NE/Prabhupada 0094 - हाम्रो कर्तव्य कृष्णको शब्द दोहोर्याउनु हो

Revision as of 10:56, 2 December 2015 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Hindi Pages with Videos Category:Prabhupada 0094 - in all Languages Category:HI-Quotes - 1973 Category:HI-Quotes - Lec...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

Lecture on BG 1.20 -- London, July 17, 1973

अधर्मी जीवले भगवानको बारेमा जिज्ञासा गर्न या जान्न सक्दैन हामीले यो श्लोक धेरै पटक दोहोर्याईसक्यौं,

एषां तु अन्त-गतं पापं
जनानां पुण्य-कर्मनां
ते द्वन्द-मोह-निर्मुक्ता
भजते मां दृढ-व्रता:
(भ गी ७|२८)

पापीहरु, तिनीहरुले बुझ्न सक्दैनन् | तिनीहरुले बुझछन, केवल सोच्छन कि "कृष्ण भगवान हुनुहुन्छ; त्यसैले मा पनि भगवान हुँ | उहाँ एक साधारण मानिस हुनुहुन्छ, अलिकति शक्तिशाली, ऐतिहासिक हिसाबले धेरै प्रसिद्ध मानिस | त्यसैले उहाँ, आखिरमा, एक मानिस | त्यसैले म पनि मानिस हुँ | त्यसैले म किन भगवान होइन त?" यो हो अभक्त,र पापी मानिसहरुको निष्कर्ष |

त्यसैले जसले आफुलाई भगवान घोषणा गर्छ, तत्काल तपाईले थाहा पाउनुपर्छ कि ऊ महापापी मानिस हो | र यदि तपाईले उसको व्यक्तिगत जीवन बुझ्नुभयो भने तपाईले थाहा पाउनुहुन्छ कि ऊ नम्बर एक पापी मानिस हो | त्यो हो परिक्षण | अन्यथा कसैले पनि भन्दैन कि म भगवान हो, यो गलत प्रस्तुति | कसैले पनि | कुनै धार्मिक मानिसले गर्दैन | उसलाई थाहा छ, "म के हुँ? म साधारण मानव हुँ | म कसरि भगवानको स्थितिको लागि दावा गर्न सक्छु?" र तिनीहरु धुर्तमध्ये प्रसिद्ध हुन्छन |

श्रीमद भागवतममा बताइएको छ, श्व-विद्-वराहोष्ट्र खरैहि (श्री भ २।३।१९) | त्यो श्लोक के थियो? उष्ट्र-खरै:, सम्स्तुत: पुरष: पशु: | तिनीहरु.. यो संसारमा हामीले धेरै महान मानिसहरु देख्छौं, तथाकथित महान मानिसहरु, र साधारण मानिसले तिनीहरुको धेरै प्रशंसा गर्छन | त्यसैले भागवतमा भनिएको छ, कि जो भक्त छैन, जसले कहिल्यै हरे कृष्ण मन्त्र जप गर्दैन, ऊ धुर्तहरुको अनुमानमा धेरै ठुलो मानिस हुनसक्छ, तर ऊ जनावरबाहेक केहि पनि होइन | जनावर | त्यसैले श्व-विद्-वराह-उष्ट्र-खरै: | "तपाईले कसरी भन्न सक्नुहुन्छ,त्यस्ता महान मानिस | तपाईले भन्नुहुन्छ कि जनावर |" हाम्रो कर्तव्य धेरै अकृतज्ञ कार्य छ | हामी भन्छौं कि जो मानिस भक्त छैन, ऊ धुर्त हो | हामीले साधारणतया भन्छौं | यो धेरै रुखो शब्द हो, तर हामीले प्रयोग गर्नैपर्छ | जब हामी देख्छौं कि ऊ कृष्णको भक्त होइन, ऊ धुर्त हो | हामी कसरी भन्छौं? ऊ मेरो दुश्मन होइन,तर हामीले भन्नुपर्छ किनकि यो कृष्णद्वारा वर्णित छ |

यदि हामी साच्चिकै कृष्ण भावानाभावित छौं भने हाम्रो कर्तव्य कृष्णको शब्द दोहोर्याउनु हो | त्यति हो | कृष्णको प्रतिनिधि र अप्रतिनिधि बीच के अन्तर छ? कृष्णको प्रतिनिधिले केवल कृष्णले भन्नुभएको कुरा दोहोर्याउछन् | त्यति हो | उनी प्रतिनिधि बन्छन | त्यसलाई त्यति धेरै योग्यता चाहिदैन | तपाई केवल दृढ विश्वास सहित दोहोर्याउनुहोस् | जसरी कृष्णले भन्नुहुन्छ, सर्व-धर्मान् परित्यज्य माम् एकम् शरणम् व्रज (भ गी १८।६६) | त्यसैले जसले यो तथ्य स्वीकारेको छ, कि "यदि म कृष्णमा शरणागत हुन्छु भने, मेरा सम्पूर्ण कर्तव्य सफल हुन्छन," ऊ कृष्णको प्रतिनिधि हो | त्यति हो |

