NE/Prabhupada 0472 - अन्धकारमा नबस । आफुलाई प्रकाशको राज्यमा स्थानान्तरण गर: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0472 - in all Languages Category:NE-Quotes - 1977 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in USA, Seattle]]
[[Category:NE-Quotes - in USA, Seattle]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0471 - कृष्णलाई खुसी पार्ने सबभन्दा सजिलो तरिका-केवल आफ्नो मन चाहिन्छ|0471|NE/Prabhupada 0473 - डार्विनले विकासवाद सिद्धान्तको विचार पद्म पुरणबाट लिएको हो|0473}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|w8hPO_8_Ko8|अन्धकारमा नबस । आफुलाई प्रकाशको राज्यमा स्थानान्तरण गर<br />- Prabhupāda 0472}}
{{youtube_right|V4-oQRMeOrw|अन्धकारमा नबस । आफुलाई प्रकाशको राज्यमा स्थानान्तरण गर<br />- Prabhupāda 0472}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/681007LE.SEA_clip1.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/681007LE.SEA_clip1.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->



Latest revision as of 20:41, 29 January 2021



Lecture -- Seattle, October 7, 1968


प्रभुपाद: गोविन्दम् आदि-पुरुषं तम् अहं भजामि |

भक्तहरु: गोविन्दम् आदि-पुरुषं तम् अहं भजामि |

प्रभुपाद: हामी गोविन्दको आराधना गर्दैछौं, सम्पूर्ण आनन्दका सगर, गोविन्द, कृष्ण | र उहाँ आदि-पुरुषं, मूल व्यक्ति हुनुहुन्छ | गोविन्दम् आदि-पुरुषं तम् अहं भजामि | भजामि भनेको "म आराधना गर्छु," "म उहाँमा शरणागत हुन्छु र म उहाँलाई प्रेम गर्न सहमत हुन्छु |" यी ब्रह्माले गरेका प्रार्थनाहरु हुन् | त्यस ब्रह्म-संहिता ठुलो पुस्तक हो | पाँचौं अध्यायको प्रथम श्लोकमा भानुएको छ कि भगवान, गोविन्द, उहाँको आफ्नो लोक छ, जसलाई गोलोक विर्न्दावन भनिन्छ | यो भौतिक आकाशभन्दा पर छ | तपाईले यो भौतिक आकाश आफ्नो दृष्टिको क्षमता अनुसार देख्नुहुन्छ, तर त्यो भौतिक आकाशभन्दा पर अध्यात्मिक आकाश छ | यो भौतिक आकाश भौतिक शक्ति, महत्-तत्त्वले ढाकेको छ र त्यहाँ पृथ्वी, जल, अग्नि, वायुको आवरणको सात तह छन् | र त्यो भन्दा पर एउटा समुद्र छ, र त्योभन्दा पर अध्यात्मिक आकाश छ | र त्यस अध्यात्मिक आकाशमा सर्वोच्च लोकलाई गोलोक वृन्दावन भनिन्छ | यी कुराहरु वैदिक साहित्यमा वर्णित छन्, भगवद गीतामा पनि | भगवद गीता धेरै प्रचलित पुस्तक हो | त्यहाँ पनि वर्णित छ, न यत्र भासयते सूर्यो न शशाङ्को न पावकः न यत्र भासयते सूर्यो न शशाङ्को न पावकः (भ गी १५|६) भगवद गीतामा भनिएको छ कि त्यहाँ अर्को अध्यात्मिक आकाश छ जहाँ सुर्यको कुनै आवश्यकता छैन | न यत्र भासयते सूर्यो | सूर्य बनेको घाम र भासयाते भनेको सुर्य-प्रकासको वितरण | त्यहाँ सुर्य-प्रकासको कुनै आवश्यकता छैन | न यत्र भासयते सूर्यो न शशाङ्को | शशाङ्क भनेको चन्द्रमा | न त्यहाँ चन्द्रमाको प्रकासको आवश्यकता छ | न शशाङ्को न पावकः | न त्यहाँ बिजुलीको आवश्यकता छ | त्यो भनेको प्रकासको राज्य | यहाँ, यस भौतिक जगत अन्धकारको राज्य हो | त्यो सबजनालाई थाहा छ | यो वास्तवमा अन्धकार हो | जब पृथ्वीको अर्को भागमा सुर्य हुन्छ, यहाँ अन्धकार हुन्छ | त्यो भनेको प्राकृतिक रुपमा यहाँ अन्धकार छ | केवल सुर्यको प्रकाश, चन्द्रमाको प्रकास र बिजुलीद्वारा हामीले यहाँ प्रकास कायम गरेका छौं | वास्तवमा, यहाँ अन्धकार छ | र अधकार भनेको अज्ञानता पनि हो | जस्तै रातमा मानिसहरु धेरै अज्ञानी हुन्छन् | हामी अज्ञानी छौं तर रातमा हामी धेरै अज्ञानी हुन्छौं | त्यसैले वईदिक उपदेश भनेको तमसि मा ज्योतिर् गम​ | वेदमा भनिएको छ,"यो अन्धकारमा नबस | केवल आफुलाई प्रकासको राज्यमा स्थानान्तरण गर |" र भगवद गीतामा पनि भनिएको छ कि त्यहाँ एउटा विशेष आकाश वा अध्यात्मिक आकाश छ, जहाँ सुर्यको प्रकासको कुनै आवश्यकता छैन, चन्द्रमाको प्रकासको कुनै आवश्यकता छैन, बिजुलीको कुनै आवश्यकता छैन र यद् गत्वा न निवर्तन्ते (भ गी १५|६) - र यदि कोहि त्यस प्रकासको राज्यमा जान्छ, ऊ फेरी यो अन्धकारको राज्यमा फर्कंदैन | हामीले आफुलाई त्यस प्रकासको राज्यमा कसरी स्थानान्तरण गर्न सक्छौं ? सम्पूर्ण मानव सभ्यता यी सिद्धान्तमा आधारित छ | वेदान्तमा भनिएको छ, अथातो ब्रह्म जिज्ञासा | अथ अतः | "तसर्थ तिमीले अब ब्रह्म, परमसत्यको बारेमा सोध्नुपर्छ | "तसर्थ अब" भनेको....... हरेक शब्द महत्वपूर्ण छ | "तसर्थ" भनेको तपाईसँग यो मानव शरीर भएको कारण- "तसर्थ" | र अतः भनेको "अब" | "अब" भनेको तपाई धेरै, धेरै जीवनबाट गुज्रिनुभयो, ८४,००,००० प्रजातिका जीवन | जलचर- ९,००,००० | जलजा नव​-लक्षाणि स्थावरा लक्ष​-विंशति |