NE/Prabhupada 0938 - येशु ख्रिस्टको कुनै गल्ति थिएन । भगवानको बारेमा प्रचार गर्नु नै उनको एकमात्र गल्ति थियो: Difference between revisions
(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Nepali Pages - 207 Live Videos Category:Prabhupada 0938 - in all Languages Category:...") |
(Vanibot #0005 edit: add new navigation bars (prev/next)) |
||
Line 9: | Line 9: | ||
[[Category:Nepali Language]] | [[Category:Nepali Language]] | ||
<!-- END CATEGORY LIST --> | <!-- END CATEGORY LIST --> | ||
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE --> | |||
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0937 - काग हाँसको स्थानमा जाँदैन । हाँस कागको स्थानमा जाँदैन|0937|NE/Prabhupada 0939 - चौसठ्ठी पटक विवाह गरेको पतिसँग कसैले पनि विवाह गर्नेछैन|0939}} | |||
<!-- END NAVIGATION BAR --> | |||
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | <!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | ||
<div class="center"> | <div class="center"> | ||
Line 21: | Line 24: | ||
<!-- BEGIN AUDIO LINK (from English page --> | <!-- BEGIN AUDIO LINK (from English page --> | ||
<mp3player> | <mp3player>https://s3.amazonaws.com/vanipedia/clip/730425SB-LOS_ANGELES_clip7.mp3</mp3player> | ||
<!-- END AUDIO LINK --> | <!-- END AUDIO LINK --> | ||
Latest revision as of 09:49, 21 September 2017
730425 - Lecture SB 01.08.33 - Los Angeles
प्रभुपाद: एउटा वर्गका मानिसहरु छन् जसलाई असुर भनिन्छ | तिनीहरु सुर-द्विषाम् | तिनीहरु सधैं भक्तप्रति ईर्ष्या गर्छन् | तिनीहरुलाई राक्षस भनिन्छ | जस्तै प्रह्लाद महाराज र उनका पिता हिरण्यकशिपु | हिरण्यकशिपु प्रह्लाद महाराजको पिता थियो तर प्रह्लाद महाराज भक्त भएको कारण ऊ इर्ष्यालु भयो | राक्षसहरुको प्रकृति यस्तो हुन्छ | यति इर्ष्यालु कि ऊ आफ्नो पुत्रलाई मार्न पनि तयार थियो | एकमात्र गल्ति भनेको ती बालकले हरे कृष्ण जप्दै थिए | त्यो उनको गल्ति थियो | पिताले सहन सकेन....... तसर्थ तिनीहरुलाई सुर-द्विषाम् भनिन्छ, सधैं भक्तहरुको इर्ष्या गर्ने | राक्षस भनेको सधैं भक्तहरुको ईर्ष्या गर्ने | यो भौतिक जगत यति बेकार स्थान हो कि...... तिमीसँग धेरै राम्रो उदाहरण छ | जस्तै येशु ख्रिस्ट | उनको गल्ति के थियो ? तर सुर-द्विषाम्, इर्ष्यालु मानिसहरुले उनलाई मारे | र यदि हामीले येशु ख्रिस्टको विश्लेषण गर्छौं भने उनको कुनै गल्ति थिएन | एकमात्र गल्ति भनेको उनले भगवानको बारेमा प्रचार गर्दै थिए | तर उनले धेरै शत्रु पाए | उनलाई निर्ममतापूर्वक सुलीमा चढाइएको थियो | तिमीले सधैं यस्तो पाउनेछौ, सुर-द्विषाम् | कृष्ण यी सबै सुर-द्विषामलाई मार्न आउनुहुन्छ | तसर्थ वधाय च सुर-द्विषाम् | यी इर्ष्यालु मानिसहरु मारिन्छन् | तर यो मार्ने प्रक्रिया कृष्णको अनुपस्थितिमा पनि हुन सक्छ | किनकि धेरै प्राकृतिक शक्ति, युद्ध, महामारी, भोकमरीजस्ता माध्यम छन् | जे पनि | केवल कार्यरत हुनुपर्छ | लाखौं मानिसहरु मर्छन् | यी धुर्तहरुलाई मार्न कृष्णलाई यहाँ आउन आवश्यक छैन | तिनीहरुलाई केवल कृष्णको निर्देशनमा प्रकृतिको नियमद्वारा मार्न सकिन्छ | प्रकृतेः