NE/Prabhupada 0847 - श्रीमद्-भागवतममा कलियुगको वर्णन दिइएको छ
731224 - Lecture SB 01.15.46 - Los Angeles
हिजो हामी यो कलियुगका बारेमा बहस गरिरहेका थियौँ । कलियुग सबैभन्दा पतित युग हो । यो युगमा मानिसहरू सबैभन्दा बढी पतित हुन्छन् । शास्त्रको गणनाअनुसार, कलियुगमा ७५ प्रतिशत अधर्म फैलिएको छ र अन्य युगहरूको तुलनामा २५ प्रतिशत धर्म बाँकी रहेको छ । तर यो २५ प्रतिशत धार्मिक जीवन पनि घट्नेछ । यो श्लोकको वर्णन गर्नुभन्दा अघि म तपाईंहरूलाई यो कलियुगका लक्षणहरूबारे केही सन्दर्भ दिन चाहन्छु । श्रीमद्भागवतम्को बाह्रौँ स्कन्धको तेस्रो अध्यायमा पनि यसको वर्णन गरिएको छ । (छेउतिर हेर्दै) त्यो कहाँनिर छ ? मलाई त्यो पुस्तक देऊ त । हामीले अझै यो प्रकााशित गरेका छैनौँ, त्यसकारण म सन्दर्भ पढ्दैछु । अन्योन्य तोराजभिश्चक्षयं यास्यन्तिपीडिताः । यो श्रीमद्भागवतम्को बाह्रौँ स्कन्धको दोस्रो अध्यायमा वर्णन गरिएको छ । ततश्चानुदिनं धर्मः सत्यं शौचं क्षमादया कालेन बलिना राजन्नक्ष्यंत्यायुर्बलम् स्मृतिः । श्रीमद्भागवतम्मा कलियुगको वर्णन गरिएको छ । यसलाई शास्त्र भनिन्छ । यो श्रीमद्भागवतम् पाँच हजार वर्ष लेखिएको थियो जब कलियुग सुरु हुनै लागेको थियो । अहिले तथा भविष्यमा के–के हुनेछ, त्यहाँ सबै कुरा वर्णन गरिएको छ । शास्त्र भनेको....त्यसकारण, हामीले शास्त्रलाई स्वीकार गर्नुपर्दछ । त्रिकालज्ञ । शास्त्रकार अर्थात् शास्त्रका रचयिता, पनि मुक्त पुरुष हुनैपर्दछ ताकि उसले भूत, वर्तमान तथा भविष्यको वर्णन गर्न सकोस् । श्रीमद्भागवतम् तपाईंले अनेकौँ कुराहरू पत्ता लगाउनुहुनेछ जुन भविष्यवाणी गर्दै लेखिएको थियो । जस्तै, श्रीमद्भागवतम्मा भगवान् बुद्ध आउनुहुनेछ भन्ने उल्लेख गरिएको छ । त्यसैगरी, त्यहाँ भगवान् कल्कीको अवतारको पनि उल्लेख गरिएको छ । हुन त श्रीमद्भागवतम् पाँच हजार वर्षअघि लेखिएको थियो तापनि त्यसमा भगवान् श्रीचैतन्य महाप्रभुको अवतारको पनि उल्लेख गरिएको छ । त्रिकालज्ञ । त्रिकालज्ञले भूतकालमा, वर्तमानमा तथा भविष्यमा के हुनेछ भन्ने जानेका हुन्छन् । त्यसकारण कलियुगका बारेमा छलफल गर्दा, श्रील शुकदेव गोस्वामी यो कलियुगका प्रमुख लक्षणहरूको वर्णन गर्दै हुनुहुन्छ । पहिलो लक्षणका बारेमा उहाँ भन्नुहुन्छ, ततश्चानुदिनम् । कलियुग अघि बढ्दै जाँदा, धर्म अर्थात् धार्मिक सिद्धान्तहरू; सत्यम् अर्थात् सत्यता; शौचम् अर्थात् सरसफाई; क्षमा अर्थात् क्षमाशीलता; दया अर्थात् दयालुपन; आयुः अर्थात् जीवनको अवधि; बलम् अर्थात् शारिरीक बल; स्मृतिः अर्थात् स्मरणशक्ति.... तपाईं गन्नुहोस् कति गुणहरू छन् । धर्म, सत्यम्, शौचम्, क्षमा, दया, आयु, बलम् तथा स्मृतिः जम्मा आठ गुणहरू । यी वस्तुहरू क्रमशः घट्दै–घट्दै गएर अन्ततः शून्य, लगभग शून्य हुनेछन् । मैले तिमीलाई भनेजस्तै, कलियुग.....अन्य युगहरूमा.... सत्ययुगजस्तै, सत्ययुगको अवधि अठार लाख वर्ष थियो । र त्यो युगमा मनुष्य जातिको आयु एक लाख वर्ष हुने गर्दथ्यो । एक लाख वर्ष । अर्को युगको अवधि बाह्र लाख वर्ष थियो, र त्यतिबेला मानिसहरू एक हजार वर्षसम्म बाँच्दथे, एक हजार होइन, दश हजार वर्ष । दश गुणा कम । त्यसपछि, अर्को युग अर्थात् द्वापर युगको अवधि अझै दश गुणा घट्यो । अझै, तिनीहरू एक हजार वर्षसम्म बाँच्दथे र द्वापर युगको अवधि पनि आठ लाख वर्ष थियो । अब अर्को युग अर्थात् कलियुगको आगमन भइसकेको छ र यो युगमा मानिसहरूको आयु एक सय वर्ष पुगेको छ । हामी बढीमा एक सय वर्षसम्म बाँच्न सक्दछौँ । हामी एक सय वर्षसम्म बाँचिरहेका छैनौँ तर पनि हाम्रो आयुको सीमा एक सय वर्ष राखिएको छ । हेर्नुहोस् त । अब एक सय वर्षबाट पनि.... अहिले भारतमा औसत आयु पैँतीस वर्ष पुगेको छ । र तिमीहरूको देशमा औसत आयु सत्तरी वर्ष भन्ने गरिन्छ । तर यो आयु पनि घटिरहेको छ । र कुनै मानिस बीस देखि तीस बर्षसम्म बाँच्दछ भने पनि, यो कलियुगमा उसलाई महावयोवृद्ध मानिस मानिनेछ । यसप्रकार, मानिसको आयु घट्नेछ ।