NE/Prabhupada 0970 - जिब्रोलाई सधैं भगवानको महिमागान गर्न प्रयोग गर्नुपर्छ



730400 - Lecture BG 02.13 - New York


यो हाम्रो परिस्थिति छ, कि हामीले आफ्ना सिमित इन्द्रियद्वारा गरिने मानसिक काल्पनिकले बुझ्न सक्दैनौं | त्यो सम्भव छैन | हामी संगग्न हुनुपर्छ- सेवोन्मुखे हि जिह्वादौ- जिह्वा, जिब्रोबाट सुरु गरेर | जिब्रो सबभन्दा ठुलो शत्रु हो र यो सबभन्दा ठुलो मित्र पनि हो | यदि तिमीले जिब्रोलाई मनोमानी गर्न दिन्छौ, यदि धुम्रपान, मद्यपान, मांस-भक्षण आदि-इत्यादी कार्य गर्न दिन्छौ भने यो तिम्रो सबभन्दा ठुलो शत्रु हुन्छ | र यदि तिमीले जिब्रोलाई अनुमति नदिएर यसलाई नियन्त्रण गर्न सक्छौ भने तिमीले सम्पूर्ण इन्द्रियलाई नियन्त्रण गर्न सक्नेछौ | स्वतः | ताऽर मध्ये जिह्वा अति लोभमोय् सुदुर्मति ताऽके जेता कठिन संसारे कृष्ण बरो दोयामोय् कोरिबारे जिह्वा जय् स्व​-प्रसाद्-अन्न दिलो भाइ सेइ अन्नामृत पाओ राधा-कृष्ण​-गुण गाओ प्रेमे डाको चैतन्य​-निताइ (भक्तिविनोद ठाकुर​) त्यसैले जिब्रोलाई सधैं भगवानको महिमगन गर्न प्रयोग गर्नुपर्छ | जिब्रोसँगको हाम्रो कार्य यहि हुनुपर्छ | र जिब्रोलाई कृष्ण-प्रसादभन्दा अरु केहि खाने अनुमति दिनुहुँदैन | तब तिमी केवल जिब्रो नियन्त्रण गरेर मुक्त हुन्छौ | र यदि तिमीले जिब्रोलाई जे पनि गर्न दिन्छौ भने यो धेरै कठिन हुन्छ | कृष्णले भन्नुभएको अनुसार आध्यात्मिक शिक्षा म यो शरीर होइन भन्ने बुझेपछि सुरु हुन्छ | र इन्द्रियलाई सन्तुष्ट गर्नु मेरो कार्य होइन किनकि म यो शरीर होइन | यदि म यो शरीर होइन भने केवल यो शरीरलाई सन्तुष्ट गर्ने कार्यमा किन झन्झट लिने ? शरीर अर्थात् इन्द्रियहरु | यो पहिलो निर्देशन हो | कर्मीहरु, ज्ञानीहरु, योगीहरु साबि शारीरिक माग सन्तुष्ट पार्न प्रयासरत छन | कर्मीहरुले सिधै त्यसो गर्छन् | "खाउ, पिउ, आनन्द लिउ |" त्यो तिनीहरुको सिद्धान्त हो | ज्ञानीले पनि "म यो शरीर होइन" बुझ्ने प्रयास गर्दैछ | नेति नेति नेति नेति: "यो होइन, यो होइन, यो होइन, यो होइन, यो......" योगीहरू पनि शारीरिक अभ्यास, हठ-द्वारा इन्द्रियलाई नियन्त्रण गर्ने अवस्थामा आउन प्रयासरत छन् | तिनीहरुको केन्द्रिय गतिविधि शरीरमा आधारित हुन्छ | र हाम्रो सिद्धान्तको सुरुवात भनेको "तिमी यो शरीर होइन |" तिमी देख्छौ ? जब तिनीहरु यो शरीरको अध्ययन गरेर एम.ए. परिक्षामा उत्तीर्ण हुन्छन्, तब तिनीहरुले अङ्गको कार्य बुझ्न सक्नेछन् | तर हाम्रो सिद्धान्त "तिमी यो शरीर होइन"बाट सुरु हुन्छ | स्नातकोत्तर अध्ययन | "तिमी यो शरीर होइन |" त्यो कृष्णको उपदेश हो | हामीले भारतमा ठुला-ठुला नेताहरु र विद्वानहरुलाई देखेका छौं | तिनीहरुले भगवद गीतामा टिप्पणी लेख्छन् तर तिनीहरुले जीवनको शारीरिक अवधारणामा लेख्छन् | हामीले आफ्नो देशमा महान नेता, महात्मा गान्धीलाई देखेका छौं, उनको तस्विर भगवद-गीतासँग छ | तर उनले आफ्नो जीवनभर के गरे ? शारीरिक अवधारणा: "म भारतीय हुँ | म भारतीय हुँ |" राष्ट्रवाद भनेको जीवनको शारीरिक अवधारणा | "म भारतीय हुँ |" "म अमेरिकी हुँ |" "म क्यानडेली हुँ |" तर हामी यो शरीर होइनौं | तब "म भारतीय हुँ," "म अमेरिकी हुँ," "म क्यानडेली हुँ"को प्रश्न कहाँ उठ्छ ? तिनीहरुसँग यो जीवनको शारीरिक अवधारणा सम्बन्धि कुनै ज्ञान छैन, तिनीहरु यसमा डुबेका छन्, र अझै तिनीहरु भगवद गीताको अधिकारी रहन्छन् | यो रमाइलो हेर त | र भगवद-गीताको सुरुवातमा सिकाइएको छ "तिमी यो शरीर होइन |" र तिनीहरु जीवनको शारीरिक अवधारणामा छन् | तब बुझ्ने प्रयास गर कि तिनीहरुको अवस्था के छ तिनीहरुले भगवद गीता कसरी बुझ्न सक्छन् ? यदि कसैले सोच्छ कि "म यो राष्ट्रसँग सम्बद्ध छु, म यो परिवारसँग सम्बद्ध छु, म यो समुदायरसँग सम्बद्ध छु, म यो सम्प्रदायसँग सम्बद्ध छु, म यो धर्मसँग सम्बद्ध छु, म योरसँग सम्बद्ध छु......" सबजना जीवनको शारीरिक अवधारणामा छन् |