NE/Prabhupada 1018 - सुरुवातमा हामीले राधा-कृष्णलाई लक्ष्मी-नारायणको स्तरमा आराधना गर्नुपर्छ



730408 - Lecture SB 01.14.44 - New York

प्रद्युम्न: अनुवाद: "अथवा तिमी सधै अपूर्ण जस्तै सधै समयमा रहन्छौ किनभने तिमीले कृष्ण जो सबै भन्दा मिल्ने साथी हुनुहुन्छ उहाँलाई बिर्सेको हुन सक्छौ? मेरा भाइल अर्जुन, तिमी उदास भएको अरु कारण मैले सोच्न सकिन |"

प्रभुपाद: कृष्ण अर्जुनको आत्मिय साथी हुनुहुन्छ | अर्जुन मात्रै होइन, सबै पाण्डवहरु | कृष्ण देखि दुर हुने बारे उनीहरुले बर्दाश पनि गर्न सक्दैनन् | यो कृष्ण भक्तको पहिचान हो | चैतन्य महाप्रभुले भन्नुभएको छ " कृष्णको लागि मसंग प्रेम छैन |" त्यो स्लोका, मैले अहिले बिर्से....न प्रेम​-गन्धो ऽस्ति (चै छ मध्ये २.४५). "तपाईसंग कृष्ण प्रति प्रेम छैन? तपाई सधै कृष्णको लागि रुनु हुन्छ, र त्यहि पनि तपाई भन्नुहुन्छ तपाईसंग कृष्णको लागि प्रम छैन भनेर?" "होइन, म देखाउनको लागि मात्रै रोइरहेको छु | वास्तवमा म कृष्णको भक्त होइन |" "किन?" किनभने यदी म कृष्णको भक्त भएको भए म कसरी उहाँ बिना जिउन सक्थे? म अझै मरेको छैन | त्यसको मतलब हो ममा कृष्णप्रेम छैन |" यो हो प्रेमको संकेत-कि प्रेमी बिना एक पल पनि बच्न सक्दैन प्रेमीको साथ बिना ऊ बाच्न सक्दैन | यो हो प्रेम को संकेत | यो प्रेम राधा र कृष्ण बीच मात्र मान्न सकिन्छ | अथवा गोपीहरु र कृष्ण बीच; नत्र होइन | हामीलाई वास्तवमा प्रेमको अर्थ थाहा छैन | चैतन्य महाप्रभुले भन्नुभए जस्तै, कि आश्लिष्य वा पाद​ऋअतां पिनष्टु माम् अदर्शनान् मर्म​-हतां करोतु वा यथा तथा वा विदधातु लम्पटो मत्-प्राण​-नाथस् तु स एव नापरः (चै च आन्त्य २०.४७, शिक्षाष्टक ८). युगयितम निमेषेण चक्षुषा प्रावृषायितम् शून्यायितं जगत् सर्वं गोविन्द​-विरहेण मे (चै च आन्त्य २०.३९, शिक्षाष्टक ७). गोविन्द-विरह | विरह भनेको विछोड हो | भनेको राधारानी... चैतन्य महाप्रभु श्रीमती राधारानीको भाव हुनुहुन्थ्यो | कृष्ण, जब आफैले आफैलाई बुझ्न सक्नुहुन्नथ्यो.... कृष्ण असीमित हुनुहुन्छ | उहाँ यति असीमित हुनुहुन्छ कि कृष्ण आफैले बुझ्न सक्नुहुन्न्न| यो हो असीमित भनेको | उहाँ आफैले आफ्नो असीमितत बुझ्न सक्नुहुन्न | त्यसैले चैतन्य महाप्रभुले श्रीमती राधारानीको परमानन्द अपनाउनु भयो र उहाँ हो चैतन्य महाप्रभु | त्यो चित्र निक्कै राम्रो थियो | कृष्णले जब राधारनिको प्रेम,परमानन्द अपनाउनु हुन्छ, त्यतिबेला उहाँ श्री चैतन्य महाप्रभुको रुपमा प्रकट हुनुहुन्छ | श्री-कृष्ण​-च्ऐतन्य राधा-कृष्ण नहे अन्य (श्री गुरु-परम्परा ६) | भगवान चैतन्य महाप्रभुलाइ पुजा गर्यो भने हामीले राधा र कृष्णलाई पुजा गरे सरह हुन्छ | राधा-कृष्णलाइ पुजा गर्न निक्कै कठिन छ | हामीले जुन राधा-कृष्णलाई पुजा गर्दैछौँ उहाँ नारायणको रुपमा हुनुहन्छ -लक्ष्मी-नारायण | पहिलो स्तरमा हामीले राधा-कृष्णलाई लक्ष्मी-नारायणलै पुजा गर्ने स्तरमा पुजन गर्नुपर्छ | हामीले डर र भक्ति दुबैले, निक्कै नियम प्रक्रिया पालन गरेर पुजा गर्नु पर्छ | होइन भने, राधा-कृष्णलै वृन्दावनमा, भक्तहरु, उनीहरु कृष्णलाई भगवानको रुपमा पुजा गर्दैनन् तर कृष्णलाई पुजा गर्छन् | यो अर्चना होइन - अर्चना भन्दा माथि | यो प्रेम हो | कुनै प्रेमीले प्रेम गरे झैं हो: यो भनेको अर्चना होइन | यो मनलागेअनुसारको, हृदयांको कार्य हो | यो वृन्दवंको स्तर हो | हामी वृन्दावनको जस्तो उच्चा तहमा न भए पनि, यदी हामीलाई कृष्णबाट बिमुख भएको आभास हुदैन भने. हामीले थाहा पाउनुपर्छ, हामी कृष्णको पुराना भक्त होइनौ | विरहको आभास चाहिन्छ |