NE/Prabhupada 0581 -यदि तपाई कृष्णको सेवामा संग्लग्न हुनुहुन्छ भने तपाईले नयाँ प्रोत्साहन पाउनुहुनेछ: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0581 - in all Languages Category:NE-Quotes - 1973 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 6: Line 6:
[[Category:NE-Quotes - in United Kingdom]]
[[Category:NE-Quotes - in United Kingdom]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0580 - हामीले भगवानको स्वीकृति बिना आफ्ना इच्छाहरु पूरा गर्न सक्दैनौं|0580|NE/Prabhupada 0582 - कृष्ण हृदयभित्र विराजमान हुनुहुन्छ|0582}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 14: Line 17:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|FEYxWPHt84Y|यदि तपाई कृष्णको सेवामा संग्लग्न हुनुहुन्छ भने तपाईले नयाँ प्रोत्साहन पाउनुहुनेछ<br />- Prabhupāda 0581}}
{{youtube_right|-DaA8364zPc|यदि तपाई कृष्णको सेवामा संग्लग्न हुनुहुन्छ भने तपाईले नयाँ प्रोत्साहन पाउनुहुनेछ<br />- Prabhupāda 0581}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK (from English page -->
<!-- BEGIN AUDIO LINK (from English page -->
<mp3player>http://vaniquotes.org/w/images/730826BG-LON_clip03.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/730826BG-LON_clip03.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->



Latest revision as of 20:55, 29 January 2021



Lecture on BG 2.21-22 -- London, August 26, 1973


यन् मैथुनादि गृहमेधि सुखं हि तुच्छम् (श्री भा ७|९|४५) | त्यसैले यो भौतिकवादी जीवन भनेको यौन जीवन हो | धेरै, धेरै घृणित, तुच्छम् | यदि कसैले यो बुझेको छ, तब ऊ मुक्त हुन्छ | तर यदि, जब कोहि अझै आकर्षित हुन्छ, तब बुझ्नुपर्छ कि मुक्तिलाई अझै विलम्ब छ | र जसले यो बुझेको छ र यसलाई छाडेको छ, यो शरीरमा पनि ऊ मुक्त हुन्छ | उसलाई जीवन्-मुक्तः स उच्यते भनिन्छ | ईहा यस्य हरेर् दास्ये कर्मणा मनसा गिरा निखिलास्व् अप्य् अवस्थासु जीवन्-मुक्तः स उच्यते हामी यो इच्छाबाट कसरी मुक्त हुनसक्छौं ? ईहा यस्य हरेर् दास्ये, यदि तपाई केवल कृष्णलाई सेवा गर्ने इच्छा गर्नुहुन्छ, तब तपाई निस्कन सक्नुहुन्छ | अन्यथा, सक्नुहुन्न | त्यो सम्भव छैन | यदि तपाई भगवानको सेवाबाहेक अरु केहि आश गर्नुहुन्छ, तब मायाले तपाईलाई प्रलोभन दिन्छिन्," यसको आनन्द किन नलिने ?" तसर्थ यामुनाचार्यले भन्नुहुन्छ, यद्-अवधि मम चेतः कृष्ण​-पदारविन्दे नव​-नव​ऋअस​-धामन्य् उद्यतं रन्तुम् आसीत् तद्-अवधि बत नारी-सङ्गमे स्मर्यमाने भवति मुख​-विकारः सुष्ठु निष्ठीवनं च​ "यद् अवधि, जबदेखि, मम चेत:, मैले मेरो जीवन र आत्मा संग्लग्न गराएँ, मेरो चेतना, कृष्णको चरणकमलको सेवामा..." यो श्लोक यामुनाचार्यद्वारा दिइएको हो | उनी महान राजा थिए, र राजाहरु, उनीहरु साधारणतया अनैतिक हुन्छन्, तर पछी उनी साधु भक्त बने | त्यसैले आफ्नो व्यक्तिगत अनुभव, उनले भन्दैछन् कि "जबदेखि मैले मेरो मनलाई कृष्णको चरणकमलको सेवामा संग्लग्न गराएँ, यद्-अवधि मम चेतः कृष्ण​-पदारविन्दे..." नव​-नव​ | र सेवा, अध्यात्मिक सेवा भनेको हरेक क्षण नयाँ | यो जिर्ण हुँदैन | जो अध्यात्मिक रुपले अनुभवगरेका छन्, उनीहरुले पाउँछन् कि कृष्णलाई सेवा गर्ने भनेको नयाँ प्रबुद्धता, नयाँ प्रबुद्धता | नव-नव-रस​-धामन्य् उद्यतं रन्तुम् आसीत् | यहाँ, भौतिक जगतमा, तपाई आनन्द लिनुहुन्छ, यो जिर्ण हुन्छ | पुन: पुनश् चर्वित; तसर्थ तपाई निराश हुनुहुन्छ | तर यदि तपाई कृष्णको सेवामा संग्लग्न हुनुहुन्छ, तपाईले नयाँ-नयाँ प्रोत्साहन पाउनुहुन्छ | त्यो अध्यात्मिक हो | यदि तपाईले त्यसलाई जिर्ण पाउनुहुन्छ, तब तपाईले थाहा पाउनुहुन्छ कि तपाईले अध्यात्मिक रुपमा सेवा गर्दै हुनुहुन्न, तपाईले भौतिक रुपमा सेवा गर्दै हुनुहुन्छ | औपचारिकता, कामचलाउ | तर यदि तपाईले नयाँ-नयाँ शक्ति पाउनुहुन्छ, तब तपाईले जान्नुहुन्छ कि तपाई अध्यात्मिक रुपमा सेवा गर्दै हुनुहुन्छ | यो परिक्षा हो | तपाईको उत्साह बढ्नेछ, घट्ने होइन |