NE/Prabhupada 0218 - गुरुले आँखा खोलिदिनुहुन्छ

Revision as of 19:59, 29 January 2021 by Vanibot (talk | contribs) (Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Lecture on SB 6.1.55 -- London, August 13, 1975

हामी जीवहरु, हामी कृष्णका अंश हौँ | जस्तै आगो र आगोको अंश, झिल्को, हाम्रो स्थिति त्यस्तै छ | वा सूर्य र चहकिलो तत्त्वका सानो कण मिलेर सूर्य-प्रकाश बन्छ | हामीले दैनिक देख्ने सूर्य-प्रकाश सजातीय मिसावट होइन | त्यहाँ परमाणु छन्, धेरै साना, चम्किला कण | हामी त्यस्तै छौं, धेरै साना...... जसरी अणु हुन्छन्, भौतिक अणु-कसैले गन्न सक्दैन-त्यसैगरी, हामी भगवानका अंश हौँ | हामी कति छौं, कुनै गणना छैनन् | असंख्या | असंख्या भनेको हामी गन्न सक्दैनौं | धेरै जीवहरु | हामी धेरै साना कण हौँ र हामी यस भौतिक जगतमा आएका छौं | जसतै, विशेषगरी युरोपेलीहरु अरु देशमा उपनिवेश स्थापना गर्न जान्छन्, भौतिक श्रोतलाई आफ्नो इन्द्रियतृप्तिको निमित्त प्रयोग गर्नको लागि | अमेरिका पत्ता लागेको थियो, र युरोपेलीहरु त्यहाँ गए | विचार त्यहाँ जाने थियो र..... अहिले तिनीहरु चन्द्रमामा केहि सुविधा छ कि भनेर खोज्दैछन्, त्यहाँ जाने प्रयास गर्दैछन् | यो बद्ध जीवको झुकाव हो | तिनीहरु यस भौतिक जगतमा आएका छन् | कृष्ण भुलिय जीव भोग वाञ्छा करे | अर्थात् पुरुष भोक्ता हो | भोक्ता | कृष्ण वास्तविक भोक्ता हुनुहुन्छ | भोक्तारं यज्ञ​-तपसाम् (भगी ५।२९) | हामी कृष्णको अनुकरण गर्दैछौं | त्यो हाम्रो अवस्था हो | सबजना कृष्ण बन्न प्रयासरत छन् | यद्यपि मायावादिहरु तपस्या गर्छन्- धेरै कडा रुपमा तिनीहरु आध्यात्मिक जीवनको सिद्धान्त पालन गर्छन् - तर तिनीहरु मायामा भएको कारण अन्त्यमा तिनीहरु सोच्छन् कि "म भगवान् हुँ, पुरुष," उही रोग, पुरुष | पुरुष भनेको भोक्ता | "म कृष्ण हुँ....." भोक्तारं यज्ञ​..... र तपस्या, नियम पालनद्वारा त्यति धेरै विकास गरेपछि पनि, माया यति बलियो छिन् कि तब पनि ऊ यो प्रभावमा हुन्छ कि "म पुरुष हुँ |"

साधारण पुरुष होइन, तर परम पुरुष, जसरी भगवद्-गीतामा कृष्णको विवरण दिइएको छ | परं ब्रह्म परं धाम पवित्रं परमं भवान्, पुरुषम् शाश्वत​: (भ गी १०।१२) "हजुर पुरुष हुनुहुन्छ |" माया यति बलियो छिन् कि यति धेरै जीवनसम्म लात खाएपछि पनि, जन्म-जन्मान्तरपछि, उसले सोच्दैछ कि "म पुरुष हुँ | म भोक्ता हुँ |" यो रोग हो | तसर्थ यहाँ भनिएको छ कि एष प्रकृति-सङ्गेन पुरुषस्य विपर्ययः | उसको भौतिक जीवन यो धारणाबाट सुरु भयो कि "म पुरुष हुँ | म भोक्ता हुँ |" र उसले "म भोक्ता हुँ" भन्ने विचार त्याग्न नसकेको कारण, जन्म-जन्मान्तर ऊ विपर्ययः हुन्छ, उल्टो परिस्थितिमा हुन्छ | उल्टो परिस्थिति भनेको..... जीव भगवानको अंश हो र भगवान् सच्-चिद्-आनन्द​-विग्रहः (ब्र स ५|१) हुनुभएको कारण हामी पनि सच्-चिद्-आनन्द​-विग्रहः हौँ, सानो सच्-चिद्-आनन्द​-विग्रहः, तर हाम्रो स्थिति प्रकृति हो, पुरुष होइन | दुवै...... जस्तै राधा र कृष्ण, उहाँहरुको गुण समान हुन्छ | राधा-कृष्ण प्रणय​-विकृतिर् ह्लादिनी-शक्तिर् अस्मात् | उहाँहरु एक हुनुहुन्छ, तर पनि, राधा प्रकृति हुनुहुन्छ र कृष्ण पुरुष हुनुहुन्छ | त्यसैगरी, हामी कृष्णको अंश भए तापनि हामी प्रकृति हौँ र कृष्ण पुरुष हुनुहुन्छ | त्यसैले जब हामी झुटो तरिकाले पुरुष बन्न चाहन्छौं, तब यसलाई माया वा विपर्ययः भनिन्छ | त्यो यहाँ वर्णित छ | एवं प्रकृति-सङ्गेन पुरुषस्य विपर्ययः | विपर्ययः भनेको उसले वास्तवमा पुरुषसँग आनन्द लिनुपर्ने हो | जब पुरुष र प्रकृति, पुरुष र महिला, आनन्द लिन्छन्, , तिनीहरुले उही आनन्द प्राप्त गर्छन्, तर एउटा पुरुष हो; एउटी प्रकृति हो | त्यसैगरी, कृष्ण पुरुष हुनुहुन्छ र हामी प्रकृति हौँ | यदि हामी कृष्णसँग भोग गर्छौं भने आनन्द, सच्-चिद्-आनन्द​ हुन्छ | त्यो हामीले बिर्सिएका छौं | हामी पुरुष हुन चाहन्छौं | कुनै कारणवश, यो परिस्थिति विद्यमान छ, पुरुष, भोक्ता बन्ने गलत अवधारणा | तब नतिजा के हुन्छ ? नतिजा यो हुन्छ कि हामी जन्म-जन्मान्तर भोक्ता बन्न प्रयासरत छौं, तर हामी भोक्ता होइनौं | हामी केवल भोक्ता बन्न संघर्ष गर्दैछौं | यो हाम्रो स्थिति हो | तिमीले यो संघर्ष रोकेर आफ्नो मौलिक स्थितिमा कसरी आउन सक्छौ ? त्यो यहाँ वर्णित छ | स एव न चिराद् ईश​-सङ्गाद् विलीयते | यो जीवनको गलत अवधारणा कि "म पुरुष हुँ," यसलाई पूर्णत: हटाउन सकिन्छ | कसरी ? ईश​-सङ्ग​, भगवानसँगको सङ्गले, ईश | ईश भनेको परम नियन्त्रक | ईश-सङ्ग | "कहाँ हुनुहुन्छ ईश ? मैले ईशलाई देख्न सक्दिनँ | मैले देख्न सक्दिनँ...... कृष्ण पनि ईश हुनुहुन्छ, परम, तर मैले उहाँलाई देख्न सक्दिनँ |" कृष्ण यहाँ हुनुहुन्छ | तिमी अन्धो छौ | तिमीले उहाँलाई किन देख्दैनौ ? तिमी देख्न सक्दैनौ | त्यसैले तिमीले आफ्नो आँखा खोल्नुपर्छ, बन्द गर्ने होइन | त्यो गुरुको कर्तव्य हो | गुरुले आँखा खोलिदिनुहुन्छ |

अज्ञान -तिमिरान्धस्य ज्ञानाञ्जन​-शलाकया
चक्षुर् उन्मीलितं येन तस्मै श्री-गुरवे नमः
(गौतमीय तन्त्र​)

कसरी कृष्णले आँखा खोलिदिनुहुन्छ ? ज्ञानाञ्जन​-शलाकयाबाट | जस्तै हामीले अन्धकारमा केहि देख्न सक्दैनौं | तर यदि त्यहाँ सलाई वा मैनबत्ती हुन्छ, यदि मैनबत्ती बालिन्छ भने हामीले देख्न सक्छौं | त्यसैगरी, गुरुको कर्तव्य भनेको आँखा खोलिदिनु हो | आखाँ खोलिदिनु भनेको उसलाई ज्ञान दिनु कि "तिमी पुरुष होइनौ | तिमी प्रकृति हौ | आफ्नो विचार परिवर्तन गर |" त्यो कृष्ण भावना हो |