NE/Prabhupada 0624 - भगवान् पनि शाश्वत हुनुहुन्छ र हामी पनि शाश्वत छौं

Revision as of 21:02, 29 January 2021 by Vanibot (talk | contribs) (Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Lecture on BG 2.13 -- Pittsburgh, September 8, 1972


त्यसैले हामीले यो ज्ञान अधिकारीबाट लिनुपर्छ | यहाँ कृष्ण बोल्दै हुनुहुन्छ | उहाँ अधिकारी हुनुहुन्छ | हामी कृष्णलाई स्वीकार्छौं: सर्वोच्च पुरुषोत्तम भगवान | उहाँको ज्ञान पूर्ण छ | उहाँलाई भुत, वर्तमान र भविष्य थाहा छ | तसर्थ, उहाँ अर्जुनलाई सिकाउँदै हुनुहुन्छ | "मेरा प्रिय अर्जुन, यो शरीर भित्रको आत्मा शाश्वत छ |" त्यो तथ्य हो | जस्तली मैले बुझ्न सक्छु, म भुतमा थिएँ, म वर्तमानमा छु त्यसैले म भविष्यमा हुनुपर्छ | यी समयका तीन चरण हुन्, भुत, वर्तमान र भविष्य | अर्को स्थानमा, हामीले यस भगवद गीतामा पढ्यौं, अ जायते न म्रियते वा कदाचित् | जीव कहिल्यै जन्मँदैन; न यो मर्छ | न जायते भनेको यसले कहिल्यै जन्म लिंदैन | न जायते न म्रियते, यो कहिल्यै मर्दैन | नित्यं शाश्वतो ऽयम्, न हन्यते हन्यमाने शरीरे (भ गी २|२०) | यो शाश्वत छ, सधैं रहने | न हन्यते हन्यमाने शरीरे (भ गी २|२०) | यो शरीरको विनाशबाट, आत्मा मर्दैन | यसको पुष्टि उपनिषद, वेदमा पनि गरिएको छ: नित्यो नित्यानां चेतनश् चेतनानाम् एको बहूनां विदधाति कामान् | भगवान पनि शाश्वत हुनुहुन्छ र हामी पनि शास्श्वत छौं | हामी भगवानक अंश हौँ | जस्तै सुन र सुनको टुक्रा; दुवै सुन हुन् | म अंश भए तापनि, सुन वा आत्माको कण, तब पनि म आत्मा हुँ | हामीले यो जानकारी पाउँछौँ कि दुवै भगवान र हामी, जीवहरु, हामी शाश्वत छौं | नित्यो नित्यानाम्, नित्य भनेको शाश्वत | यहाँ दुई शब्द छन् | एउटा एकवचन, नित्य, शाश्वत र अर्को बहुवचन, नित्यानाम् | हामी बहुवचन हौँ | बहुवचन शाश्वतहरु | हामीलाई थाहा छैन कि जीवको संख्या कति छ | तिनीहरुलाई असंख्य भनेर व्याख्या गरिएको छ | असंख्य भनेको कुनै गणना गर्ने क्षमता बिना | लाखौं र करोडौं | तब यो एकवचन र बहुवचनबीच के अन्तर छ ? बहुवचन एकवचनमा निर्भर छ | एको बहूनां विदधाति कामान् | एकवचनले दिंदै हुनुहुन्छ बहुवचन, हामी जीवको सम्पूर्ण आवश्यकता | त्यो तथ्य हो, हामीले आफ्नो बुद्धिद्वारा परिक्षण गर्न सक्छौं | ८४,००,०० प्रजातिका जीवनमध्ये, हामी सभ्य मानव धेरै कम छौं | तर अरु, तिनीहरुको संख्या धेरै ठुलो छ | जस्तै पानीमा | जलजा नव​-लक्षाणि | पानीभित्र ९,०००,००० प्रजातिका जीवन छन् | स्थावरा लक्ष​-विंशति; र बोटबिरुवामा २०,००,०० प्रजातिका जीवन | जलजा नव​-लक्षाणि स्थावरा लक्ष​-विंशति, कृमयो रुद्र​-सङ्ख्ययः | र किराहरु, तिनीहरु ११,००,००० प्रजातिका | कृमयो रुद्र​-सङ्ख्ययः पक्षीणां दश​-लक्षणम् | र चराहरु, तिनीहरु १०,००,००० प्रजातिका | अनि पशु, पशवस् त्रिंश​-लक्षाणि, ३०,००,००० प्रजातिका पशु, चारखुट्टे | र चतुर्-लक्षाणि मानुषः, र मानव ४,००,००० प्रजातिका | तिनीहरु मध्ये प्राय: जसो असभ्य छन् |