NE/Prabhupada 0934 - आत्माको आवश्यकताको ख्याल नगर्ने मूर्ख सभ्यता



Lecture on SB 1.8.33 -- Los Angeles, April 25, 1972

भक्त: अनुवाद: "अरुए भन्छन् कि वसुदेव र देवकी दुवैले हजुरलाई प्रार्थना गरेको कारण हजुरले उनीहरुको पुत्रको रुपमा जन्म लिनुभएको छ | बिना कुनै शंका हजुर अजन्मा हुनुहुन्छ, तर पनि हजुरले उनीहरुको कल्याण र देवताहरुको इर्ष्या गर्नेलाई मार्नको निमित्त जन्म लिनुहुन्छ |"

प्रभुपाद: अवतारका दुई प्रयोजन हुन्छन् | यो कुरा भगवद गीतामा बताइएको छ | यदा यदा हि धर्मस्य ग्लानिर् भवति भारत अभ्युत्थानम् अधर्मस्य तदात्मानं सृजाम्य् अहम् (भ गी ४|७) | भगवानले भन्नुहुन्छ कि जब धर्म-पालनमा कुनै अनियमितता हुन्छ...... ग्लानिः भनेको अनियमितता | जस्तै तिमीले कुनै सेवा गर्दैछौ | त्यसमा धेरै अनियमितता हुन सक्छ | तब यो प्रदुषित हुन्छ | यदा यदा हि धर्मस्य ग्लानिर् भवति... धर्मस्य ग्लानिर् भवति भनेको अधर्मको विकास | त्यसको अर्थ, यदि तिम्रो धन घट्छ भने तिम्रो गरिबी बढ्छ | यदि तिमी यो छेउलाई बढाउँछौ भने अर्को छेउ माथि जान्छ र यदि तिमि त्यो छेउलाई बढाउँछौ भने अर्को छेउ....... तर तिमीले स्थिरता कायम गर्नुपर्छ | त्यो चाहिन्छ | मानव समाजले पनि स्थिरता कायम राख्नुपर्छ | त्यो स्थिरता के हो ? तिनीहरुलाई थाहा छैन...... यो स्थिरता जस्तै हो | एउटा छेउमा आत्मा, अर्को छेउमा पद्धार्थ | हामी वास्तवमा आत्मा हौँ | कुनै कारणवश हामी यो भौतिक शरीरमा बद्ध भएका छौं | त्यस कारण, जबसम्म हामीसँग यो शरीर हुन्छ, तबसम्म हामीसँग खाने, सुत्ने, मैथुन गर्ने, रक्षा गर्ने जस्ता शरीरका आवश्यकताहरु हुन्छन् | यी शरीरका आवश्यकताहरु हुन् | आत्मालाई यी सब कुराहरु चाहिंदैन | आत्माले केहि खानुपर्दैन | त्यो हामीलाई थाहा छैन | हामीले जे खाँदैछौं, त्यो केवल शरीरलाई तन्दुरुस्त राख्नमात्र हो | शारीरिक आवश्यकताहरु छन्, तर यदि तिमीले केवल शारीरिक आवश्यकताहरुको ख्याल गर्छौ र आत्माको आवश्यकताको मतलब गर्दैनौ भने त्यो मुर्ख सभ्यता हो | स्थिरता हुँदैन | तिनीहरुलाई थाहा छैन | जस्तै एउटा धुर्त..... उसले केवल कोट धुन्छ तर शरीरको ख्याल राख्दैन | वा एउटा पिंजडाको पंक्षी | यदि तिमीले पिंजडाको ख्याल राख्छौ तर पिंजडाभित्रको पंक्षीको ख्याल राख्दैनौ....... पंक्षीले कराउँछ | "काँ काँ | मलाई भोजन देऊ, मलाई भोजन देऊ |" तर तिमीले पिंजडाको ख्याल गर्दैछौ | त्यो मुर्खता हो | हामी किन दुःखी हुन्छौं ? किन, विशेषगरी तिम्रो देशमा....... तिम्रो देशलाई संसारको सबभन्दा धनी देश मानिन्छ | यहाँ कुनै कमी छैन | भोजनको कमी छैन, गाडीको कमी छैन, बैंकमा धनको कमी छैन, मैथुनको कमी छैन | सबै कुरा पूर्ण मात्रामा छ | तर पनि किन हिप्पीहरुजस्ता एक वर्गका मानिसहरु विचलित र भ्रमित छन् ? तिनीहरु सन्तुष्ट छैनन् | किन ? त्यो कमजोरी हो | किनकि त्यहाँ कुनै स्थिरता छैन | तिमीले शारीरिक आवश्यकताहरुको ख्याल राख्दैछौ तर तिमीसँग आत्माको कुनै जानकारी छैन | आत्माको पनि आवश्यकता हुन्छ | किनकि आत्मा वास्तविक विषय हो | शरीर आवरणमात्र हो |