NE/Prabhupada 0778 - मानव समाजको लागि सबभन्दा ठुलो योगदान ज्ञान हो
Lecture on SB 6.1.17 -- Denver, June 30, 1975
निताई: " यो भौतिक दुनियामा, शुद्ध भक्तको पाइला अनुसरण गर्यौ भने जसको स्वभाव धेरै राम्रो छ र जोसँग पुरै प्रथम - श्रेणीको व्यक्तिको योग्यता हुन्छ | नारायणको सेवा पूर्ण रुपमा लिएका ले किनभने उनीहरुको जीवन र आत्मा धेरैनै पवित्र हुन्छ , कुनै डर बिना, र शास्त्रहरुले अधिकृत गरेको छ |"
प्रभुपाद : सध्रीचीनो ह्य अयं लोके पन्थाः क्षेमो ऽकुतो-भयः सुशीलाः साधवो यत्र नारायण-परायणाः ( श्री भ ६|१|१७) त्यसैले शास्त्रमा भनिएको च कि भक्तहरुको संग..... नारायण-परायणा: भनेको भक्त | नारायण-पर : जसले नारायणलाई आफ्नो जीवनको मुख्य उधेस्य बनाएको छ | नारायण, कृष्ण, विष्णु - उहाँहरु सबै एकै तत्त्व हुनुहुन्छ , विष्णु - तत्त्व | मानिसहरु लाई यो थाहा छैन, कि त्यो स्तरमा कसरि प्रवेश गर्ने जुनमा नारायण वा विष्णु वा कृष्ण , त्यो नै सबै भन्दा ठुलो र उच्च स्तर हो | जसरि हामीले बीमा पाउछौ, त्यो आश्वासित हुन्छ | को बाट आश्वासित ? कृष्णबाट | कृष्णले आश्वाशन दिदैहुन्छ, अहं त्वां सर्व-पापेभ्यो मोक्षयिष्यामि ( भ गी १८|६६) | कौन्तेय प्रतिजानीहि न मे भक्तः प्रणश्यति ( भ गी ९|३१) | आपि चेत सुदुराचारो भजते माम अनन्य-भाक्, साधुर एव स मन्....( भ गी ९|३०) | त्यहाँ धेरै आश्वासनहरु छन्....नारायण - पर | कृष्णले भन्नुभएको छ " मा तिम्रो रक्षा गर्छु |" मानिसहरु आफ्नो पापले गर्दा दुख पाउंछन्, अज्ञानता | अज्ञानताका कारण, उनीहरुले धेरै पाप गरिरहेका हुन्छन् र पाप कामले प्रतिक्रिया दिन्छ | जसरि एउटा अज्ञानी बालक, उसले बलिरहेको आगोलाई छुन्छ र उसको हात जल्छ र उसले दुख पाउँछ | तिमीले यो भन्न सक्दैनौ कि " बालक निर्दोष थियो ,र आगोले उसलाई जलायो |" होइन | यो प्रकृतिको नियम हो | अज्ञानता | त पाप कार्यहरु अज्ञानताको कारण गरिन्छ | त्यसैले एक ज्ञानी हुनुपर्छ | अज्ञानताको नियममा माफी हुदैन | यदि तिमि अदाल गएर ," महासय, मलाई पिडा भोग्नु पर्छ भनेर थाहा थिएन" भनेर रोयौ भने , म छ महिना सम्म कलागर जानुपर्छ किनभने मैले चोरेको छु | यो मलाई थाहा थिएन ..." होइन थाहा होस् कि नहोस , तिमी कारागार जनैपर्छ | त्यसैले मानव समाजको लागि ठुलो योगदान भनेको ज्ञान हुन्छ | उनीहरुलाई अज्ञानतामा, अध्यारोमा राखेर , त्यो मानव सभ्यता होइन, त्यो कुकुर बिरालोको सभ्यता हो ... किनभने उनीहरु अज्ञानतामा छन्, कसैले पनि उनीहरुलाई ज्ञान दिन सक्दैन, न उनीहरुले लिन सक्छन् | त्यसैले मानव समाजमा ज्ञान दिने संस्था हुन्छन् | त्यो सबैभन्दा ठुलो योगदान हो | र त्यो ज्ञान, महान ज्ञान, वेदहरु मा छ | वेदैस च सर्वैह ( भ गी १५|१५) | र सब वेदहरुले सुनिश्चित गरेका छन् , कि एकले भगवनको हुनुहुन्छ भन्ने जान्नुपर्छ | त्यो चाहिएको छ | (भित्र) त्यो अवाज नगर | वेदैस च सर्वैह | मानिसहरुलाई थाहा छैन | यो पुरै भौतिक दुनियालाई थाहा छैन, वास्तविक ज्ञानके हो भनेर| उनीहरु अस्स्थई इन्द्रिय तृप्ति गर्ने कुराहरु मा ब्यस्त छन् , तर उनीहरुलाई वास्तविक ज्ञानको उदेश्यके हो थाहा छैन | न ते विदुः स्वार्थ-गतिं हि विष्णुम् ( श्री भ ७|५|३१) : ज्ञानको उदेश्य भनेको विष्णुलाई जान्नु हो , भगवन | त्यो नै ज्ञानको उदेश्य हो | अथातो ब्रह्म जिज्ञासा | जीवस्य तत्त्व-जिज्ञासा ( श्री भ १२|१०) | यो जीवन, मानव जीवन भनेको परम सत्यलाई बुझ्नको लागि हो | त्यो जीवन हो | र परम सत्यलाई बुझ्न नचाहेर, हामी यदि कसरि आनन्दसँग कसरि खाने, कसरि सजिलो तरिकाले सुत्ने वा सुविधापूर्वक यौन कसरि गर्ने भन्ने कुरा गर्छौ भने, त्यो पशुको कार्य हुनेछ | त्यो पशुको कार्य हो | मानवको कार्य भनेको भगवानलाई कसरि बुझ्ने भन्ने हुन्छ | न ते विदुः स्वार्थ-गतिं हि विष्णुं दुराशया ये बहिर्-अर्थ-मानिनः ( श्री भ ७|५|३१) | यो नजनिकन, उनीहरु बाच्नका लागि संघर्ष गर्दै छन् | उनीहरुले बाहरी शक्तिलाई समायोजन गरेर खुसि हुन खोज्दै छन्, बहिर्-अर्थ-मानिन | र मानिस, अगुवाहरु, अन्धा यथन्धैर उपनीयमाना: ( श्री भ ७|५|३१) | ठुला ठुला वैज्ञानिक, दार्शनिकलाई सोध्नुहोस्, " जीवनको उदेश्य के हो ?" उनीहरुलाई थाहा छैन | उनीहरु केवल सिद्धांत दिन्छन्, त्यति हो | जीवनको वास्तविक उदेश्य भनेको भगवानलाई बुझ्नु हो |