NE/Prabhupada 0722 - अल्छि नहोऊ । सधैं संग्लग्न होऊ

Revision as of 21:18, 29 January 2021 by Vanibot (talk | contribs) (Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Arrival Lecture -- Mexico, February 11, 1975, (With Spanish Translator)


त मा तिमी हरुलाई देखेर धेरै खुसी छु, कृष्णका धेरै अंश हरु | तिमीहरु कृष्ण भावना बुझ्न आएका छौ | त यो सिद्धान्तमा अडिक रह, अनि तिम्रो जीवन सफल हुन्छ | यो सिद्धान्त हामीलाई शुद्ध बनाउनका लागी हो | जस्तै एक मानिस बिरामी हुन्छ, उहाले आफुलाई शुद्ध बनाउनु पर्छ, प्रशादबाट, औषधी बाट, त्यसरी नै हामीसँग यो भौतिक रोग छ, यो भौतिक शरीरले ढाकिएको, अनि यो दुखको कारण जन्म, मृत्यु, जरा, व्यादी हुन् | त जो यो भौतिक बंधनबाट निस्किन चाहन्छ, अनि जन्म मृत्यु , जरा , व्यादी बाट मुक्तहुन चाहन्छ, उसले यो कृष्ण भवनामा संलग्न हुनु पर्छ | यो धेरै सजिलो र साधारण छ | यदि तिमीलाई थाहा छैन , यदि तिमी शिक्षित छैनौ, यदि तिमीसँग केहि छैन, तिमीले केवल हरे कृष्ण जप गर्न सक्छौ| अनि यदि तिमी शिक्षित,तर्कशास्री,दार्शनिक होउ भने, तिमीले हाम्रो पुस्तकहरु पढ्न सक्छौ, जुन हामीसँग पचासौ छन् | त्यहाँ पचहत्तर ओटा किताबहरु हुनेछन् जुन चार सय पानाका हुने छन् | कुनै दार्शनिक,बैज्ञानिक,शिक्षकलाई कृष्ण भावना के हो सम्झाउनु छ | यो अंग्रेजी तथा अरु यूरोपियन भाषामा प्रकाशित गरिएको छ | यसको लाब लिनुहोस् | अर्चाविग्रहको सेवा सहित मन्दिरमा कम्तिमा पाँच घण्टा कक्षा संचालन गर | विद्यालय र कलेजमा जस्तै पैतालिस मिनेटसम्म कक्षा संचालन गर | अनि पाँच कि दश मिनेट सम्म विश्राम, फेरी पैतालिस मिनेट कक्षा, यसरी | हामीसँग पढ्नका लागी अधिक बिषयहरु छन् | अनि यदि हामीले यी पुस्तकहरु अध्यन गरेउ भने, यसलाई अध्यन गरिसक्न करिब पचिस वर्ष लाग्छ| तिमीहरु सबै युवकहरु छौ | त्यसैले म तिमीहरुलाई अनुरोध गर्छु कि आफ्नो समय पुस्तक पढ्नमा लगाउ, जप गर्न, अर्च्विग्रहको सेवा गर्न, प्रचार गर्न, पुस्तक बिक्रि गर्न | अल्छि नहोउ | सधै व्यस्त होऊ | कृष्ण भागवत गीता भन्नुहुन्छ, माम हि पार्थ व्यपाश्रित्य ये ऽपि स्यु ह्पाप​-योनयह् स्त्रियाह वैस्यास तथा सुद्रस ते अपि यान्ति परम गतिम ( भ गी ९|३२) त्यहाँ कुनै भेदभाव छैन " यो मान्छेलाई अनुमति छ यो महिलालाई अनुमति छैन",होइन | कृष्ण भन्नुहुन्छ " सबैजना " - स्त्रियाह वैस्यास तथा सुद्रस | जो पनि यो कृष्ण भावनामा अँगाल्छ, ऊ यस भौतिक दासताबाट मुक्त हुनेछ | अनि फिर्ता जान्छ, भागवत धाम फर्किन्छ, घर फर्किन्छ | त्यसैले यो आंदोलनलाई गंभीरतासँग लेउ र सिद्धान्तलाई पुरा गर , नामले मांसाहार नगर, अवैध सम्बन्ध, नशा नगर्नु, जुवा नगर्नु र सोह्र माला जप गर्नु |