाँबाट हिड्न धेरै गारो छ | तर थोरै ध्यानले तिमीलाई बचाउन सक्छ | थोरै ध्यान, कि ," हामी धेरै खतरनाक बाटोबाट जादै छौ, मा धेरै शतर्क हुनुपर्छ |" हाम्रो ध्यान सधै, हामीले हाम्रो अध्यात्मिक जीवनलाई कसरि पालन गर्दै छौ | त्यो धेरै साधारण छ | हामीले धेरै कठोर शिद्धान्त पालन गर्नुपर्छ र न्यूनतम शोह्र माला जप गर्नु पर्छ | त्यसले हामीलाई बाचाऊ छ | तर यदि हामी यी शिद्धान्तहरु मा ध्यान दिएनौ भने, त्यहाँ काँडाले घोच्ने संयोग हुन्छ | त्यहाँ धेरै काँडाहरु छन् | नभए उही उदाहरण, क्षुरस्य​ धारा : तिमि आफ्नो दारी काट र आफ्नो मुख सफा राख , तर सानो असावधानी, तुरुन्तै रगत आउँछ | हामीले धेरै ध्यान दिनुपर्छ | जाऊ |

प्रद्युम्न​ : " यो भौतिक दुनियामा आफ्नो रगतनै चुसेर जिन्दगी चल्छ | यो भौतिक दुनियाको केंद्रीय बिन्दु भनेको यौन-क्रिया हो | यौन-क्रिया गर्नु भनेको आफ्नै रगत चुस्नु हो , र त्यहाँ अरु केही ब्याख्या गर्न पर्दैन | ऊँट जो काँडा खादा आफ्नै रगत चुस्छ | जुन काँडा ऊँटले चुस्छ त्यसले उसको जिब्रो काट्छ, र रगत ऊँटको मुखबाट निस्कन्छ | काँडा जुन रगतसँग मिसिन्छ त्यस मुर्ख ऊँटलाई एउटा स्वाद हुन्छ, र उसले त्यो काँडा खाने व्यापारको मज्जा लिन्छ | त्यसरी नै ठुलो व्यापार सुरुहुन्छ , उद्योगपतिहरु जसले धेरै मिहेनत गर्छ | धेरै तरिकाबाट पैसा कमाउने र प्रश्न गर्ने , आफ्ना रगतले मिसिएको काँडा जस्तै उसको कार्य | तसर्थ भागवतम् ले त्यो रोगीलाई ऊँटसँग दजेको छ |"

प्रभुपाद : उनीहरुले धेरै जोखिम उठाउँछन्, पैसा कमाउन र इन्द्रिय तृप्तिका लागि | चोर, ठगहरु आफ्नो ज्यानको बाजी रख्छन् | उनीहरु मान्छेको घरमा चोर्न जान्छन् | र जब उसलाई चिनिन्छ, " ऊ आएको छ ," त्यो मानिस, घर धनीले उसलाई तुरुन्तै पिट्न थाल्छ | त्यो जोखिम उसले उठाउँछन् | केवल चोर र ठगहरु मात्रै नभएर हामी सबै जना | पदं पदं यद विपदाम् भनिएको छ ( श्री भ १०|१४|५८) | हरेक पाइलामा खतरा छ | हरेक पाइला | हामीले हाम्रा मोटर कार धेरै चाडो चलाएका छौ, सत्तरी मिल, एक सय मिल, तर कुनै पलमा नै त्यहाँ खतरा हुन सक्छ | त्यसैले यो भौतिक दुनियामा कहिँ शान्ति हुदैन | यो सम्भव छैन | समाश्रिता ये पद​-पल्लव​-प्लवम् ( श्री भ १०|१४|५८) | त्यसैले हामीले भगवानको चरण कमलमा आश्रय लिनु पर्छ | यदि हामी खुसि हुन चहान्छौ भने, यदि हामी शान्त हुन चहान्छौ भने, यो नै हाम्रो एक मात्रै बाटो हो |