NE/Prabhupada 0854 - सबैभन्दा महानभन्दा पनि महान तथा सबैभन्दा सुक्ष्मभन्दा पनि सुक्ष्म



750306 - Lecture SB 02.02.06 - New York


सबैभन्दा महान्भन्दा पनि महान् तथा सबैभन्दा सूक्ष्मभन्दा पनि सूक्ष्म । त्यसलाई भगवान् भनिन्छ । जब कृष्णले जान्न चाहनुहुन्थ्यो....अर्जुनले कृष्णबाट जान्न चाहनुहुन्थ्यो, “हजुरको शक्ति कति विस्तार भएको छ ? हजुर कसरी काम गरिरहनुभएको छ ? म जान्न चाहन्छु । “किनभने अर्जुन जिज्ञासु हुनुहुन्छ, ब्रह्म–जिज्ञासा । अर्जुन भगवान्लाई जान्ने प्रयास गरिरहनु भएको छ । र भगवान् स्वयं अर्जुनलाई उत्तर दिइरहनुभएको छ । र कृष्णले त्यो अध्यायमा उल्लेख गर्नुभएको छ कि “यिनीहरूमध्ये म यो हुँ; यिनीहरूमध्ये म यो हुँ; म यो हुँ.....इत्यादि ।” त्यसपछि, कृष्ण निष्कर्षमा भन्नुहुन्छ “म कति भनूँ ? केवल मलाई बुझ्ने प्रयास गर, मेरो शक्ति, कि..... यो भौतिक संसारमा अनगिन्ती ब्रह्माण्डहरू छन् र प्रत्येक ब्रह्माण्डमा अनगिन्ती लोकहरू छन् । र म प्रत्येक ब्रह्माण्डमा प्रवेश गरेँ, “ म ती सबैमा प्रवेश गरेँ र म ती सबैलाई सञ्चालन गर्दछु ।” जस्तै, कृष्ण सबैजनाको हृदयमा विराजमान हुनुहुन्छ, त्यसपछि.... त्यसैगरी, कृष्ण हरेक वस्तुमा विराजमान हुनुुहुन्छ, परमाणुभित्र पनि विराजमान हुनुहुन्छ । कृष्ण त्यस्तो हुनुहुन्छ । हामी कृष्णको नक्कल गर्न चाहन्छौँ तर यदि म....यदि हामीलाई “तिमी यो परमाणुभित्र प्रवेश गर” भन्यो भने “म त्यो गर्न सक्दिनँ ।” अहँ । कृष्ण भगवान् हुनुहुन्छ, अर्थात् उहाँ....उहाँ सबैभन्दा महान्भन्दा पनि महान् हुनुहुन्छ । हामीले बुझ्न सक्ने सबैभन्दा ठूलो वस्तु ब्रह्माण्ड हो । यो ब्रह्माण्ड मात्र होइन, तर करोडौँकरोड ब्रह्माण्डहरू, ती सम्पूर्ण ब्रह्माण्डहरू कृष्णको शरीरको रौँबाट सृष्टि भएका हुन् । यस्यैक–निश्वसित–कालमथावलम्ब्य जीवन्ति लोमविलजा जगदण्डनाथाः (ब्रह्म–संहिता ५।४८) । त्यसलाई भगवान् भनिन्छ । सम्भवतः हाम्रो शरीरमा पनि करोडौँ रौँहरू होलान् । भगवान् महाविष्णुको शरीरमा पनि करोडौँ रौँका प्वालहरू छन् र उहाँले श्वास फ्याँक्दा ती प्वालहरूबाट अनेकौँ ब्रह्माण्डहरू उत्पन्न हुन्छन् । यस्यैक–निश्वसित–कालम् । त्यसकारण, तिमीहरूले भगवान्सम्बन्धी धारणालाई बुझ्नुपर्दछ । भगवान् सबैभन्दा विशालभन्दा पनि विशाल हुनुहुन्छ र सबैभन्दा सूक्ष्मभन्दा पनि सूक्ष्म हुनुहुन्छ । उहाँले केवल श्वासप्रश्वास गरेर नै यी विशाल, विशाल ब्रह्माण्डहरू उत्पन्न गर्न सक्नुहुन्छ । र पुनः — हामी जान्दैनौँ कि प्रत्येक ब्रह्माण्डमा कति परमाणुहरू छन् — उहाँ ती प्रत्येक परमाणुभित्र प्रवेश गर्न सक्नहुुन्छ । अण्डानतरस्थ–परमाणु–चयान्तरस्थम् । एकोऽप्यसौ रचयितुं जगदण्डकोटिम् यच्छक्तिरस्ति जगदण्ड–चया यदन्तः । अण्डान्तरस्थ–परमाणु–चयान्तरस्थम्् गोविन्दं आदिपुरुषं तमहं भजामि (ब्रह्म–संहिता ५।