NE/Prabhupada 0356 - हामी मनोमानी ढंगमा कार्यरत छैनौं, हामीले शास्त्रबाट आधिकारिक संस्करण ग्रहण गरेका छौं
Lecture at World Health Organization -- Geneva, June 6, 1974
प्रभुपाद : यो सरकारको कर्तव्य हो कि कोहि पनि बेरोजगार नहोस् | त्यो राम्रो सरकार हो | कोहीपनि बेरोजगार नहुनु | त्यो वैदिक प्रणाली | यो समाज चार विभागमा विवाजित छ : ब्राह्मण, क्षत्रिय, वैस्य, शूद्र | र सरकारको दायित्व ब्राह्मणले आफ्नो कार्य गर्दै छ कि छैन, त्यसै गरि छेत्रीयले आफ्नो कार्य, छेत्रीय, उसको कार्य छेत्रीयको कार्य हुन्छ | त्यसरी नै, वैस्य..ले आफ्ना काम गर्दै छन् कि छैनन् भनेर अवलोकन गर्नुहुन्थ्यो | त, यो सरकारको दायित्व हुन्थ्यो कि कोहीपनि मानिस बेरोजगार नहुन | तब प्रस्नको समाधान हुन्थ्यो |
अतिथि : तर तिनीहरु सरकारमा भएका मानिसहरु हुन् |
प्रभुपाद : एह ?
अतिथि : उनीहरु......आरोपित मानिसहरु, धनि मानिसहरु, जमिन्दार, उनीहरुको पनि सरकारमा ठुलो आवाज हुन्छ | प्रभुपाद: हैन | त्यो भनेको नराम्रो सरकार हो |
अतिथि : हो, त्यो सत्य हो |
प्रभुपाद : त्यो नराम्रो सरकार हो | अन्यथा, यो सरकारको कर्तव्य हुन्छ यो हेर्न कि सबैजनासँग रोजगारी छ |
अतिथि : त्यो नै हो जो मैले नि सोच्दै छु, त्यो दिन जब कृष्ण चेतना आन्दोलन एक क्रान्तिकारी आन्दोलन हुन्छ जसले समाजको मुख परिवर्तन गर्नेछ |
प्रभुपाद : हो, म सोच्छु कि यसले क्रान्ति ल्याउँछ, किनकि अमेरिकन र यूरोपियन युवाहरु, ले यसलाई अंगालेका छन् | मैले उनीहरुलाई आदेश दिएको छ | र म आशा गर्छु यी अमेरिकन र यूरोपियन केटाहरु धेरै बुद्धिमानी छन्, र उनीहरुले जे कुरापनि धेरै गंभीरता का साथ लिन्छन् | त्यसैले... अब हामीले केहि वर्षसम्म काम गर्छौ, पाँच, छ वर्षसम्म | फेरी पनि, हामीले यो आन्दोलन सबै दुनिया भरि फैलिने छ | र म विन्ती गर्छु.....म एक वृद्ध मानिस हु | म मर्नेछु | यदि उनीहरुले गंभीरतासाथ लिए भने, यो अगाढी बढ्छ, र त्यहाँ क्रान्ति हुनेछ | किनकि हामीले सनकी हिसाबमा काम गरेका छैनौ, चंचलता | हामीले शास्त्रबाट आधिकारिक अनुवाद लिएका छौ | र हामीले.... र हाम्रो कार्यक्रम भनेको यो आकारको पुस्तक कम्तिमा एक सयओटा प्रकासित गर्नु हो | त्यहाँ धेरै जानकारीहरु छन् | उनीहरुले यी सबै पुस्तकहरु पढेर जानकारी लिन सक्छन् | र हामीले यो पाउदै छौ | अमेरिकामा वास्तवमा, ठुलो क्षेत्रमा, कलेज र विश्वविद्यालयमा, उनीहरुले यी किताबहरु अध्ययन गर्दै छन्, र उनीहरुले प्रशंसा गर्दै छन् | त्यसैले हामीले आफुले गर्नसक्ने राम्रो गर्न जरुरि छ, साहित्यहरु परिचय गराएर, व्यक्तिगत रुपमा काम गरेर, निर्देशण दिएर, जहाँ सम्म सकिन्छ | तर म सोच्छु, यदि यी केटाहरु, युवाहरुले यसलाई गंभीरता साथ लिएभने यसले क्रान्ति ल्याउँछ |