NE/Prabhupada 0955 - अधिकांश जीवहरु आध्यात्मिक जगतमा छन् । थोरैमात्र पतित हुन्छन्



750623 - Conversation - Los Angeles


डा मिज: आध्यात्मिक जगतका सबै आत्माहरुको पतन एकैचोटीमा हुन्छ वा भिन्न समयमा हुन्छ ? वा के कुनै आत्मा छन् जो सधैं राम्रा हुन्छ, उनीहरु मूर्ख हुँदैनन्, उनीहरु पतित हुँदैनन् ?

प्रभुपाद: होइन, त्यहाँ........ अधिकांश, नब्बे प्रतिशत सधैं राम्रा हुन्छन् | उनीहरुको पतन कहिल्यै हुँदैन |

डा. मिज: त्यसोभए हामी दश प्रतिशतमध्ये हौँ ?

प्रभुपाद: हो | वा त्यो भन्दा कम | सम्पूर्ण भौतिक जगतमा सबै जीवहरु..... जस्तै कारागारमा केहि जनसंख्या हुन्छन् तर तिनीहरु अधिकांश जनसंख्या होइनन् | अधिकांश जनसंख्या कारागारको बाहिर हुन्छन् | त्यसैगरी, अधिकांश जीव जो भगवानका अंश हुन्, उनीहरु आध्यात्मिक जगतमा हुन्छन् | केवल थोरैको पतन हुन्छ |

डा. मिज: के कृष्णलाई अगाडी नै थाहा हुन्छ कि एउटा आत्मा मूर्ख छ र उसको पतन हुनेछ ?

प्रभुपाद: कृष्ण ? हो, कृष्णलाई थाहा हुन्छ किनकि उहाँ सर्वदर्शी हुनुहुन्छ |

डा. मिज: के हरेक समय आत्माहरुको पतन हुँदैछ ?

प्रभुपाद: हरेक समय होइन | तर पतन हुने झुकाव हुन्छ, सबैलाई होइन तर उनीहरुसँग स्वतन्त्रता भएको कारण...... सबजनालाई स्वतन्त्रको दुरुपयोग गर्ने इच्छा हुँदैन | उही उदाहरण | जस्तै एउटा सरकारले शहर निर्माण गर्छ र कारागार पनि निर्माण गर्छ, किनकि सरकारलाई थाहा हुन्छ कि कोहि अपराधी हुन्छन्, त्यसैले तिनीहरुको आश्रय पनि निर्माण गर्नुपर्छ | यो बुझ्न धेरै सजिलो छ | यो होइन कि शत प्रतिशत अपराधी हुनेछन् तर सरकारलाई थाहा हुन्छ कि तिनीहरुमध्ये कोहि हुनेछन् | अन्यथा उसले किन कारागार पनि निर्माण गर्छ ? कसैले भन्न सक्छ "अपराधी कहाँ छ ? तिमीले निर्माण गर्दैछौ...." सरकार थाहा छ कि अपराधीहरु पनि हुनेछन् | यदि साधारण सरकारले थाहा पाउन सक्छ भने भगवानले किन थाहा पाउन सक्नुहुन्न ? किनकि त्यहाँ झुकाव हुन्छ |

डा. मिज: त्यो झुकावको स्रोत....?

प्रभुपाद: हो |

डा. मिज: त्यो झुकाव कहाँबाट आउँछ ?

प्रभुपाद: झुकाव भनेको स्वतन्त्रता | सबजनालाई थाहा हुन्छ कि स्वतन्त्राको उचित प्रयोग हुन सक्छ वा कसैले दुरुपयोग पनि गर्न सक्छ | त्यो स्वतन्त्रता हो | यदि पतित हुनुहुँदैन भनेर एकतर्फी मात्र हुन्छ भने त्यो स्वतन्त्रता होइन | त्यो बल हो | तसर्थ कृष्णले भन्नुहुन्छ, यथेच्छसि तथा कुरु (भ गी १८|६३): "अब तिमीलाई जे इच्छा लाग्छ, त्यहि गर |"