NE/Prabhupada 0043 - भगवद्-गीता मुलभुत सिद्धान्त हो: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0043 - in all Languages Category:NE-Quotes - 1973 Category:NE-Quotes - Le...")
 
(Vanibot #0005 edit: add new navigation bars (prev/next))
 
Line 6: Line 6:
[[Category:NE-Quotes - in Australia]]
[[Category:NE-Quotes - in Australia]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0042 - यो दिक्षालाई गम्भीरतापूर्वक लिनुहोस्|0042|NE/Prabhupada 0044 - सेवा भनेको गुरुको आज्ञा मान्नु हो|0044}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 14: Line 17:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|r8quK475mzI|भगवद्- गीता मुलभुत सिद्धान्त हो - Prabhupāda 0043}}
{{youtube_right|r8quK475mzI|भगवद्-गीता मुलभुत सिद्धान्त हो - Prabhupāda 0043}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/730216BG.SYD_clip1.mp3</mp3player>  
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/730216BG.SYD_clip1.mp3</mp3player>  
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->



Latest revision as of 07:20, 21 September 2017



Lecture on BG 7.1 -- Sydney, February 16, 1973


योगं युञ्जन् मद्-आश्रयः
असंशयं समग्रं मां
यथा ज्ञास्यसि तच् छृणु
(भ गी ७।१ )

यो श्लोक भगवद् गीताबाट हो, कसरी कृष्ण चेतना, वा परमेश्वरको चेतनाको विकास गर्ने। भगवद् गीता, तपाईहरु प्रायःले यस पुस्तकको नाम सुन्नुभएको छ । यो सारा संसारमा धेरै व्यापक रुपमा पढिने ज्ञानको पुस्तक हो । व्यवहारिक रुपले हरेक देशमा भगवद् गीताका थुप्रै संस्करण छन्। भगवद्-गीता हाम्रो कृष्ण भावनामृत अभियानको आधारभूत सिद्धान्त हो। हामीले कृष्ण भावनाको रुपमा जे प्रचार गरिरहेका छौं, त्यो भगवद् गीता मात्र हो । यो होइन कि हामीले केहि निर्माण गरेका छौं । कृष्ण भावाना सृष्टि भएदेखि नै विद्यमान छ, तर कम से कम गत पाँच हजार वर्षदेखि, जब कृष्ण यस ग्रहमा उपस्थित हुनुहुन्थ्यो, उहाँले व्यक्तिगत रूपमा कृष्ण भावानाको निर्देशन दिनुभयो, र उहाँले छाड्नुभएको निर्देशन यो भगवद गीता हो ।

दुर्भाग्यवशः, यो भगवद गीताको तथाकथित विद्वान र स्वामीद्वारा दुरुपयोग गरिएको छ । मायावादि श्रेणीका वा नास्तिक श्रेणीका मानिसहरु, तिनीहरूले आफ्नै तरिकाले भगवद्-गीताको व्याख्या गरेका छन्। जब म १९६६ मा अमेरिकामा थिएँ, एक अमेरिकी महिलाले मलाई सोधिन्, भगवद् गीताको एक अंग्रेजी संस्करणको सिफारिस गर्न भनिन् जुन तिनले पढ्न सक्छिन् । तर इमान्दारीपूर्वक मैले तिनलाई कुनै सिफारिस गर्न सकिनँ, सबैको आफ्नो मनोमानी व्याख्या छ । यसले मलाई भगवद् गीता यथारूप लेख्नको लागि प्रेरणा दियो ।

अहिलेको यो संस्करण, भगवद् गीता यथारूप , अब संसारको सबै भन्दा ठूलो प्रकाशक कम्पनी, म्याकमिलन कम्पनीद्वारा प्रकाशित भएको छ । र हामीले धेरै राम्रो गरिरहेका छौं। हामीले यो भगवद् गीता यथारूपको सानो संस्करण १९६८ मा प्रकाशित गरेका थियौं । यसको विक्री निकै राम्रो थियो। म्याकमिलनल कम्पनीको व्यापार प्रबन्धकले सुचना दिए कि हाम्रो पुस्तकहरु अधिकाधिक बिक्रि हुँदैछन्; अरु पुस्तकहरु कम हुँदैछन्। त्यसपछि हालसालै, सन् 1972 मा हामीले यो भगवद-गीता यथारूपको पूर्ण संस्करण प्रकाशित गरेका छौं | र म्याकमिलन कम्पनीले, अग्रिममा पचास हजार प्रति प्रकाशित गर्यो तर त्यो तीन महिनामा सकिएको थियो र तिनीहरू दोस्रो संस्करणको व्यवस्था गर्दैछन्।