NE/Prabhupada 0865 - तिमी देशको कुरा गर्छौ तर शास्त्रमा ग्रहको कुरा गरिएको छ, देशको होइन: Difference between revisions
(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Nepali Pages - 207 Live Videos Category:Prabhupada 0865 - in all Languages Category:...") |
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version) |
||
Line 8: | Line 8: | ||
[[Category:Nepali Language]] | [[Category:Nepali Language]] | ||
<!-- END CATEGORY LIST --> | <!-- END CATEGORY LIST --> | ||
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE --> | |||
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0864 - सम्पूर्ण मानव समाजलाई खुसी बनाउन यो कृष्ण भावनामृत अभियान फैलिनुपर्छ|0864|NE/Prabhupada 0866 - सबै कुरा मर्नेछन्-सबै वृक्षहरु, रुखहरु, पशुहरु, सबै|0866}} | |||
<!-- END NAVIGATION BAR --> | |||
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | <!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | ||
<div class="center"> | <div class="center"> | ||
Line 16: | Line 19: | ||
<!-- BEGIN VIDEO LINK --> | <!-- BEGIN VIDEO LINK --> | ||
{{youtube_right| | {{youtube_right|s-J5HBb-2lM|तिमी देशको कुरा गर्छौ तर शास्त्रमा ग्रहको कुरा गरिएको छ, देशको होइन<br />- Prabhupāda 0865}} | ||
<!-- END VIDEO LINK --> | <!-- END VIDEO LINK --> | ||
<!-- BEGIN AUDIO LINK --> | <!-- BEGIN AUDIO LINK --> | ||
<mp3player> | <mp3player>https://s3.amazonaws.com/vanipedia/clip/750520MW-MELBOURNE_clip1.mp3</mp3player> | ||
<!-- END AUDIO LINK --> | <!-- END AUDIO LINK --> | ||
Latest revision as of 21:42, 29 January 2021
750520 - Morning Walk - Melbourne
तिमी देशको कुरा गर्छौ तर शास्त्रमा ग्रहको कुरा गरिएको छ, देशको होइन
परमहंस: धेरै प्रकारका फुलहरु छैनन् |
प्रभुपाद: फुलको कुरा गरेको होइन | मेरो मतलब विविधता, वृक्षा र लता, बीस लाख | लक्ष-विंशति | दश लाख भनेको एक मिलियन, र विंशति, बीस लाख |
हरि-शौरि: मैले पत्रिकामा एउटा लेख पढेको थिएँ | त्यहाँ मनुष्यको विकास सम्बन्धि एउटा पुस्तकको विज्ञापन थियो | र त्यहाँ भनिएको थियो कि यस ग्रहमा करिब बीस लाख प्रकारका जीवहरु छन् | यो वैज्ञानिकहरुको गणना हो |
प्रभुपाद: बीस लाख ? होइन | चौरासी लाख |
श्रुतकीर्ति: हजुरले भन्दै हुनुहुन्थ्यो कि पद्म-पुराणमा सबै प्रकारका जीवहरुको बारेमा बताइएको छ |
प्रभुपाद: हो |
श्रुतकीर्ति: सबै विवरण छ |
प्रभुपाद: तिनीहरुले छुट्टै बताएका छन्, कि कुल संख्या बताएका छन् ?
हरि-शौरि: अनुमान मात्र |
श्रुतकीर्ति: एउटा आकलन |
हरि-शौरि: (विराम) ...... बाँदरबाट मानिसमा विकास हुँदाको तथाकथित हराएको सम्बन्धको एउटा चित्र | तिनीहरुले मनुष्य जस्तै देखिने तर बाँदर जस्तै कुप्रो परेको जीवको एउटा चित्र दिएका छन् | र तिनीहरुले भन्दैछन् कि....
प्रभुपाद: तिनीहरुले त्यो कहाँ पाए ?
हरि-शौरि:..... यस्तो जीव लाखौं वर्ष अघि अस्तत्वमा थियो | (विराम)
अमोघ: चार लाख मानव प्रजातिमा, एउटा र अर्कोलाई भिन्न पार्ने विशेष गुण के हो ? हामीले कसरी चिन्ने ? वा के हामी सक्छौं ?
प्रभुपाद: तिमीले विविध प्रकारका मानिसहरुलाई देखेका छैनौ ?
अमोघ: देखेको छु |
प्रभुपाद: त्यसोभए, के.....
अमोघ: के यो विभाजन देश अनुसार हुन्छ वा एउटा देशमा पनि विभिन्न प्रजाति हुन्छन् ?
प्रभुपाद: तिमी देशको कुरा गर्छौ तर शास्त्रमा ग्रहको कुरा गरिएको छ, देशको होइन | तिम्रो विचार धेरै साँघुरो छ: "देश", "राष्ट्रिय" | तर शास्त्रमा..... शास्त्रमा राष्ट्रिय भन्ने कुनै कुरा छैन | त्यहाँ सम्पूर्ण ब्रह्माण्डलाई एक रुपमा लिइन्छ | त्यहाँ त्यस्तो दृष्टिकोण हुन्छ | यी साँघुरा विचारहरु, "राज्य," "राष्ट्रिय," पछि आएका हुन् | पहिलेको समयमा यस्ता कुराहरु थिएनन् | एउटा ग्रह वा ब्रह्माण्ड | जस्तै, हिजो राती ती युवती चकित भएकी थिइन् कि "कसरी यो ग्रह एउटा राजाद्वारा शासित हुन सक्छ ?" यो पहिलेको समयमा हुन्थ्यो | र सम्पूर्ण ब्रह्माण्ड एक व्यक्ति, ब्रह्माद्वारा शासित छ | कसरी शासन गर्ने भनेर थाहा हुनुपर्छ |
भक्त (१): श्रील प्रभुपाद, हामीले देख्छौं कि हरेक लोकको धन र खनिजको वितरण अनुसार त्यो एउटा शासकले नियन्त्रण गर्नुपर्छ | एउटा स्थानमा सुन हुन्छ, एउटा स्थानमा अन्न-उत्पादन हुन्छ | के हो सहि हो ?
प्रभुपाद: होइन | सबै स्थानमा सबै कुरा हुन्छ, हुन सक्छ विभिन्न मात्रामा |
हरि-शौरि: के ब्रह्माले अरु सबै देवताहरुद्वारा कार्य गर्छन्, उनीहरू विभागीय प्रमुख जस्तै हुन् ? ब्रह्माले व्यक्तिगत रुपमा हरेक कार्यको निर्देशन गर्दैनन् |
प्रभुपाद: हो, उनीहरुले कार्यभार सम्हाल्छन् | जसरी हामीकहाँ विभिन्न सेवाको लागि विभिन्न जीबीसी छन्, तसैगारी, उनीहरुले आफ्नो कार्य गर्दैछन् | यी ग्रहहरु विभिन्न देवीदेवताहरुका निवासस्थान हुन् | उनीहरुले सम्पूर्ण ब्रह्माण्डीय कार्यहरु नियन्त्रण गर्दैछन् | उनीहरुको तुलनामा मनुष्य केहि पनि होइन | हामी नियन्त्रित छौं, हामी नियन्त्रक होइनौं | त्यो तिनीहरुले बुझ्दैनन् | आधुनिक सभ्यताका मानिसहरुले बुझ्दैनन् | यद्यपि तिनीहरु नियन्त्रित छन्, तर तिनीहरुले बुझ्न सक्दैनन् | त्यो कमजोरी हो |