NE/Prabhupada 0985 - मानव जीवन विशेषगरी परमसत्यको बारेमा जिज्ञासा गर्नको लागि हो



720905 - Lecture SB 01.02.07 - New Vrindaban, USA

अब यो मानव जीवन, विशेषगरी परमसत्यको बारेमा जिज्ञासा गर्नको लागि हो | पशु जीवनमा हामीले गर्न सक्दैनौं | ठुला, ठुला पशुहरु छन्, बाघ, सिंह र हात्ती, र ठुला, ठुला रुखहरु पनि छन्, तिनीहरु पनि जीव हुन् | समुद्रमा धेरै ठुला, ठुला मच्चाहरु छन् | ठुला, ठुला हिमाल-पर्वत छन् | हिमालहरुको पनि जीवन हुन्छ | तर तिनीहरु भगवानको बारमे जिज्ञासा गर्न सक्दैनन् | त्यो सम्भव छैन | तिमीले यो मानव जीवनमा भगवानको बारेमा जिज्ञासा गर्न सक्छौ, त्यति हो | तसर्थ कुनै पनि सभ्य समाजमा भगवानको बारेमा जिज्ञासा हुन्छ र त्यसैलाई धर्म भनिन्छ | केहि दृष्टिकोणमा भिन्नता देख्न सकिन्छ | जस्तै भारतमा पनि तिनीहरु जिज्ञासा राख्छन् | अहिले होइन, वर्तमान समयमा | तिनीहरुले त्यागिसके | तर सयौं-हजारौं वर्ष अघि | हजार होइन | गुई सय वर्ष अघि पनि, भारत भगवानको बारेमा जिज्ञासा राख्न धेरै जिज्ञासु थियो | एक चिनियाँ सज्जनले एउटा दार्शनिक पुस्त लेखेका छन् जहाँ सिफारिश गरिएको छ- मैले पुस्तकको शिर्षक बिर्सिएँ- त्यो पुस्तक न्यु योर्कमा धर्म कक्षामा अध्ययन गरिन्छ | पुस्तकमा उनले लेखेका छन् कि यदि तिमी भगवानको बारेमा थाहा पाउन चाहन्छौ, यदि तिमी धर्मको बारेमा थाहा पाउन चाहन्छौ भने तिमी भारत जानुपर्छ | हो, त्यो तथ्य हो | किनकि अरु कुनै देशमा महान साधु र सन्त पुरुषहरु भगवानलाई बुझ्न यति धेरै गम्भिरतापूर्वक संग्लग्न हुँदैनथे | तसर्थ वेदान्त-सूत्र प्रस्तुत गरिएको छ | हामीले थाहा पाउनुपर्छ कि भगवान एक हुनुहुन्छ | भगवान भिन्न हुनुहुँदैन | भगवानको कुनै प्रतिस्पर्ध हुन सक्दैन | मत्तः परतरं नान्यत् किञ्चिद् अस्ति धनञ्जय (भ गी ७|७) | भगवानभन्दा वरिष्ठ सत्य अरु केहि हुँदैन | तसर्थ भगवानलाई महान भनिन्छ | भगवानलाई परम भनिन्छ | धर्म भनेको, प्रथम-श्रेणीको धर्म भनेको, कसरी अनुयायीहरुले भगवानको बुझाई विकास गरेका छन् | त्यो प्रथम-श्रेणीको धर्म हो | यो होइन कि हामीले कति पशु-बलि दिन सक्छौं वा हामी कति पटक....... हरेक धर्ममा धेरै कर्मकाण्डहरु र अरु धेरै कुराहरु छन् | तर हामीले यो नतिजाद्वारा परिक्षण गर्नुपर्छ, फलेन परिचीयते | सबै कुरा...... जस्तै हामीए यति धेरै अध्ययन गरेका छौं, एक वैज्ञानिक मानिस जसरी तर अन्तिममा परिक्षा हुन्छ | यदि कोहि त्यस परिक्षामा उत्तीर्ण हुन्छ भने यो बुझ्नुपर्छ कि उसले राम्ररी अध्ययन गरेको छ | त्यो हाम्रो व्यवहारिक बुद्धि हो | विद्यालय, कलेज, सर्वत्र | यदि मी परिक्षामा उत्तीर्ण गर्न सक्दिनँ र मैले "ओहो, मैले यो अध्ययन गरेको छु, मैले त्यो अध्ययन गरेको छु" गर्व गर्छु भने त्यसको के मूल्य हुन्छ ? मानौं एउटा मानिसले व्यावर गर्दैछ | यदि हामी देख्छौं कि व्यापार गरेर उसले थोरै पैसा कमाएको छ र ऊ धनि भएको छ भने हामीले बुझ्छौं कि ऊ सफल व्यापारी हो | तर यदि ऊ एउटा गरिब मानिस हुन्छ र उसले "मैले यसो गरको छु, मैले त्यसो गरेको छु" भन्छ भने उसको त्यो बोली व्यर्थ हुन्छ किनकि हामी नतिजाद्वारा जान्न चाहन्छौं | फलेन परिचीयते | त्यो संस्कृत संस्करण हो | तर हामीले नतिजाबाट बुझ्नुपर्छ, फलेन, तिमीले के नतिजा प्राप्त गरेको छौ | तिमीले प्राप्त गरेको अङ्कले तिम्रो उत्तर पुस्तिकाको मूल्य निर्धारण गर्छ | त्यसैगरी, हामीले आफुलाई धेरै महान धार्मिक व्यक्ति घोषणा गर्न सक्छौं, महान धर्मको अनुयायी भन्न सक्छौं, तर यो के हो ? तिमीले आफ्नो भागवत चेतना कति विकास गरेका छौ, तिमीले भगवानलाई प्रेम गर्न कति सिकेका छौ |