NE/Prabhupada 0974 - हाम्रो महानता धेरै, धेरै सानो, सुक्ष्म छ । भगवान् महान हुनुहुन्छ



730408 - Lecture BG 04.13 - New York


चातुर् वर्ण्यं मया सृष्टं गुण​-कर्म​-विभागशः तस्य कर्तारम् अपि मां विध्य् अकर्तारम् अव्ययम् (भ गी ४|१३) | यो भगवद गीताको एउटा श्लोक हो | तिमीहरु धेरैलाई यो पुस्तक, भगवद गीता थाहा छ | यो धेरै ज्ञानको प्रख्यात पुस्तक हो | र हामीले भगवद-गीता यथारूप प्रस्तुत गर्दैछौं | यस कृष्ण भावनामृत अभियान भनेको कुनै मिसावट बिना भगवद गीता यथारूप प्रस्तुत गर्नु हो | त कृष्णले भन्नुहुन्छ कि चार वर्गका मानिसहरु, चातुर् वर्ण्यम्... चातुर् भनेको "चार" र वर्ण भनेको "समाजको वर्ग |" जस्तै वर्ण भनेको रङ्ग | जसरी रङ्गको विभाजन हुन्छ, रातो, निलो र पहेंलो, त्यसैगरी मानव समाजलाई पनि गुण अनुसार विभाजन गर्नुपर्छ | गुणलाई रङ्ग पनि भनिन्छ | चातुर् वर्ण्यं मया सृष्टं गुण​-कर्म​-विभागशः (भ गी ४|१३) | यो भौतिक जगतमा तीन गुणहरु छन् | तीन गुणहरु | वा तीन रङ्गहरु | रातो, निलो र पहेंलो | तिमी यसलाई मिसाउ | तब यो एकासी रङ्गहरु बन्छ | तीन रङ्ग, तीन गुणा तीन नौ बन्छ | नौ गुणा नौ एकासी बन्छ | त जीवहरु चौरासी लाख प्रकारका छन् | यी विभिन्न गुणहरुको मिसावटको कारण | प्रकृतिले विभिन्न प्रकारको शरीर उत्पादन गर्दैछिन्, जीवको निश्चित किसिमको गुणसँगको सङ्ग अनुसार | जीवहरु भगवानका अंश हुन् | मानौं भगवान ठुलो आगो हुनुहुन्छ र जीवहरु सानो झिल्को जस्तै हुन् | झिल्कोहरु पनि आगो हुन् | एउटा झिल्को पनि तिम्रो शरीरमा, तिम्रो वस्त्रमा खस्छ भने यसले पोल्छ | तर यो ठुलो आगो जस्तै शक्तिशाली हुँदैन | त्यसैगरी, भगवान सर्व-शक्तिशाली हुनुहुन्छ | भगवान महान हुनुहुन्छ | हामी भगवानका अंश हौँ | तसर्थ, हाम्रो महानता धेरै, धेरै सानो, सुक्ष्म छ | भगवान महान हुनुहुन्छ | तसर्थ, उहाँले धेरै ब्रह्माण्डहरु सिर्जना गर्नुभयो | हामीले एउटा ब्रह्माण्ड पनि सिर्जना गर्न सक्दैनौं | हामीले देख्ने यो एउटा ब्रह्माण्डको आवरणको रुपमा रहेको आकाशभित्र लाखौं-करोडौं ताराहरु तथा ग्रहहरु छन् | तिनीहरु तैरिंदै छन् | हावामा तैरिंदै छन् | सबजनालाई थाहा छ |