NE/Prabhupada 0904 - तिमीले भगवानको सम्पत्ति चोरी गरेका छौ
730418 - Lecture SB 01.08.26 - Los Angeles
तिमीले भगवानको सम्पत्ति चोरी गरेका छौ
अतः कुन्ती भन्नुहुन्छ कि यो उन्मत्त अवस्था अर्थात मदः, एधमान–मदः (श्रीमद्भागवत १।८।२६), बढिरहेको पुमान् अर्थात् यस्तो मानिस, नैवार्हति अर्थात् तिनीहरू भावपूर्ण भएर सम्बोधन गर्न सक्दैनन्: “जय राधा माधव ।” तिनीहरू भावपूर्ण भएर भन्न सक्दैनन् । त्यो सम्भव छैन । तिनीहरूको आध्यात्मिक भाव लोप भएको छ । तिनीहरू भावपूर्वक सम्बोधन गर्न सक्दैनन् किनभने तिनीहरूलाई ज्ञान छैन । “ओहो, भगवान् त गरिब मानिसहरूका लागि हो । तिनीहरूले पर्याप्त भोजन पनि पाउँदैनन् । तिनीहरू चर्च जाऊन् र भगवानसँग मागुन् : “हे भगवान्, हामीलाई हाम्रो दैनिक भोजन दिनुहोस् ।” तर हामीसँग त प्रशस्त भोजन छ । हामी किन चर्च जानुप¥यो ?” त्यसकारण, आजभोलि आर्थिक विकास गर्ने दिनहरूमा, कोही पनि चर्च अथवा मन्दिर जान चाहँदैन । “यो के वाहियात हो ? म किन रोटी माग्नका लागि चर्च जाने ? हामी आर्थिक विकास गर्नेछौँ र त्यसपछि प्रशस्त मात्रामा रोटीको आपूर्ति हुनेछ । साम्यवादी देशहरूमा मानिसहरू त्यसै गर्दछन् । साम्यवादी देशहरूमा तिनीहरू गाउँ–गाउँमा अनेक प्रचारबाजी गर्दछन् । तिनीहरू मानिसहरूलाई चर्च गएर परमेश्वरसँग रोटी माग्न अनुरोध गर्दछन् । अनि निर्दोष मानिसहरू सदाझैँ चर्चमा गएर सोध्दछन् : “हे भगवान्, हामीलाई हाम्रो दैनिक भोजन दिनुहोस् ।” त्यसपछि, जब तिनीहरू चर्चबाट बाहिर निस्कन्छन् तब यी साम्यवादी मानिसहरू आएर सोध्दछन्: “तिमीहरूले भोजन पायौ त ?” तिनीहरू भन्दछन्: “छैन, महाशय ।” अनि ती साम्यवादीहरू भन्दछन् : “ठीक छ, हामीसँग माग त ।” अनि तिनीहरू सोध्दछन् : “हे साम्यवादी मित्रहरू, मलाई भोजन देऊ ।” (हाँसो चल्छ) अनि तिनीहरू सोध्दछन्: “हे साम्यवादी मित्रहरू, मलाई भोजन देऊ ।” (हाँसो चल्छ) अब भन, को राम्रो ? हामी राम्रो कि तिम्रो परमेश्वर राम्रो ?” अनि उनीहरू भन्दछन् : “होइन महाशय, हजुरहरू नै राम्रो ।” किनभने तिनीहरूसँग विवेक नै छैन । तिनीहरू प्रश्न नै गर्दैनन्: बदमाशहरू, तिमीहरूले यो रोटी कहाँबाट लिएर आएका हौ ? (हाँसो चल्छ) के तिमीहरूले यो कारखानामा उत्पादन गरेका हौ ? तिमीहरू आफ्ना कारखानामा रोटी बनाउनका लागि चाहिने अन्न उत्पादन गर्न सक्छौ ?” किनभने तिनीहरूसँग विवेक छैन । तिनीहरूलाई शूद्र भनिन्छ । शूद्र भनेको विवेक नभएको मानिस हो । तिनीहरू जस्ताको तस्तै ग्रहण गर्दछन् । तर जो ब्राह्मण छ, जो बुद्धिमान् छ, उसले तुरुन्तै प्रश्न गर्नेछ “तिमी बदमाशहरू, तिमीहरूले यो रोटी कहाँबाट ल्याएका हौ ?” यो ब्राह्मणको प्रश्न हो । तिमीहरूले आफैँ रोटीको उत्पादन गर्न सक्दैनौ । तिमीहरूले केवल भगवानको अन्नलाई रूपान्तरण मात्र गरेका हौ.... अन्न अर्थात् गहुँ भगवानले दिनुहुन्छ अनि तिमीले त्यसलाई रूपान्तरण मात्र गरेका हौ । तर कुनै वस्तुलाई रूपान्तरण गर्दैमा त्यो वस्तु तिम्रो सम्पत्ति हुँदैन । जस्तै, म सिकर्मीलाई केही काठ, केही सामाग्री तथा तलब दिन्छु । अनि उसले अत्यन्त सुन्दर दराज बनाउँछ । अब त्यो दराज कसको हुन्छ ? अनि उसले अत्यन्त सुन्दर दराज बनाउँछ । अब त्यो दराज कसको हुन्छ ? सिकर्मीले यो भन्न सक्दैन कि ः यो काठलाई मैले नै यो दराजमा रूपान्तरण गरेको हुँ, त्यसकारण, यो मेरो हो । होइन । त्यो दराज तिम्रो होइन । त्यसैगरी, ए बदमाश, रोटीका लागि चाहिने अन्न कसले उपलब्ध गराइरहेको छ ? त्यो उपलब्ध गराउने व्यक्ति कृष्ण हुनुहुन्छ । कृष्ण भन्नुहुन्छ: भूमिरापोऽनलो वायुः खं मनोबुद्धिरेव च....प्रकृति मे अष्टधा (भगवद्गीता ७।४) । कृष्ण भन्नुहुन्छ : “यो मेरो सम्पत्ति हो ।” तिमीले यो समुद्र, यो जमिन, आकाश, अग्नि तथा वायुको सृष्टि गरेका होइनौ । यो तिम्रो सृष्टि होइन । तिमी यी भौतिक वस्तुहरूलाई रूपान्तरण गर्न सक्छौ, तेजो–वारि–मृदां विनिमयः, मिश्रण तथा रूपान्तरणद्वारा । तिमीले जमिनबाट माटो निकाल्छौ, समुद्रबाट पानी निकाल्छौ अनि त्यसलाई आगोमा हाल्दछौ । यसप्रकार तिमी ईंट बनाउँदछौ । अनि तिमी यस्ता असंख्य ईंटहरू प्रयोग गरेर गगनचुम्बी महल निर्माण गर्दछौ । तर तिमीले ईंट बनाउन चाहिने सामाग्रीहरू कहाँबाट प्राप्त गरेका हौ ? अनि तिमी बदमाशले यो गगनचुम्बी महल मेरो भनेर दाबी गरिरहेका छौ ? यो एउटा बुद्धिमान् प्रश्न हो । तिमीले भगवानको सम्पत्ति चोरी गरेका छौ, अनि तिमी त्यसलाई आफ्नो सम्पत्ति भनेर दाबी गरिरहेका छौ । यो जान्नु नै ज्ञान हो । यही नै ज्ञान हो ।