NE/Prabhupada 0972 - बुझ्ने प्रयास गर कि 'मैले कस्तो प्रकारको शरीर प्राप्त गर्नेछु ?'



730400 - Lecture BG 02.13 - New York

जीवनको शारीरिक अवधारणामा रहेसम्म यो भ्रम बढ्नेछ | यो कहिल्यै घट्नेछैन | तसर्थ कृष्णको अर्जुनलाई पहिलो निर्देशन....... किनकि यदि अर्जुन भ्रमको त्यस स्थितिमा रहन्थे कि "म यो शरीर हुँ र अर्को पक्षमा मेरो दाजुभाई, मेरो हजुरबुवा, मेरा भतिजहरु छन्, तिनीहरु सबै मेरा आफन्त हुन् | मैले कसरी मार्न सक्छु ?" यो भ्रम हो | तसर्थ यो भ्रम वा अद्न्धकार नाश गर्न कृष्णले पहिलो शिक्षा सुरु गर्नुहुन्छ कि "तिमी यो शरीर होइन |" देहिनो ऽस्मिन् यथा देहे कौमारं यौवनं जरा तथा देहान्तर​-प्राप्तिः (भ गी २|१३) | तिमीले पहिले आफ्नो शरीर परिवर्तन गरे जस्तै पुनः शरीर परिवर्तन गर्नुपर्नेछ | ती पहिल्यै परिवर्तन भइसक्यौ | तिमी बच्चा थियौ | तिमी बच्चाको शरीरमा परिवर्तित हुन्छौ | तिमी बालकको शरीरमा परिवर्तित हुन्छौ | तिमीले युवा शरीरमा परिवर्तित हुन्छौ | तिमी बुढो शरीरमा परिवर्तित हुन्छौ | जब परिवर्तन..... जसरी तिमीले धेरै पटक परिवर्तन गरिसक्यौ, त्यसैगरी अर्को परिवर्तन हुनेछ | तिमीले अर्को शरीर स्वीकार्नुपर्नेछ | धेरै सरल तर्क | तिमीले पहिल्यै परिवर्तन गरिसक्यौ | तथा देहान्तर​-प्राप्तिर् धीरस् तत्र न मुह्यति (भ गी २|१३) | तिनीहरु जीवनको शारीरिक अवधारणामा छन्,"म यो शरीर हुँ | र शरीरको कुनै परिवर्तन हुँदैन |" शरीरको परिवर्तन हुँदैछ | एक मानिसले आफ्नो जीवनमा पनि देख्न सक्छ | तब पनि उसले विश्वास गर्दैन कि "यो शरीर परिवर्तन गरेपछि, मैले अर्को शरीर प्राप्त गर्नेछु |" यो धेरै तार्किक छ | देहिनो ऽस्मिन् यथा देहे कौमारं यौवनं जरा तथा देहान्तर​-प्राप्ति: (भ गी २|१३) | ठिक त्यसैगरी, जसरी हामीले यो धेरै पटक परिवर्तन गरेको छु, मैले परिवर्तन गर्नेछु | तसर्थ जो बुद्धिमान हुन्छ, उसले बुझ्ने प्रयास गर्नुपर्छ कि "मैले कस्तो प्रकारको शरीर प्राप्त गर्नेछु ?" त्यो बुद्धि हो | यो पनि भगवद गीतामा वर्णित छ कि तिमीले कस्तो प्रकारको शरीर प्राप्त गर्नेछौ | यान्ति देव​-व्रता देवान् पितृन् यान्ति पितृ-व्रताः भूतानि यान्ति भूतेज्या यान्ति मद्-याजिनो ऽपि माम् (भ गी ९|२५) | यदि तिमी देवताहरु बस्ने उच्च ग्रहमा जान चाहन्छौ, हजारौं-लाखौं वर्षको लागि....... जस्तै ब्रह्मा | ब्रह्माको एक दिन पनि तिमीले गणना गर्न सक्दैनौ | त्यसैले उच्च ग्रहमा तिमीसँग हजारौं गुणा राम्रो सुविधा हुन्छ, इन्द्रियतृप्ति र आयुको लागि | सबै कुरा | अन्यथा किन कर्मीहरु स्वर्गलोकमा जान चाहन्छन् ? यान्ति देव​-व्रता देवान् (भ गी ९|२५) | यदि तिमी उच्च लोकमा जाने प्रयास गर्छौ भने तिमी जान सक्छौ | कृष्णले भन्नुहुन्छ | यसको विधि छ | जस्तै चन्द्र-ग्रह जानको लागि कर्मकाण्डमा धेरै दक्ष हुनुपर्छ | कर्मकाण्डद्वारा तिमीले आफ्नो पुण्य गतिविधिहरुको फल प्राप्त गर्छु र तिम्रो चन्द्र-ग्रहमा स्तरोन्नति हुन्छ | यो कुरा श्रीमद भागवतममा उलेख गरिएको छ | तर तिमी यो विधिद्वारा चन्द्र-ग्रहमा प्रवेश गर्न सक्दैनौ: "बलपूर्वक हामी यो हवाईजहाज, जेट र स्पुत्निकद्वारा हामी जानेछौं | ओहो....." मानौं मसँग अमेरिकामा राम्रो गाडी छ | यदि म अर्को देशमा बलपूर्वक प्रवेश गर्न चाहन्छु भने के यो सम्भव छ ? छैन | तिमीले राहदानी र भिसा प्राप्त गर्नुपर्छ | तिमीले सरकारद्वारा अनुमित प्राप्त गर्नुपर्छ | तब तिमी प्रवेश गर्न सक्नेछौ | यो होइन कि तिमिसँग राम्रो गाडी भएको कारण तिमीले अनुमति प्राप्त गर्नेछौ | हामी बलपूर्वक जान सक्दैनौं....... यो मूर्ख प्रयास हो, बचपना प्रयास हो | तिनीहरु जान सक्दैनन् | तसर्थ आजकल तिनीहरु रोकिएका छन् | तिनीहरु बोल्दैनन् | तिनीहरुले आफ्नो असफलता महशुस गर्दैछन | यसप्रकार, तिमीले सक्दैनौ | तर सम्भावना भने छ | तिमीले वास्तविक प्रक्रिया अपनाए तिमी जान सक्छौ | तिम्रो स्तरोन्नति हुन सक्छ | त्यसैगरी, तिमी पितृलोक जान सक्छौ | श्राद्ध र पिण्ड अर्पण गरेर तिमी पितृलोक जान सक्छौ | त्यसैगरी, तिमी यो लोकमा रहन सक्छौ | भूतेज्या | त्यसैगरी तिमी घर फर्कन सक्छौ, भगवद-धाम जान सक्छौ |