NE/Prabhupada 0504 - हामीले हरेक दृष्टिकोणबाट श्रीमद्-भागवतम् अध्ययन गर्नुपर्छ

Revision as of 20:46, 29 January 2021 by Vanibot (talk | contribs) (Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Lecture on SB 1.10.2 -- Mayapura, June 17, 1973


यो संसार कृष्णद्वारा सिर्जित हो, र उहाँ देख्न चाहनुहुन्छ कि यसको पालन राम्ररी भएको छ | र कसले पालन गर्नेछन् ? उहाँका आफ्नै प्रतिनिधि | दानवले होइन | तसर्थ राजालाई कृष्णको प्रतिनिधि मानिन्छ | उनले यो संसारको पालन राम्ररी गर्नेछन् | एक वैष्णव, उनलाई थाहा हुन्छ कस्ती सबी कुरा कृष्णको लागि उपयोग गर्ने | यो सृष्टिको लक्ष्य यी बद्ध जीवलाई मुक्तिको अर्को मौका दिनु हो | यो लक्ष्य हो | जब सम्पूर्ण जगतको विनाश हुन्छ, तब सब जीवहरु फेरी महा-विष्णुको शारिरीमा प्रवेश गर्छन् | तब, जब फेरी सृष्टि हुन्छ, तब जीवहरु फेरी बाहिर आउँछन्, उनीहरुको भूतपूर्व स्थिति अनुसार | हामी यो धुर्त सिद्धान्त स्वीकार्दैनौं, डार्विनको, कि निच-वर्गको जीवनबाट तिनीहरु...... यस्तो पदोन्नति हुन्छ, तर सृष्टिमा सब छ | सबै ८४,००,००० प्रजाति, तिनीहरु सब छन् | वर्गीकरण भए तापनि | त्यसैले पुर्व कर्म अनुसार, कर्मणा दैव​-नेत्रेण (श्री भा ३|३१|१), सबजना फेरी बाहिर आउँछन्, भिन्न किसिमको शरीर पाउँछन् र उसको कार्य सुरु गर्छन् | फेरी अर्को मौका | "हो | तपाई मानव ग्रहणशक्तिको स्थानमा आउनुहोस् | तपाईको कृष्णसँगको नाता बुझ्ने प्रयास गर्नुहोस् र आफुलाई मुक्त पार्नुहोस् | घर जानुहोस्, घर फर्कनुहोस्....." यदि तपाईले यो मौका गुमाउनुहुन्छ-यो सृष्टि त्यस प्रयोजनको लागि बनाइएको हो- तब तपाई फेरी रहनुहुन्छ | फेरी, जब सबै कुराको विनाश हुन्छ, तपाई निष्क्रिय स्थितिमा रहनुहुन्छ, लाखौ वर्षसम्म | फेरी तपाई सिर्जित हुनुहुन्छ | त्यसैले एक मनाह विज्ञान छ | सबजनाले मानव जीवनको दायित्व बुझ्ने प्रयास गर्नुपर्छ | र यो दायित्व सिकाउन, मानिसलाई, मानव समाजलाई राख्न, उनीहरुको दायित्वमा, महाराज युधिष्ठिर​ जस्तै एक राम्रो राजा चाहिन्छ | तसर्थ राजालाई भगवानको प्रतिनिधि मानिन्छ | त्यसैले यी दानवहरुलाई मारेपछि, कुरू, कुरोर् वंश​-दवाग्नि-निर्हृतं संरोहयित्वा भव​-भावनो हरिः निवेशयित्वा निज​-राज्य ईश्वरो युधिष्ठिरम्... जब उहाँले देख्नुभयो,"अब महाराज युधिष्ठिर अवस्थित छन्, संसारको नियन्त्रणको लागि गद्दीमा |" उहाँ.....प्रीत​-मना बभूव ह​, उहाँ सन्तुष्ट हुनुभयो | "मेरा वास्तविक प्रतिनिधि छन्, र उनले राम्ररी कार्य गर्नेछन् |" त्यसैले यी दुई कुराहरु चल्दै छन् | जो आफ्नो व्यक्तिगत आकांक्षा पुरा गर्न सरकारी शक्ति कब्जा गर्न चाहन्छन्, तिनीहरु मारिनेछन् | तिनीहरु मारिनेछन् | यो तरिकाले वा त्यो तरिकाले, तिनीहरु मारिनेछन् | र जो मानिसहरु कृष्णको प्रतिनिधिको रुपमा सरकारको पालन गर्ने दायित्व लिन्छन्, तिनीहरुलाई कृष्णको आशिर्वार मिल्नेछ, र कृष्ण खुसि हुनुहुनेछ | त्यसैले वर्तमान समयमा, तथाकथित प्रजातन्त्र...... कोहि पनि कृष्णको प्रतिनिधि छैनन् | सबजना दानव छन् | सबजना दानव छन् | त्यसैले यो शर्कार अन्तर्गत कसरी तपाईले शान्ति र समृद्धिको आशा गर्न सक्नुहुन्छ ? यो सम्भव छैन | यदि तपाई चाहनुहुन्छ...... हामीले राजनैतिक हिबे पनि सोच्नुपर्छ किनकि सब जीव कृष्णका अंश हुन्. र कृष्ण उनीहरुको कल्याण चाहनुहुन्छ ताकी तिनीहरु घर फर्कन, भगवद धाम फर्कन सकुन् | त्यसैले यो देख्नु वैष्णवको कर्तव्य हो कि मानिसहरु क्रमैले कृष्ण भावनामा शिक्षित छन् | यो राम्रो हुन सक्छ, यदि हामी सक्छौं, यदि हामी पनि राजनैतिक शक्ति कब्जा गर्न सकौं | जसरी धेरै दलहरु छन्, साम्यवादी दल, कांग्रेस दल, यो दल, त्यो दल, त्यसैले एउटा कृष्णको दल हुनुपर्छ | किन हुँदैन ? तब मानिस खुसी हुनेछन्, यदि कृष्णको दल सरकारी पदमा आउँछन् | तत्काल शान्ति हुनेछ | भारतमा, भारतमा धेरै वध-स्थल छन् | त्यहाँ...... भनिएको छ कि दश हजार गाई हरेक दिन मारिन्छन्, त्यो भुमिमा जहाँ एउटा गाईलाई मार्ने प्रयास गर्दा, तत्काल महाराज परिक्षितले आफ्नो तरबार लिए,"तिमी को हौ ?" त्यस भुमिमा, अहिले दश हजार गाई हरेक दिन मारिन्छन् | के तपाई शान्ति आश गर्नुहुन्छ ? तपाई समृद्धि आश गर्नुहुन्छ ? यो सम्भव छैन | तसर्थ यदि कुनै दिन कृष्णको प्रतिनिधिले सरकारी शक्ति हातमा लिन्छन्, तब तकाल उनले यी सब वध-स्थल बन्द गर्नेछन्, यी सब वेश्यालय, यी सब मदिरा घर | तब त्यहाँ शान्ति र समृद्धि हुनेछ | भूत​-भावन​, कृष्ण खुसी हुनुहुनेछ,"यहाँ मेरो प्रतिनिधि छ |" त्यसैले श्रीमद भागवतमबाट जान्नुपर्ने धेरै कुराहरु छन्, पूर्ण ज्ञान, सम्पूर्ण ज्ञान, जुन मानव समाजलाई चाहिन्छ | त्यसैले हामीले हरेक दृष्टिकोणबाट अध्ययन गर्नुपर्छ, केवल भावनाबाट होइन | यो हो श्रीमद भागवतम |

धेरै धेरै धन्यवाद |