३५) यो भगवान्सम्बन्धी धारणा हो । त्यसकारण, हामी भन्दछौँ कि हामी यो भौतिक संसारमा दुःख पाइरहेका छौँ । हामी केवल सोचिरहेका छौँ कि “हामीले यस्तो ग¥यौँ भने हामी भविष्यमा सुखी हुनेछौँ ।” तर भविष्य आउनुभन्दा अगाडि नै हामी समाप्त हुनेछौँ । हाम्रो स्थिति यस्तो छ । हामी एकपटक मात्र होइन, अनेक पटक समाप्त (मृत्यु) हुन्छाँै तापनि हाम्रो धारणा यस्तो हुन्छ । तथाकथित वैज्ञानिकहरूजस्तैः करोडौँ वर्षपछि यस्तो हुनेछ, यस्तो हुनेछ । यी सबै व्यर्थ छन् । त्यसोभए कसरी थाहा पाइन्छ — तपाईंको आयु केवल पचास अथवा साठी वर्ष होला — तपाईं करोडौँ वर्षपछिको कुरालाई कसरी थाहा पाउनुहुन्छ ? तपाईंले सत्यको बोध गर्नुअघि तपाईंको पचास का अथवा साठी वर्षको समय करोडौँपटक समाप्त भइसकेका हुनेछन् । तर तथाकथित वैज्ञानिकहरू विचार गरिरहेका छन्, “होइन । यो पचास अथवा साठी वर्षको आयु पनि लामो समय हो ।” हामीले त्यसरी बुझ्न सक्दैनौँ । त्यो सम्भव पनि छैन । चिरं विचिन्वन् । यदि तपाईं यसप्रकार मूर्खतापूर्ण किसिमले तर्कवितर्क गर्नुहुन्छ भने तपाईंले कहिल्यै पनि बुझ्नुहुने छैन । चिरं विचिन्वन् । अथापिते देव पदाम्बुज–द्वय–प्रसाद–लेशानुगृहीत एव हि । जानाति तत्वं भगवान्–महिम्नो न चान्य एकोऽपि चिरं विचिन्वन् (श्रीमद्भागवतम् १०।१४।२९) । चिरं भनेको शाश्वत रूपमा यदि तपाईं भगवान्लाई बुझ्न केवल तर्कवितर्क मात्र गरिरहनुहुन्छ भने, तिम्रो सूक्ष्म दिमाग तथा सीमित इन्द्रियको अनुभवबाट यो .... यदि तपाईं चाहनुहुन्छ भने शास्त्रको निर्देशन पालन गर्नुपर्दछ, सर्वप्रथम, तपाईंले भौतिक आसक्तिलाई परित्याग गर्नुपर्दछ । निवृत्त...(एकातिर, अस्पष्ट) भौतिक आसक्ति जबसम्म म भौतिक वस्तुहरूबाट आकर्षित हुन्छु, तबसम्म कृष्णले मलाई त्यस्तै किसिमको शरीर प्रदान गरिरहनुहुनेछ । तथा देहान्तर प्राप्तिर् (भगवद्गीता २।१३) । यदि हामी यो अस्थायी भौतिक भोगविलास चाहन्छौँ भने हामीलाई शरीरअनुसारको भोग पनि प्राप्त हुनेछ । एउटा कमिलाको जीवनमा समेत त्यही कुरा लागू हुन्छः खानु, सुत्नु, मैथुन जीवन तथा आत्मरक्षा । र स्वर्गका राजा इन्द्रको पनि, इन्द्रको पनि त्यही प्रवृत्ति हुन्छ — खानु, सुत्नु, मैथुन गर्नु तथा प्रतिरक्षा गर्नु । त्यसकारण, यदि तपाईं चन्द्रलोक अथवा सूर्यलोक अथवा ब्रह्माण्डकै सर्वश्रेष्ठ लोकमा जानुहुन्छ भने पनि, तपाईं जहाँ गएपनि चारओटा प्रवृत्तिहरू तपाईंको पछि लागिरहनेछन्ः खानु, सुत्नु, मैथुन गर्नु तथा आत्मरक्षा गर्नु; र जन्म, मृत्यु, वृद्धावस्था तथा रोग ।