NE/Prabhupada 0069 - म मर्नेछैन: Difference between revisions
(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0069 - in all Languages Category:NE-Quotes - 1977 Category:NE-Quotes - Co...") |
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version) |
||
Line 7: | Line 7: | ||
[[Category:NE-Quotes - in India, Vrndavana]] | [[Category:NE-Quotes - in India, Vrndavana]] | ||
<!-- END CATEGORY LIST --> | <!-- END CATEGORY LIST --> | ||
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE --> | |||
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0068 - सबैले काम गर्नुपर्छ|0068|NE/Prabhupada 0070 - राम्रो व्यवस्थापन गर|0070}} | |||
<!-- END NAVIGATION BAR --> | |||
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | <!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | ||
<div class="center"> | <div class="center"> | ||
Line 15: | Line 18: | ||
<!-- BEGIN VIDEO LINK --> | <!-- BEGIN VIDEO LINK --> | ||
{{youtube_right| | {{youtube_right|7NGaGCURlU8|म मर्नेछैन - Prabhupāda 0069}} | ||
<!-- END VIDEO LINK --> | <!-- END VIDEO LINK --> | ||
<!-- BEGIN AUDIO LINK --> | <!-- BEGIN AUDIO LINK --> | ||
<mp3player> | <mp3player>https://s3.amazonaws.com/vanipedia/clip/770527R2-VRNDAVAN_clip.mp3</mp3player> | ||
<!-- END AUDIO LINK --> | <!-- END AUDIO LINK --> | ||
Latest revision as of 19:35, 29 January 2021
Conversation Pieces -- May 27, 1977, Vrndavana
कीर्तनानन्द : यदि हजुर स्वस्थ रहनुभएन भने हामी खुसी रहन सक्दैनौं।
प्रभुपाद: मेरो स्वास्थ सदा राम्रो छ ।
कीर्तनानन्द : तपाई हामीलाई तपाईको बुढ्यौली दिन किन सक्नुहुन्न ?
प्रभुपाद: जब म सबै कुरा राम्रो चलिरहेको देख्छु , तब म खुसी हुन्छु । यो शरीरसँग के नै छ ? शरीर भनेको शरीर हो। हामी शरीर होइनौं ।
कीर्तनानन्द: के उनी पुरुदास थिए जसले आफ्नो यौवन आफ्नो पितालाई दिएका थिए ?
प्रभुपाद : हँ ?
रामेश्वर : ययाति। राजा ययातिले आफ्नो बुढ्यौलीको व्यापार गरेका थिए।
कीर्तनानन्द : आफ्नो छोरासँग। तपाई त्यसो गर्न सक्नुहुन्छ ।
प्रभुपाद: (हाँस्दै) को थिए ?
रामेश्वर : राजा ययाति।
प्रभुपाद : हो। ययाति। होइन, किन ? तिमीहरु मेरो शरीर होऊ | त्यसकारण तिमीहरु जीवित हुनुपर्छ । त्यसमा कुनै अन्तर छैन। जस्तै म काम गर्दैछु, मेरो गुरु महाराज त्यहाँ हुनुहुन्छ , भक्तिसिद्धान्त सरस्वती। शारीरिक रुपमा उहाँ उपस्थित हुनुहुन्न होला , तर प्रत्येक कार्यमा उहाँ हुनुहुन्छ। मलाई लाग्छ कि वास्तवमा मैले त्यो लेखेको छु ।
तमाल कृष्ण : हो, यो श्रीमद् भागवतममा छ, कि " जो उहाँको साथ रहन्छ , ऊ शाश्वत रुपमा बाँच्छ। जसले उहाँको शब्द नित्यरुपमा स्मरण गर्दछ, ऊ शाश्वत रुपमा बाँच्छ । "
प्रभुपाद: त्यसकारण म मर्नेवाला छैन। कीर्तिर यस्य जीवति: " जुन व्यक्तिले अत्यन्त महत्वपूर्ण कार्य गरेको छ , ऊ सदाको लागि बाँच्दछ। " ऊ मर्दैन। व्यावहारिक जीवनमा पनि..... अवश्य पनि, यो भौतिक हो , कर्म फल। आफ्नो कर्म अनुसार व्यक्तिले अर्को शरीर धारण गर्नुपर्दछ। तर भक्तको लागि त्यस्तो कुनै कुरा छैन | ऊ सदा कृष्णको सेवा गर्न शरीर धारण गर्दछ। त्यसकारण यसमा कुनै कर्म फल हुँदैन ।