तपाइलाई धेरै शिक्षित या उन्नत हुनुपर्दैन | यदि तपाईले केवल कृष्णले भन्नुभएको स्वीकार्नुभयो भने.... जस्तै अर्जुनले भन्नुभयो, सर्वम् एतम ऋतम् मन्ये यद वदसि केशव: (भ गी १०।१४) | "मेरो प्रिय कृष्ण,केशव, तपाईले जे भन्दै हुनुहुन्छ, म स्वीकार्छु, कुनै परिवर्तन बिना |" ती हुन् भक्त | त्यसैले अर्जुनलाई भक्तो सी भनेर सम्बोधन गरिएको छ | यो हो भक्तको कर्तव्य | किन मैले कृष्णलाई म जस्तै सम्झनु, साधारण मानिस ? त्यो भिन्नता हो भक्त र अभक्त बीच | भक्तलाई थाहा छ कि "म तुच्छ छु, कृष्णको सानो झिल्को | कृष्ण वैयक्तिक व्यक्ति हुनुहुन्छ | म पनि वैयक्तिक व्यक्ति हुँ | तर जब हामी उहाँको शक्ति र आफ्नो शक्तिको विचार गर्छौं, म अति तुच्छ छु |" यो हो कृष्णको बुझाई |

केहि गाह्रो छैन | एक केवल ईमान्दार हुनुपर्छ, पापी होइन | तर एउटा पापी मानिसले उहाँलाई बुझ्न सक्दैन | पापी मानिसले भन्नेछ,"ओहो ! कृष्ण पमी मानिस हुन् | म पनि मानिस हुन् | किन म भगवान होइन ? उहाँ केवल भगवान ? होइन, म पनि हो | म भगवान हुँ | तपाई भगवान हो, तपाई भगवान हो, सबै भगवान |" जस्तै विवेकानन्दले भनेका थिए ," तपाई किन भगवानको खोजिमा हुनुहुन्छ ? तपाईले यति धेरै भगवानहरु सडकमा भट्किरहेको देख्नुहुन् ?" तपाईले देख्नुभयो | यो हो उनको भागवत-साक्षात्कार | यो हो उनको भागवत-साक्षात्कार | र उनी ठुला मानिस बने ,"ओहो ! उनले सबैलाई भाग्न देख्छन |"

यो मुर्ख्यांई, यो धुर्तता, सारा संसारभरि चलिरहेछ | एकलाई थाहा छैन भगवान के हुन्, भगवानको शक्ति के हो, भगवान भनेको के हो | तिनीहरु कोहि धुर्तलाई भगवानको रुपमा स्विकारिरहेछन | आज्कर यहि चलिरहेको छ | अर्को धुर्त आयो | उसले पनि आफुलाई भगवान घोषणा गर्छ | त्यसैले यो साह्रै सस्तो कुरा भएको छ | तर तिनीहरुसंग सोच्नलाई दिमाग छैन कि,"म भगवानको दावा गर्दैछु; मसंग के शक्ति छ?"

त्यसैले यो रहस्य छ | यो रहस्य छ | भक्त नबनी, भगवानलाई बुझ्ने रहस्य जान सम्भव छैन | र कृष्णले भगवाद गीतामा उहाँलाई कसरी जान्ने भन्नुभएको छ | भक्त्या माम् अभिजानाति यावान् यश् चास्मि तत्तवत: (भ गी १८।५५) केवल भक्तिबाट | उहाले भन्न सक्नुहुन्थ्यो,"उच्च ज्ञानबाट" अथवा "योग विधिबाट" अथवा "काम गरेर, ठुलो कर्मी बनेर, मजदुर, मलाई एकले बुझ्न सक्छ |" छैन, उहाँले कहिल्यै भन्नुभएन, कहिल्यै भन्नुभएन | त्यसैले कर्मी,ज्ञानी,योगी, तिनीहरु सबै धुर्त हुन् | तिनीहरुले कृष्णलाई बुझ्न सक्दैनन् | सबै धुर्तहरु | कर्मीहरु तेस्रो श्रेणीका धुर्तहरू, ज्ञानीहरु दोस्रो श्रेणीका धुर्तहरू, र योगीहरू पहिलो श्रेणीका धुर्तहरू | त्यति हो |