NE/Prabhupada 0942 - हामीले कृष्णलाई बिर्सिएर अनावश्यक समस्या सिर्जना गरेका छौं
730427 - Lecture SB 01.08.35 - Los Angeles
अविद्या-काम-कर्मभिः | काम | काम भनेको इच्छा हो | जस्तै धेरै बैज्ञानिकहरु नयाँ खानेकुराहरु बारे सोच्दैछन्, जस्तै हाम्रो बैज्ञानिक साथीहरु यो बिहान कुरा गर्दैछन् | नयाँ खानेकुरा के हो त ? खानेकुरा भगवान्ले पहिले नै बढ्नु भएको छ, "जनावरहरु यो खाऊ, तिम्रो खानेकुरा यो हो |" तिमी एस्तो जनावर हो, तिम्रो खानेकुरा हो |" जहाँ सम्म मानवको कुरा हो, उनीहरुको खानेकुरा येसरी बनाइएको छ कि, तिमी प्रसादम खानसक्छौँ | पत्रमं पुष्पं फलं तोयं यो मे भक्त्या प्रयच्छति (भा गी ९.२६) | मानवको कर्तब्य प्रसादम लिनु हो | प्रसादम भनेको कुनै खानेकुरा कृष्णलाई पहिला अर्पण गरिन्छ | यो सभ्यता हो | यदी तिमीले भन्छौ, "किन हामीले अर्पण गर्ने ?" यो असभ्यता हो | यो कृतज्ञता हो | एदी तिमीले कृष्णलाई अर्पण गर्छौ भने, तिम्रो चेतना कि यो खानेखुरा, यो चमाल, यी फलफुल, यी फूल, यी दुध, यो सबै कृष्णले दिनु भएको हो | म यो उत्पादन गर्न सक्दिन | मेरो उधोगमा मैले यसलाई उत्पादन गर्न सक्दिन | जे पनि हामीले प्रयोग गर्छौँ, कृष्ण बाहेक कसैले उत्पादन गर्न सक्दैन | एको बहूनां यो विदधाति कामान् | यो कमान | हामी इच्छा गर्छौँ र कृष्णले पुरा गर्दिनु हुन्छ | उहाँको वितरण बिना तिमीले प्राप्त गर्न सक्दैनौ | जस्तै इन्डियामा, स्वतन्त्र पछि, अगुवाहरुले सोचे: अब हामीले स्वतन्त्रता पायेउ अब ट्राक्टरको संख्या बढौं | र अरु कृषिको कार्य लागु गरौँ र र हामीले पुग्दो खाद्य पदार्थ पाउछौँ | अहिले दुइ वर्ष देखि पानीको हाहाकार हुदैंछ | बर्सात भएको छैन | यी ट्राक्टरहरु रुदैछन् | तिमीलाई थाहा छ? यो काम नलाग्ने भयो | तिमीले ट्राक्टर, र अन्य भनौदा कार्यहरुले उत्पादन गर्नसक्दैन जब सम्म कृष्णको कृपा हुदैन | उहाँले पानी संचालन गरिरहनु भएको छ, त्यो हाम्रो लागि... अझाभोलीको समाचार हो मानिसहरु रिसले चुर भएर सचिवकोमा गयो, उनिहरुले खानेकुराको माग गरे र नतिजा गोलीको वर्साद | हो, धेरै मानिस मरे | हामीसंग प्रबन्ध मिलेता पनि काम गर्नुपर्छ,तर त्यो काम सहज हुन्छ | यदी तिमी कृष्ण भावनामृत रहेउ भने... त्यहिपनि कृष्णले खानेकुराहरु प्रधान गर्दै हुनुहुन्छ | यो तथ्य हो | सबै धार्मिक पथले यो स्वीकार गर्छ | जस्तै बाइबलमा भनिएको छ, "परमेश्वोरले हाम्रो दैनिक रोटि प्रधान गर्नुहुन्छ |"यो तथ्य हो | भगवान्ले दिई रहेको छ | तिमीले आफ्नो रोटि उत्पादन गर्न सक्दैनौ | तिमीले रोटि बकेरी घरमा उत्पादन गर्न सक्छौ, तर... कसले यो पिठो प्रदान गर्दै छ ? त्यो भगवानले वितरण गर्दै हुनुहुन्छ | एको बहूनां यो विदधाति कामान् | हामीले नचाहिने समस्या कृष्णलाई भुलेर गर्दैछौँ | यो भौतिक प्रकृति | भावे ऽस्मिन् क्लिश्यमानानाम् | त्यसैले तिमीले मिहिनेतले कार्य गर्नु पर्दछ | क्लिस्यन्ति | भागवात-गीतामा अर्को पनि स्लोका छ, मनः-षष्ठानी प्रकृति-स्थानि कर्षति. कर्सती, तिमी निक्कै परिश्रम गर्छौ तर इन्द्रिय तृप्तिको लागि | अन्ततः यो संसार भनेको इन्द्रिय तृप्ति हो, किनभने काम, काम भनेको इन्द्रिय तृप्ति हो | काम, को उल्टो हो प्रेम | काम भनेको काम वासना हो, र प्रेम भनेको कृष्णलाई माया गर्ने | यो चाहिएको हो | तर यस भौतिक संसारमा उनीहरु निक्कै नै कठिन काममा दुख गरिरहेका हुन्छन | उनीहरुले धेरै उधोग, फलाम उद्योग जहाँ फलाम पगालिन्छ, ठुलो यन्त्रहरु प्रयोगमा ल्य्याइन्छ त्यसता उद्योगको निर्माण गर्दै छन्, र यस्लाई उग्र-कर्म, असुरिक कर्म भनिन्छ | जति दुख गरे पनि केहि रोटि र केहि फल वा फूल खाने हो | किन तिमीले यो ठुल्ठुला उद्योग बनाएको छौ? यसलाई अविद्या भनिन्छ. अविद्या | केहि सय वर्ष अघि उधोग थिएन | विश्वका मानिसहरुमा बोक्मारी लागेको थियो र? एह? कोहि पनि थिएन | हाम्रो वैदिक साहित्यमा उद्योगको उल्लेख गरेको कतै पनि पाउदैनऊ | होइन | त्यहाँ उल्लेख गरिएको छैन | र कति धनाढ्य थिए | वृन्दावनमा पनि | वृन्द्वानमा जब कंसले नन्द महाराजलाई निमन्त्रण दिए, तुरुन्तै उनीहरुले डिब्बा भरी, भरी दुधको परिकारहरु बाड्नको लागि लिएर गए | र तिमीले साहित्यमा पाउछौ त्यहाँ निक्कै राम्रो लुगा-फाटा लागाउ थिए, र राम्रो खान्थे | उनिहरुसंग पुग्दो खानेकुरा, पूर्ण दुध र पुग्ने गाई थियो | तर उनीहरु गाउँले थिए, गाउँको मानिस | वृन्दावन गाउँ | त्यहाँ अभाब थिएन | त्यहाँ निराशा थिएन, सधै खुशीले नाच्दै, गाउदै र खाँदै रम्दै जीवन व्यतित हुन्थ्यो | यो समस्या हामी आफैले निर्माण गरेको हो | हामीले बनाएको | तिमीहरुले घोडा नचाहिने डब्बाहरु बनाएऊ , अब पेट्रोल कताबाट ल्याउने त्यो समस्या आयो | तिमीहरुको देशमा समस्या छ | ब्रह्मानन्दले मलाई हिजो भन्दै थियो | त्यहाँ धेरै समस्याहरु छन् | नचाहिए ता पनि हामीले कुत्रिम आवश्यकता पूर्तिको लागि केहि बनाऊछौ | काम-कर्मभिः | यसलाई काम भनिन्छ |