NE/Prabhupada 0937 - काग हाँसको स्थानमा जाँदैन । हाँस कागको स्थानमा जाँदैन



730425 - Lecture SB 01.08.33 - Los Angeles


पशुहरुमा पनि विभाजन हुन्छ | हाँस वर्ग र काग वर्ग | प्राकृतिक विभाजन | काग हाँसको स्थानमा जाँदैन | हाँस कागको स्थानमा जाँदैन | त्यसैगरी, मानव समाजमा काग वर्गका मानिस र हाँस वर्गका मानिस हुन्छन् | हाँस वर्गका मानिसहरु यहाँ आउनेछन् किनकि यहाँ सबै कुरा स्पष्ट एवं राम्रो छ | राम्रो दर्शन, राम्रो भोजन, राम्रो शिक्षा, राम्रो वस्त्र, राम्रो मन, सबै कुरा राम्रो | र काग वर्गका मानिसहरु फलानो-फलानो क्लबमा जान्छन्, फलानो-फलानो समारोहमा जान्छन्, नग्न नृत्यमा जान्छन्, धेरै कुराहरु | तिमी बुझ्छौ ? यस कृष्ण भावनामृत अभियान हाँस वर्गको मानिसहरुको निमित्त हो | काग वर्गका मानिसको निमित्त होइन | तर हामीले कागहरुलाई हाँसमा परिणत गर्न सक्छौं | यो हाम्रो सिद्धान्त हो | जो काग थियो, ऊ अहिले हाँसजस्तै भएको छ | त्यो हामीले गर्न सक्छौं | कृष्ण भावनाको लाभ यहि छ | जब हाँसहरु काग बन्छन्, त्यो भौतिक जगत हो | कृष्णले भन्नुहुन्छ: यदा यदा हि धर्मस्य ग्लानिर् भवति (भ गी ४|७) | जीव यस भौतिक शरीरमा बद्ध छ र ऊ इन्द्रियतृप्तिको प्रयास गर्दैछ, एउटा शरीरपछि अर्कोमा, एउटा शरीरपछि अर्कोमा, एउटा शरीरपछि अर्कोमा | यो स्थिति छ | र धर्म भनेको क्रमिक रुपमा कागहरुलाई हाँस बनाउने | त्यो धर्म हो | जस्तै एउटा मानिस धेरै अशिक्षित तथाअसभ्य हुन सक्छ तर उसलाई शिक्षित एवं सभ्य मानिसमा परिणत गर्न सकिन्छ | शिक्षाद्वारा, अभ्यासद्वारा | त्यो सम्भावना मानव जीवनमा हुन्छ | मैले एउटा कुकुरलाई भक्त बन्ने तालिम दिन सक्दिनँ | त्यो कठिन हुन्छ | यो पनि गर्न सकिन्छ | तर म त्यति शक्तिशाली छैन | चैतन्य महाप्रभुले गर्नुभएको थियो | जब उहाँ झारिखण्ड​को जङ्गलबाट जाँदै हुनुहुन्थ्यो, तब बाघ, सर्पो, मृग, सबै पशुहरु भक्त बने | त्यो चैतन्य महाप्रभुको लागि सम्भव थियो.... किनकि उहाँ स्वयं भगवान हुनुहुन्छ | उहाँले जे पनि गर्न सक्नुहुन्छ | हामीले त्यस्तो गर्न सक्दैनौं | तर हामीले मानव समाजमा गर्न सक्छौं | यो मतलब हुँदैन कि मानिस कति पतित छ | यदि उसले हाम्रो निर्देशन पालन गर्छ भने ऊ परिणत हुन सक्छ | त्यसलाई धर्म भनिन्छ | धर्म भनेको मानिसलाई आफ्नो वास्तविक अवस्थामा ल्याउनु | त्यो धर्म हो | त्यसको धेरै स्तर हुन सक्छन् | तर वास्तविक स्थिति भनेको हामी भगवानका अंश हौँ, र जब हामीले बुझ्छौं कि हामी भगवानका अंश हौँ, त्यो हाम्रो जीवनको वास्तविक स्थिति हो | त्यसलाई ब्रह्म-भूत (श्री भा ४|३०|२०) स्तर भनिन्छ, अर्थात् आफ्नो ब्रह्मनुभुति बुझ्नु | त्यसैले कृष्ण आउनुहुन्छ........ यो व्याख्या.... जस्तै कुन्तीले भन्छिन् कि: अपरे वसुदेवस्य देवक्यां याचितो ऽभ्यगात् (श्री भा १|८|३३) | वसुदेव र देवकीले भगवानलाई प्रार्थना गरे कि: "हामी हजुर समान पुत्र चाहन्छौं | त्यो हाम्रो इच्छा हो |" उनीहरु विवाहित भए पनि उनीहरुले कुनै सन्तान जन्माएका थिएनन् | उनीहरु कठिन तपस्यामा संग्लग्न भए | कृष्ण उनीहरु अगाडी प्रकट आउनुभयो: "तिमीहरु के चाहन्छौ ?" "अब हामी हजुर समान पुत्र चाहन्छौं |" तसर्थ यहाँ भनिएको छ: वसुदेवस्य देवक्यां याचितः | याचितः | "प्रभु, हामी हजुर समान पुत्र चाहन्छौं |" अब अर्को भगवानको सम्भावना कहाँ छ ? कृष्ण भगवान हुनुहुन्छ | भगवान दुई हुन सक्नुहुन्न | भगवान एक हुनुहुन्छ | त्यसैले वसुदेव र देवकीको पुत्र बन्न अर्को भगवान कहाँ हुने ? तसर्थ भगवान सहमत हुनुभयो कि "अर्को भगवान भेतौना सम्भव छैन | म तिमीहरुको पुत्र बन्नेछु |" मानिसहरु भन्छन् कि वसुदेव र देवकीले कृष्णलाई आफ्नो पुत्रको रुपमा चाहेको कारण उहाँ आउनुभयो | केचित् | कसैले भन्छ | वसुदेवस्य देवक्यां याचितः | अनुरोध गरिएको कारण, प्रार्थना गरिएको कारण, अभ्यगात्, उहाँ आउनुभयो | अजस् त्वम् अस्य क्षेमाय वधाय च सुर​-द्विषाम् | मैले भनेजस्तै कुरा अरुले भन्छन् | परित्राणाय साधूनां विनाशाय च दुष्कृताम् (भ गी ४|८) | वास्तवमा कृष्ण आफ्ना भक्तलाई सन्तुष्ट पार्न आउनुहुन्छ | जस्तै उहाँ आफ्ना भक्त, वसुदेव र देवकीलाई सन्तुष्ट पार्न आउनुभयो | तर जब उहाँ आउनुहुन्छ, तब उहाँले अरु कार्य पनि सम्पन्न गर्नुहुन्छ | त्यो के हो ? वधाय च सुर​-द्विषाम् | वधाय भनेको मार्नु | सुर​-द्विषाम् |