क्रियमाणानि गुणैः कर्माणि सर्वशः (भ गी ३|२७) | सृष्टि-स्थिति-प्रलय-साधन-शक्तिर् एका (ब्र स ५|४४) | प्रकृतिसँग यति शक्ति छ कि यिनले सिर्जना गर्न सक्छिन्, यिनले पालन गर्न सक्छिन्, यिनले विनाश गर्न सक्छिन्, सबै गर्न सक्छिन् | प्रकृति धेरै शक्तिशाली छिन् | सृष्टि-स्थिति-प्रलय | सृष्टि भनेको सिर्जना, स्थिति भनेको पालन र प्रलय भनेको विनाश | प्रकृतिले यी तीन कार्य गर्न सक्छिन् | जस्तै यो भौतिक सृष्टि प्राकृतिक छ | यसको पालन हुँदैछ | प्रकृतिको कृपाले हामीले सूर्यको प्रकास प्राप्त गर्दैछौं, हामीले हावा प्राप्त गर्दैछौं, हामीले वर्षा प्राप्त गर्दैछौं र आफ्नो भोजन उमार्दैछौँ, राम्ररी खाँदैछौं, राम्ररी बढ्दैछौं | यो पालन पनि प्रकृतिले गर्दैछिन् | तर कुनै पनि समयमा सबै कुरा एउटा बलवान हुरीले समाप्त हुन सक्छ | प्रकृति यति शक्तिशाली छिन् | त्यसैले यी दानवहरुलाइ मार्न प्रकृति पहिल्यै छिन् | अवश्य पनि, प्रकृति कृष्णको निर्देशन अन्तर्गत कार्यरत छिन् | मयाध्यक्षेण प्रकृतिः सूयते स-चराचरम् (भ गी ९|१०) | यदि कृष्णले यी दानवहरु मर्नुपर्छ भन्नुहुन्छ भने प्रकृतिको एक चुट्कीले एउटा बलवान हुरीले लाखौंलाई मार्न सक्छ | त्यो प्रयोजनको लागि कृष्ण आउनुहुन्न | तर यहाँ भनिए अनुसार कृष्ण आउनुको कारण याचित | कृष्ण वसुदेव र देवकी जस्ता भक्तको अनुरोधको कारण आउनुहुन्छ | त्यो उहाँको अवतरणको कारण हो | र उही समयमा यहाँ आउँदा उहाँले यो पनि देखाउनुहुन्छ कि "जो मप्रति ईर्ष्या राख्छ, म तिनीहरुलाई मार्छु |" अवश्य पनि, उहाँले मार्नु र पालन गर्नु उही कुरा हो | उहाँ परम हुनुहुन्छ | कृष्णले जसलाई मार्नुहुन्छ, उसले तत्काल मुक्ति प्राप्त गर्छ, जुन कुरा प्राप्त गर्न लाखौं वर्ष लाग्छ | मानिस भन्ने गर्छन् कि कृष्ण यो प्रयोजन वा त्यो प्रयोजनको लागि आउनुहुन्छ तर वास्तवमा कृष्ण भक्तको लाभको निमित्त आउनुहुन्छ, क्षेमाय | क्षेमायको अर्थ के हो ? पालनको निमित्त ? भक्त: "कल्याणको निमित्त |" प्रभुपाद: कल्याणको निमित्त | भक्तहरुको कल्याणको निमित्त | उहाँले सधैं भक्तको कल्याण देख्न चाहनुहुन्छ | तसर्थ कुन्तीको यस उपदेश अनुसार हामीले सधैं भक्त बन्ने प्रयास गर्नुपर्छ | तब हामीमा सम्पूर्ण राम्रा गुणहरु आउनेछन् | यस्यास्ति भक्तिर् भगवत्य् अकिञ्चना सर्वैर् गुणैस् तत्र समासते सुराः (श्री भा ५|१८|१२) | यदि तिमीले केवल आफ्नो प्राकृतिक भक्ति विकास गर्छौ...... हामीसँग प्राकृतिक रुपमा भक्ति छ | जस्तै पिता र पुत्रबीच प्राकृतिक स्नेह हुन्छ | माता-पिताप्रति पुत्रको प्राकृतिक भक्ति हुन्छ | त्यसैगरी, हामीसँग पनि आफ्नो प्राकृतिक भक्ति छ | जब हामी वास्तवमा खतरामा हुन्छौं, तब वैज्ञानिकहरु पनि भगवानलाई प्रार्थना गर्छन् | तर जब तिनीहरु खतरामा हुँदैनन्, तब तिनीहरु भगवानलाई नकार्छन् | तसर्थ यी धुर्तहरुलाई भगवानको अस्तित्व प्रमाणित गर्न खतरा पनि हुनुपर्छ | त्यो प्राकृतिक हो | जीवेर स्वरूप हय नित्य-कृष्ण-दास (चै च मध्य २०|१०८-१०९) | यो हाम्रो प्राकृतिक...... कृत्रिम रुपमा हामी भगवानलाई नकार्न प्रयासरत छौं | "भगवान मृत हुनुहुन्छ, भगवान हुनुहुँदैन, म भगवान हुँ, यो भगवान, त्यो भगवान |" यो धुर्तता हामीले त्याग्नुपर्छ | तब हामीले कृष्णबाट सुरक्षा प्राप्त गर्न सक्नेछौं |
धेरै, धेरै धन्यवाद |
भक्तहरु: जय प्रभुपाद, हरिबोल !