NE/Prabhupada 0984 - हिन्दुसँग एउटा भगवान् हुनुहुन्छ र इशाईसँग अर्को । होइन । भगवान् दुईवटा हुनुहुन्न: Difference between revisions
(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Nepali Pages - 207 Live Videos Category:Prabhupada 0984 - in all Languages Category:...") |
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version) |
||
Line 9: | Line 9: | ||
[[Category:Nepali Language]] | [[Category:Nepali Language]] | ||
<!-- END CATEGORY LIST --> | <!-- END CATEGORY LIST --> | ||
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE --> | |||
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0983 - भौतिकवादी मानिसहरुले आफ्ना इन्द्रियहरु नियन्त्रण गर्न सक्दैनन्|0983|NE/Prabhupada 0985 - मानव जीवन विशेषगरी परमसत्यको बारेमा जिज्ञासा गर्नको लागि हो|0985}} | |||
<!-- END NAVIGATION BAR --> | |||
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | <!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | ||
<div class="center"> | <div class="center"> | ||
Line 17: | Line 20: | ||
<!-- BEGIN VIDEO LINK --> | <!-- BEGIN VIDEO LINK --> | ||
{{youtube_right| | {{youtube_right|J14dMEknFBE|हिन्दुसँग एउटा भगवान् हुनुहुन्छ र इशाईसँग अर्को । होइन । भगवान् दुईवटा हुनुहुन्न -<br> Prabhupāda 0984}} | ||
<!-- END VIDEO LINK --> | <!-- END VIDEO LINK --> | ||
<!-- BEGIN AUDIO LINK --> | <!-- BEGIN AUDIO LINK --> | ||
<mp3player> | <mp3player>https://s3.amazonaws.com/vanipedia/clip/720905S2-NEW_VRINDABAN_clip1.mp3</mp3player> | ||
<!-- END AUDIO LINK --> | <!-- END AUDIO LINK --> | ||
Latest revision as of 21:47, 29 January 2021
720905 - Lecture SB 01.02.07 - New Vrindaban, USA
हिजो हामी छलफल गर्दै थियौं, प्रथम-श्रेणीको धार्मिक विधि के हो | स वै पुंसां परो धर्मः यतो भक्तिर् अधोक्षजे (श्री भा १|२|७) | मानिसहरु युद्ध गर्न धेरै उत्सुक छन्, "मेरो धर्म राम्रो छ |" "म हिन्दु हुँ | हाम्रो धर्म धेरै राम्रो छ |" कसैले भन्छ, "होइन, हामी इशाई हौँ, हामी.... हाम्रो धर्म धेरै राम्रो छ |" कोहि मुहम्मदन, युद्ध जारि छ | युरोपेली इतिहासमा धार्मिक समुहबीच युद्ध भएको उल्लेख छ | हाम्रो देशमा, भारतमा, हिन्दु र मुस्लिमबीच युद्ध भएको थियो | यो युद्धको अर्थ के हो ? वास्तवमा जब कोहि भागवत चेतनामा अवस्थित हुन्छ, उसलाई भगवानको बारेमा थाहा हुन्छ, तब युद्धको मौका कहाँ रहन्छ ? यस्य देवे परा..... किनकि एक मानिस..... यदि कोहि वास्तवमा भागवत चेतनामा अवस्थित छ भने यस्यास्ति भक्तिर् भगवत्य् अकिञ्चना (श्री भा ५|१८|१२) | वैदिक साहित्यमा हामीले कंकारी पाउँछौं कि यदि कोहि वास्तवमा भगवानको भक्त छ..... भगवान एक हुनुहुन्छ, भगवान दुई हुनुहुँदैन | यो होइन कि हिन्दुहरुसँग एउटा भगवान हुनुहुन्छ र इशाईहरुसँग अर्को | होइन | भगवान दुई हुनुहुँदैन | भगवानहरुको प्रतिस्पर्धा हुन सक्दैन | "म भगवान हुँ |" जस्तै आजकल यो फेसन बनेको छ, धेरै भगवनहरु, धुर्तहरु भन्दैछन्, "म भगवान हुँ |" उसले भन्छ "म भगवान हुँ," अर्कोले भन्छ "म भगवान हुँ," अर्कोले भन्छ "म भगवान हुँ |" कतिवटा भगवानहरु छन् ? होइन, भगवान एक हुनुहुन्छ, एको ब्रह्म द्वितीय नास्ति, त्यो वैदिक उपदेश हो | जस्तै सूर्य | सूर्य एक छन् | हाम्रो व्यवहारिक उदाहरणबाट | तिमीले भन्न सक्दैनौ कि "यो अमेरिकी सूर्य हो" र "यो भारतीय सूर्य हो" वा "यो अफ्रिकी सूर्य हो |" सूर्य एक छन् | यदि भगवानको एउटा सृष्टि एक हुन्छन् र यो यति धेरै शक्तिशाली हुन्छ....... सूर्य पनि भगवानको एउटा सृष्टि हो | लाखौं सूर्यहरु छन् | हामीले एउटामात्र देख्छौं | यदि भगवानद्वारा सिर्जित एउटा सूर्यले यति धेरै कार्य गर्न सक्छ, यति धेरै ताप र प्रकाश वितरण गर्न सक्छ भने कल्पना गर कि सूर्यको सृष्टिकर्ता कति शक्तिशाली हुनुहुन्छ होला | यो व्यवहारिक बुद्धि हो | हामीले भगवद गीताबाट जानकारी प्राप्त गर्छौं..... (सँगै:) रूपानुग तिमी यहाँ आउ |" अहं सर्वस्य प्रभवः मत्तः सर्वं प्रवर्तते इति मत्वा भजन्ते मां बुधा भाव-समन्विताः (भ गी १०|८) | अहं सर्वस्य प्रभवः | हामीले जे देख्छौं, जे अस्तित्वमा छन्, तिनीहरु सबै भगवानबाट उत्पन्न भएका हुन् | यो वेदान्त सूत्रको पनि बयान हो | सजिलो | यदि तिमी भगवान के हुनुहुन्छ थाहा पाउने इच्छा छ भने वेदान्त-सूत्रले हामीलाई दुई सरल शब्दमा जानकारी दिन्छ: "भगवान वा परमसत्य ती हुनुहुन्छ जो सबै कुराको स्रोत हुनुहुन्छ |" जन्माद्य् अस्य यतः (श्री भा १|१|१) | ती मूल स्रोत जसबाट सबै कुरा आउँदैछ, उहाँ भगवान हुनुहुन्छ | धेरै सरल व्याख्या | जसले पनि बुझ्न सक्छ | यदि तिमीले पत्ता लगाउँछौ......... त्यो हाम्रो जिज्ञासा....... दर्शन भनेको जिज्ञासा गर्ने | अथातो ब्रह्म जिज्ञासा- जिज्ञासा गर्नु |