NE/Prabhupada 0999 - आत्मवित् अर्थात् जसलाई आत्माको बारेमा थाहा छ



730406 - Lecture SB 02.01.01-2 - New York


अब, यस कृष्ण-सम्प्रश्नः, कृष्णको बारेमा यी प्रश्न तथा जवाफहरु हामीले केवल सुन्नुपर्छ, यो चैतन्य महाप्रभुको सिफारिश हो | स्थाने स्थिताः श्रुति-गतां तनु-वाङ्-मनोभिर् | तपाई आफ्नो स्थानमा रहनुहोस तर तपाई कृष्णको बारेमा सुन्ने प्रयास गर्नुहोस् | त्यो सिफारिश गरिएको छ | तपाई केवल यो मन्दिरमा आउनुहोस् र कृष्णको बारेमा सुन्ने प्रयास गर्नुहोस्, स्थाने स्थिताः श्रुति-गतां तनु-वाङ्-मनोभिर् | त्यसले शुद्धिकरण गर्नेछ | कृष्ण-किर्तन, कृष्णको नाम यति शक्तिशाली छ कि यदि तपाईले केवल "कृष्ण, कृष्ण, कृष्ण, कृष्ण, कृष्ण" सुउनुहुन्छ भने तपाई शुद्ध हुनुहुन्छ | तपाई शुद्ध हुनुहुन्छ | तसर्थ भनिएको छ कि वरीयान् एष ते प्रश्नः कृतो लोक​-हितं नृप​, आत्मवित्-सम्मतः (श्री भा २|१|१) | आत्मवित् | यो होइन कि प्रचार गर्दैछु | आत्मवित्-सम्मतः | सबै महान व्यक्तित्व जसले आत्मानुभूति गरेका छन्, आत्मवित् | आत्मवित् अर्थान जसलाई आत्माको बारेमा थाहा छ | साधारण मानिसहरुलाई आत्माको बारेमा थाहा छैन | तर आत्मवित् अर्थात् जसलाई आत्माको बारेमा थाहा छ, अहं ब्रह्मास्मि, "म आत्मा हुँ, म यो शरीर होइन," र जो यस आत्म-तत्त्वको बारेमा राम्ररी परिचित छ | जबसम्म एक मानिसलाई यस आत्म-तत्त्वको बारेमा थाहा हुँदैन, तबसम्म उसले गरेका सम्पूर्ण कार्यहरु केवल उसको हार हुन्छन् | तिनीहरु हेर्दैछन्..... साधारण मानिसहरु सोच्दैछन् कि "म अहिले यो ठुलो गगनचुम्बी भवन निर्माण गर्दैछु | म सफल छु | म रोथ्सचाइल्ड बनेको छु, म फोर्ड बनेको छु |" यो आत्मवित् होइन | आत्मवित्....... भौतिक रुपमा ऐश्वर्यवान हुनुको मतलब आत्मवित् हुनु होइन | त्यस विषयमा अर्को श्लोकमा छलफल गरिनेछ, अपश्यताम् आत्म​-तत्त्वम् (श्री भा २|१|२) | जसले आफ्नो आत्मालाई देख्न सक्दैन: गृहेषु गृह​-मेधिनाम् | तिनीहरु भौतिकवादी जीवनमा अल्झिएका हुन्छन्, गृहेषु गृह​-मेधिनाम् | तिनीहरुको स्थिति धेरै..... वास्तवमा सम्पूर्ण संसारको स्थिति यस्तै छ | तिनीहरु आत्म-वित् छैनन् | तिनीहरु आत्म-तत्त्वम् सम्बन्धि जिज्ञासा राख्दैनन्; तसर्थ तिनीहरु कम बुद्धिमान छन् | एयरपोर्टमा मैले भनेको थिएँ कि हाम्रो प्रचार भनेको मानिसलाई धेरै बुद्धिमान बनाउनु हो | तिनीहरुले यसलाई राम्ररी ग्रहण नगर्लान् | तिनीहरुले सोच्छन् कि "यी गरिब स्वामीले हामीलाई बुद्धिमान बनाउन आएका छन् |" तर वास्तवमा यो तथ्य हो | यो तथ्य हो | जीवनको शारीरिक अवधारणा बुद्धिमानी होइन कि "मैले सारा जीवन शारीरिक सुविधाको लागि व्यतित गर्छु र यो शरीर त्यागेपछि म बिरालो र कुकुर बन्छु |" तब त्यो बुद्धि के हो ? के त्यो राम्रो बुद्धि हो ? वास्तवमा, यहि हुँदैछ | म छलफल गर्न चाहन्न | हाम्रा गुरुभाई, श्रीधर महाराजले भन्नुहुन्छ...... उहाँले एउटा पत्रिका उद्धृत गरेर भन्नुभएको थियो कि भारतमा हाम्रा एक महान नेता अहिले स्विडेनमा कुकुर बनेका छन् | यो छापिएको छ | भारतका प्रसिद्ध मानिसहरुको बारेमा जिज्ञासा राखिएको थियो र उहाँले जवाफ दिनुभएको थियो, र रुट जवाफ थियो कि,"फलानो-फलानो नेता अहिले एक स्विडेनका एक सज्जनको एउटा कुकुर छन् |" तपाई बुझ्नुहुन्छ | यो समयमा, यो जीवनमा म धेरै ठुलो मानिस बन्न सक्छु, वा ठुलो नेता, ठुलो कूटनीतिज्ञ, ठुलो व्यापारी बन्न सक्छु, तर मृत्यु पछि अर्को जीवनमा, यो...... यो भौतिक जगतको महानताले तपाईलाई मदत गर्नेछैन | त्यो तपाईको कार्यमा निर्भर हुन्छ र प्रकृतिले दिने विशेष प्रकारको शरीर तपाईले स्वीकार्नुपर्नेछ | अवश्य पनि तपाईले बिर्सनुहुनेछ | प्रकृतिले त्यो छुट दिएकी छिन् | जस्तै हामी अघिल्लो जीवनमा के थियौं सम्झन सक्दैनौं | मानौं मैले सम्झन्छु कि म अघिल्लो जीवनमा राजा थिएँ र अहिले म कुकुर बनेको छु, तब यो कति पीडादायी हुन्छ | तसर्थ प्रकृतिको नियम अनुरुप हामीले बिर्सन्छौं | र मृत्यु भनेको यो विस्मृति |