NE/Prabhupada 0779 - तिमी पीडाको लागि बनेको स्थानमा खुसी हुन सक्दैनौ



Lecture on SB 6.1.19 -- Denver, July 2, 1975


यो कृष्ण भावना भावित मानिसको फाइदा हो | कृष्ण यदि आकर्षक हुनुहुन्छ कि यदि एक आफ्नो मन कृष्णको बारेमा सोच्नलाई एकचोटी लगायो भने र समर्पण गर्यो भने, ऊ यो भौतिक दुनियाको दयनीय हालत बाट तुरुन्तै बच्ने छ | जसो तसो गरि त्यो नै हाम्रो जीवनको पूर्णता हो , हामीले कृष्णको चरण कमलमा आफुलाई समर्पित गरौ भने | यहाँ जोड दिएको छ, सकृत् | सकृत् भनेको " एकचोटी |" यदि कृष्णको बारेमा सोचेर त्यति धेरै फाइदा छ भने, हामी सोच्न सक्छौ जो सधै यसमा लागिरहेका छन् जो कृष्णको बारेमा सोच्छन्, हरे कृष्ण जप गर्छन्, उनीहरुको स्तर कहाँ छ भनेर | उनीहरु धेरै सुरक्षित छन्, त्यति धेरै कि , न ते यमं पाश​-भृतश च तद्-भटान स्वप्ने ऽपि पश्यन्ति ( श्री भ ६|१|१९) | स्वप्न​ भनेको सपना हो | सपना गलत हो | यमदुतहरुलाई हेर्न, जो यमराजका सेवक हुन्..... मुख हेरेर.....जब एक पापी मानिस मार्दै हुन्छ, मृत्युको समयमा, उसले यमराज वा उनका सेवकलाई देक्छ | उनीहरु धेरै डरलाग्दा हुन्छन् | कहिलेकाही मृत्युसैया मा भएको मानिस धेरै डराउछ, रुन्छ, " मलाई बचाऊ , बचाऊ |" यो अजमिललाई भएको छ | र यो कथा हामी पछि गर्ने छौ | तर ऊ बच्यो | उसको पुर्व कर्मको कृष्ण चेतनाले उसलाई बचायो | कथा हामी पछि गर्नेछौ | यो धेरै सुरक्षित स्थान हो | अन्यथा, यो भौतिक दुनिया खतराले भरिएको छ | यो धेरै खतरनाक छ | भगवाद गीतामा भनिएको छ, दुह्खालायम् | यो दुखको ठाउँ हो | दुखको ठाउँमा तिमि खुसि हुन सक्दैनौ | त्यो हामीले बुझ्नुपर्छ | कृष्ण, भगवान भन्नुहुन्छ, दुःखालयम अशाश्वतम् ( भ गी ८|१५): यो भौतिक दुनिया दुखी अवस्थाको ठाउँ हो | र यो अशाश्वतम्, सास्वत छैन | तिमी यहाँ बस्न पाउदैनौ | तिमीले कुनै समझौता गरेपनि " ठिकै छ यो दुखको संसार छ |" म केहि समझौता गर्छु र यहाँ बस्छु ....." मानिसहरु यो भौतिक संसारमा यति अशक्त छन् | मसँग व्यवहारिक उदाहण छ | १९५८ वा ५७ मा , जब मैले पहिलो पुस्तक प्रकाशित गरे, अन्य लोकको सजिलो यात्रा, मैले एउटा महानुभावलाई भेटेको थिए | ऊ धेरै उत्साहित थियो, " हामी अरु लोक जान सक्छौ ? तपाईले यस्तो जानकारी दिदै हुनुहुन्छ ?" हो " " र जब तिमि जान्छौ तिमि फिर्ता आउदैनै |" " होइन होइन, त्यसो भए म जान चाहन्न |" ( हाँसो ) उसले भन्दै थियो सबै विचार भनेकै अर्को लोक जानको लागी हो , जसरि उनीहरुले रमाइलो गर्दै छन् : उनीहरु चन्द्रमामा जादै छन् | तर उनीहरु त्यहाँ बस्न सक्दैनन् | उनीहरु फिर्ता आउदैछन् | त्यो बैज्ञानिक उन्नति हो | र यदि तिमि त्यहाँ जान्छौ भने, तिमि त्यहाँ किन बस्दैनौ ? मैले पत्रिका पढेको थिए कि जब रुसका वैमानिक त्यहाँ गएका थिए, उनीहरुले तल हेरेका थिए, " मस्को कहाँ छ भनेर ?" (हाँसो )