NE/Prabhupada 0829 - चार पर्खालहरुले तिम्रो कीर्तन सुन्नेछन् । त्यहि नै पर्याप्त छ । निराश नबन: Difference between revisions
(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0829 - in all Languages Category:NE-Quotes - 1972 Category:NE-Quotes - Le...") |
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version) |
||
Line 7: | Line 7: | ||
[[Category:NE-Quotes - in India, Vrndavana]] | [[Category:NE-Quotes - in India, Vrndavana]] | ||
<!-- END CATEGORY LIST --> | <!-- END CATEGORY LIST --> | ||
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE --> | |||
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0828 - आफ्नो अधीनमा रहेका व्यक्तिहरुको संरक्षण गर्ने व्यक्तिलाई गुरु भनिन्छ|0828|NE/Prabhupada 0830 - यो वैष्णव दर्शन हो । हामी दास बन्ने प्रयास गरिरहेका छौं|0830}} | |||
<!-- END NAVIGATION BAR --> | |||
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | <!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | ||
<div class="center"> | <div class="center"> | ||
Line 15: | Line 18: | ||
<!-- BEGIN VIDEO LINK --> | <!-- BEGIN VIDEO LINK --> | ||
{{youtube_right| | {{youtube_right|FRKzZej5YGs|चार पर्खालहरुले तिम्रो कीर्तन सुन्नेछन् । त्यहि नै पर्याप्त छ । निराश नबन<br/> - Prabhupāda 0829}} | ||
<!-- END VIDEO LINK --> | <!-- END VIDEO LINK --> | ||
<!-- BEGIN AUDIO LINK (from English page --> | <!-- BEGIN AUDIO LINK (from English page --> | ||
<mp3player> | <mp3player>https://s3.amazonaws.com/vanipedia/clip/721107ND-VRNDAVANA_clip1.mp3</mp3player> | ||
<!-- END AUDIO LINK --> | <!-- END AUDIO LINK --> | ||
Latest revision as of 21:36, 29 January 2021
The Nectar of Devotion -- Vrndavana, November 7, 1972
प्रद्युम्नः “श्रील रूप गोस्वामीले कल्याणको एउटा परिभाषा दिनुभएको छ । उहाँ भन्नुहुन्छ कि वास्तविक कल्याण भनेको विश्वभरीका सम्पूर्ण जनताहरूको कल्याण हुने गतिविधिहरू हुन् ।
प्रभुपादः हो । जस्तै, यो कृष्णभावनामभृत अभियानः यो विश्वभरीका सम्पूर्ण मानिसहरूका लागि कल्याणकारी छ । यो कुनै साम्प्रदायिक अभियान होइन र यो केवल मनुष्यका लागि मात्र होइन, यो अभियान त पशुपक्षी तथा रुखहरू सबैका लागि हो । श्रीचैतन्य महाप्रभुसँग हरिदास ठाकुरले यसको बारेमा बहस गर्नुभएको थियो । त्यो बहसमा हरिदास ठाकुरले भन्नुभयो कि उच्च स्वरमा हरे कृष्ण महामन्त्रको जप गर्दा, रुख–बिरुवा र पशुपक्षीहरू सबैको कल्याण हुन्छ । यो नामाचार्य श्रील हरिदास ठाकुरको वाणी हो । जब हामी उच्च स्वरले हरे कृष्ण महामन्त्रको उच्चारण गर्दछौँ, यो सबैका लागि कल्याणकारी हुन्छ । यो भनाईलाई मेलबर्नस्थित अदालतमा प्रस्तुत गरिएको थियो । अदालतले सोधपुछ ग¥यो “तिमीहरू किन सडकमा उच्च स्वरले हरे कृष्ण मन्त्रको कीर्तन गर्दछौ ?” हामीले दिएको उत्तर यस्तो थियो “सम्पूर्ण जनताहरूको कल्याण गर्नका लागि ।” वास्तवमा यो सत्य हो । निश्चय नै, अहिले त्यहाँ राज्यले पनि कुनै अवरोध पु¥याएको छैन । हामी अत्यन्त स्वच्छन्दतापूर्वक सडकमा कीर्तन गरिरहेका छौँ । यसैबाट हाम्रो कल्याण हुन्छ । यदि हामी हरे कृष्ण मन्त्र उच्चारण गर्दछौँ भने यसले मनुष्यको मात्र होइन, सबैको कल्याण गर्दछ । मेरा गुरु महाराज भन्ने गर्नुहुन्थ्यो, यदि कुनै भक्तले गुनासो ग¥यो “हामी सडकमा गयौँ र कीर्तन ग¥यौँ तर कोही पनि आएनन्,” भने गुरु महाराज जवाफ दिनुहुन्थ्यो, “किन ? चार पर्खालहरूले तिमीहरूको कीर्तन सुन्नेछन् । त्यही नै पर्याप्त छ । निराश नबन । कीर्तन गर्न नछोड । यदि चार भित्ता छन् भने तिनीहरूले सुन्नेछन् । यत्ति हो ।” त्यसकारण, कीर्तन यति धेरै प्रभावकारी छ कि यसले पशु, पक्षी, कीरा–फट्यांग्रा सबैको कल्याण गर्दछ । कीर्तन गर्न नछोड । यही नै सर्वश्रेष्ठ कल्याणकारी कर्म हो । मानव समाजमा समुदाय, राष्ट्र अथवा मनुष्यको कल्याणका लागि विभिन्न गतिविधिहरू हुने गर्दछन् । तर यो कल्याणकारी कार्य (कीर्तन) केवल मानव समाजका लागि मात्र कल्याणकारी होइन कि पशु, पक्षी, वृक्ष इत्यादि सबैका लागि कल्याणकारी छ । यही नै संसारको सबैभन्दा श्रेष्ठ कल्याणकारी क्रियाकलाप होः कृष्णभावनामृतको प्रचार गर्नु ।