NE/Prabhupada 0167 - भगवानद्वारा निर्मित नियम दोषरहित हुन्छ: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0167 - in all Languages Category:NE-Quotes - 1971 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in USA, New York]]
[[Category:NE-Quotes - in USA, New York]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0166 - तिमीले हिमपात रोक्न सक्दैनौ|0166|NE/Prabhupada 0168 - नम्र र विनम्र बन्ने संस्कृति|0168}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|fO6PtZRYiEk|भगवानद्वारा निर्मित नियम दोषरहित हुन्छ<br />Prabhupāda 0167}}
{{youtube_right|xOWJCNlRBeY|भगवानद्वारा निर्मित नियम दोषरहित हुन्छ<br />Prabhupāda 0167}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/710724SB.NY_clip.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/710724SB.NY_clip.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->



Latest revision as of 19:51, 29 January 2021



Lecture on SB 6.1.8-13 -- New York, July 24, 1971

मानव निर्मित कानून, यसमा मानव हत्यालाई प्राथमिकता दिइएको छ | हत्या गर्ने मानिसको पनि हत्या हुन्छ | किन जनावरको चाहिं नहुने ? जनावर पनि प्राणी हो | मानव पनि प्राणी हो | यदी मानवलाई मार्ने व्यक्तिलाई मार्नुपर्छ भन्ने नियम छ भने जनावर मार्ने वयक्तिलाई किन नमार्ने? के छ यसको कारण ? यो मानव निर्मित नियम अधुरो छ | तर भगवानले बनाउनु भएको नियममा कमजोरी हुँदैन | भगवानद्वारा निर्मित नियममा यदि तिमीले जनावरलाई मार्छौ भने तिमीलाई मानव-हत्या गरे बराबरको दण्ड निश्चित हुन्छ | यसलाई भगवानको कानून भनिन्छ | कुनै माफी हुँदैन कि तिमीले मानवको हत्या गर्छौ भने तिमीलाई सजाय हुन्छ तर यदी तिमीले पशु हत्या गर्छौ भने तिमीलाई कुनै सजाय हुँदैन | यो बनावटी हो | यो पूर्ण कानून होइन | पूर्ण कानून | त्यसैले येशु ख्रीष्टले आफ्नो दश उपदेशमा:"कसैको हत्या नगर" भन्नुहुन्छ | यो पूर्ण कानून हो | यसमा कुनै भेद हुँदैन कि "म मानव मार्दिनँ, तर जनावर मार्छु |" विभिन्न प्रकारका प्रायश्चित छन् |

वैदिक नियम अनुसार, यदि गाईको घाँटीमा दाम्लो बाँध्दा गाई मरिन् भने... गाईको घाँटीमा दाम्लो बाँध्दा उनी असुरक्षित हुन्छिन्, यदि त्यस्तो परिस्थितिमा उनी केहि कारणवश मर्छिन्न भने उक्त गाईको मालिकले प्रायश्चित गर्नुपर्छ | गाईको दाम्लो कसिएर उनी मरेकी हुनाले उक्त परिस्थितिमा पश्चाताप गर्नु जरुरी छ | यदी हामीले स्वेच्छापूर्वक गाई अथवा अरु जनावर मारेका छौँ भने हामी कति जिम्मेवार हुन्छौं होला ? तसर्थ, वर्तमान समयमा युद्ध छ र प्रकृतिको नियम अनुसार मानव समाज नरसंहारमा मारिन्छ | तिमीले जनावरको हत्या गर्दै युद्ध रोक्न सक्दैनौ | यो सम्भव छैन | मृत्युको लागि धेरै दुर्घटना हुन सक्छ | एकसाथ मृत्यु हुन्छ | जब कृष्णले मार्नुहुन्छ, उहाँले एकसाथ मार्नुहुन्छ | मैले मार्छु भने एक पछि अर्को गर्दै मार्नुपर्छ | तर कृष्णले मार्नुहुँदा सबैलाई एकत्रित पारेर मारिन्छ | त्यसैले शास्त्रहरुमा प्रायश्चितको व्यवस्था छ | जस्तै बाइबलमा प्रायश्चित, पाप-स्वीकृति, केहि जरिवाना तिर्ने व्यवस्था छ | तर प्रायश्चित पछि पनि किन मानिसहरु पुनः उही पाप दोहोराउँछन् ? त्यो बुझ्नुपर्छ |