NE/Prabhupada 0786 - यमराजद्वारा दण्डित हुन प्रतीक्षा गर्दैछन्



Lecture on SB 6.1.48 -- Dallas, July 30, 1975

प्रभुपाद : एक ब्रहम्चारी गुरुकुलमा बस्नुपर्छ, पच्चीस वर्ष सम्म | ऊ तालिम प्राप्त हुन्छ | र यदि गुरुले उसलाई विवाह गर्नुपर्ने जस्तो देख्नुभयो भने, तब ऊ घर जान्छ,र विवाहित हुन्छ | अन्यथा, शिक्षा हो पुरै जीवन भर ब्रह्मचारी बस्नुपर्छ | त्यहाँ कुनै जरुरत छैन.... किनभने यो मानव जीवन भनेको भगवन प्राप्तिका लागि हो | यो यौन रमाइलो वा इन्द्रिय तृप्तिका लागि हैन | यो केवल भनेको....यहाँ मौका छ आफ्नो वास्तविक अवस्था जान्नको लागि, कि ऊ एउटा आत्मा हो | र कृष्ण, वा परम भगवान पनि आत्मा हुनुहुन्छ | आत्मा, कृष्णको अंश हो | त्यसैले उसको कर्तव्य भनेको पूर्ण भगवानसँग रहनु हो | जसरि यन्त्रीय अंश, पेच टाइपराइटरको अंश हो : यदि पेच यन्त्रसँग भयो भने, उसको अर्थ हुन्छ | र यदि पेच यन्त्रसँग बसेन भने, त्यसको केहि अर्थ हुदैन | कसले त्यो सानो पेचको बारेमा सोच्छ ? तर यदि त्यो पेच यन्त्रमा बस्न चाहन्छ भने, तिमीले त्यसलाई खिन्छौ - उनीहरुले पाँच डल्लर लिन्छन्, किन ? जब त्यो यन्त्रसँग टासिएको छ भने त्यसको अर्थ हुन्छ | त्यहाँ धेरै उदाहरणहरु छन्......आगोको झिल्का | जब आगो बलेको हुन्छ तिमीले सानो झिल्काहरु भेट्छौ, त्यो धेरै सुन्दर हुन्छ | यो धेरै सुन्दर हुन्छ किनकी त्यो आगोसँग हुन्छ | जब त्यो झिल्का तल खस्छ, त्यसको केहि अर्थ हुदैन | कसैले पनि त्यो सकियो भनेर बस्ता गर्दैनन् | त्यसरी नै, जबसम्म तिमी कृष्णसँग भयौ भने, कृष्णको अंश भएर हाम्रो केहि अर्थ छ | र जब सम्म हामी कृष्णको सम्पर्कबाट बाहिर छौ भने, हाम्रो केहि अर्थ हुदैन | हामीले त्यो बुझ्नु पर्छ | आफुलाई सधै कृष्णसँग कसरी राख्ने, त्यो मानव शब्यताको लक्ष्य हो | र यदि तिमीले त्यो गरेनौ भने, त्यो पाप हो | तब हामीले कष्ट भोग्नु पर्छ , कि " तिमीलाई आफुलाई बुझ्न मौका पाउछौ, कृष्ण र कृष्णसँग को तिम्रो सम्बन्ध | तिमीले यो मौका लिएनौ भने |" ओह, ऊ कष्ट भोग्दै छ | " ठिक छ, तिमी फेरी पशु हौ, फेरी जन्म मृत्युको चक्रमा फस |" त्यसैले हामी धेरै शतर्क हुनुपर्छ | यो नसोच कि , " हामी स्वतन्त्र छौ , र हामीले जे नचाहिने काम गर्नसक्छौ |" त्यो धेरै जोखिम पूर्ण जीवन हो | मुर्खता पूर्ण ढंगले त्यस्तो नसोच | त्यो नियमित हो .....त्यहाँ यमराज हुनुहुन्छ | किनकि हामी कृष्णका पुत्रहरू हौ....जब कृष्ण चाहनुहुन्छ, " यी मेरा छोराहरु, दुस्टहरु, यो भौतिक संसारमा धेरै दुख पाउदै छौ | तिनीहरुलाई घर फिर्ता आउँन देऊ," तसर्थ उहाँ व्यक्तिगत रुपमा आउनुहुन्छ | यदा यदा हि धर्मस्य ग्लानिर भवति भारत​, तदात्मानं सृजाम्यहम ( भ गी ४|७) | उहाँले यो इच्छा गर्नुहुन्छ, " यी दुस्टहरु यो भौतिक दुनियामा साढेर बसेका छन्, जन्म जन्मान्तर सम्म | उनीहरुलाई फेरी फिर्ता आउँन देऊ |" किनकि उहाँ धेरै दयालु हुनुहुन्छ | त्यसैले....\ र यदि उसले यो मानव जीवन उपयोग गरेन भने, फेरी घर फिर्ता जान लाभ उठाउन, त्यो पाप हो | तब ऊ दण्डित हुन्छ | निस्कर्ष के हो भने सबैजनाले यो कृष्ण चेतनाको आन्दोलन सुइकर गर्नुपर्छ; अन्यथा उसले यमराजको दण्ड दिन कुर्दैछ |

धेरै धेरै धन्यवाद |

भक्त : जय श्रील प्रभुपाद |