NE/Prabhupada 0894 - आफ्नो कर्तव्य पूरा गर्नैपर्दछ । कष्ट भोग्नुपरे पनि गर्नैपर्दछ । यसलाई तपस्या भनिन्छ

Revision as of 09:42, 21 September 2017 by Vanibot (talk | contribs) (Vanibot #0005 edit: add new navigation bars (prev/next))
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


730417 - Lecture SB 01.08.25 - Los Angeles


अर्जुनले कृष्णलाई एउटा प्रश्न गर्नुभएको थियोः “हजुरले जे भन्नुभयो सबै ठीक छ । म यो शरीर होइन, म आत्मा हुँ । सबैजना शरीर होइनन् । सबैजना आत्मा हुन् । अतः जब यो शरीरको विनाश हुन्छ....”(छेउबाटः) त्यसलाई रोक । “शरीरको विनाश भएपछि पनि आत्माको अस्तित्व रहिरहन्छ । तर जब म मेरो पुत्र मरिरहेको देख्छु अथवा मेरो हजुरबा मरिरहेको देख्छु, वास्तवमा म मेरा हजुरबालाई मारिरहेको छु, अब मेरो हजुरबा मरिरहनुभएको छैन वा मेरो पुत्र मरिरहेको छैन, केवल आत्माले शरीर परिवर्तन गरिरहेको छ भनेर म कसरी आफूलाई सान्त्वना दिन किनभने म शरीरअनुसार सोच्न अभ्यस्त भइसकेको छु । त्यसकारण, ममा शोक उत्पन्न भइरहेको छ । अनि कृष्णले उत्तर दिनुभयोः “अवश्य, त्यो सत्य हो । तर तिमीले यसलाई सहनुपर्दछ, यत्ति हो । यसको कुनै रोकथाम छैन । “तांस्तितिक्षस्व भारत । कृष्णले कदापि भन्नुभएको छैन कि यी सत्य होइनन् जुन अर्जुनले कृष्णलाई बताउँदै हुनुहुन्छः “म जान्दछु कि जब मेरो पुत्र मरिरहेको हुन्छ तब मेरो पुत्रले वास्तवमा शरीर परिवर्तन गरिरहेको हुन्छ, अथवा मेरो हजुरबा मरिरहनुभएको छैन, शरीर मात्र परिवर्तन गरिरहनुभएको छ, म यो जान्दछु, तापनि म शरीरको छालाप्रति अत्यन्त आसक्त छु, अतः मैले कष्ट भोग्नैपर्दछ ।” तापनि म शरीरको छालाप्रति अत्यन्त आसक्त छु, अतः मैले कष्ट भोग्नैपर्दछ ।” अतः विपत्तिहरू अवश्य आउनेछन् र त्यसलाई सहनुभन्दा बाहेक अरु कुनै रोकथाम छैन । यसको अरु कुनै रोकथाम छैन ।” मात्रास्पर्शास्तु कौन्तेय शीतोष्णसुखदुःखदाः (भगवद्गीता २।१४) । जस्तै, तिमीहरूको देशमा अत्यन्त चिसो भएकोले बिहानै उठेर स्नान गर्न अलि कठिन हुन्छ । तर के यसको अर्थ यो हुन्छ कि अब भक्तहरूले स्नानै गर्न बन्द गर्नेछन् ? अहँ । अत्यन्त कठ्यांग्रिने चिसो भएतापनि हामीले स्नान गर्नैपर्दछ । आफ्नो दायित्व पूरा गर्नैपर्दछ । आफ्नो दायित्व पूरा गर्नैपर्दछ । यसमा अलिअलि कष्ट भएतापनि गर्नैपर्दछ । यसलाई तपस्या भनिन्छ । तपस्या भनेको हामीले कृष्णभावनामय कर्महरूलाई निरन्तरता दिनैपर्दछ यो संसारमा आउने सम्पूर्ण खतरा तथा विपत्तिहरूका बाबजुद पनि । यसलाई तपस्या भनिन्छ । तपस्या भनेको जीवनमा स्वेच्छाले कष्टहरू स्वीकार गर्नु हो । कहिलेकाहीँ तपस्या गर्ने क्रममा, जस्तै, गर्मी मौसममा सूर्यको प्रचण्ड तापको बाबजुद पनि योगीहरू आफ्नो वरीपरी आगो बाल्दछन् र आगोको बीचमा बसेर ध्यान गर्दछन् । कुनै–कुनै तपस्याहरू यस्तै प्रकारका हुन्छन् । अत्यन्त चिसोको मौसममा योगीहरू घाँटीसम्म पानी आउने गरी पानीभित्र पसेर ध्यान गर्दछन् । यसरी तपस्या गर्नुपर्ने निर्देशन दिइएको छ । तर भगवान् श्रीचैतन्य महाप्रभुले यस्तो तपस्या गर्ने निर्देशन दिनुभएको छैन । महाप्रभुले तिमीलाई अत्यन्त राम्रो तपस्या गर्ने निर्देशन दिनुभएको छः कीर्तन गर, नाच र प्रसाद खाऊ । (हाँसो चल्छ) तापनि हामी चाहँदैनौँ । हामी यस्तो सजिलो तपस्या पनि स्वीकार गर्न सक्दैनौँ । हेर त । हामी अत्यन्त पतित छौँ । तापनि हामी चाहँदैनौँ । हामी यस्तो सजिलो तपस्या पनि स्वीकार गर्न सक्दैनौँ । हेर त । हामी अत्यन्त पतित छौँ । जुन अत्यन्त सजिलोसँग गर्न सकिन्छ र जुन अत्यन्त सुखद पनि छ । तापनि हामी यसमा सहमत हुँदैनौँ । हामी सडकमै कुहिनेछौँ र जहाँसुकै सर्वत्र लम्पसार पर्नेछौँ अनि फेरि हामी पिउनेछौँ, मैथुन गर्नेछौँ र लम्पसार पर्नेछौँ । यस्तो अवस्थामा के गर्न सकिन्छ ? हामी राम्रा–राम्रा सुविधाहरू दिइरहेका छौँ । यहाँ आऊ, कीर्तन गर, नृत्य गर, अत्यन्त शान्तिपूर्वक जीवन बिताऊ र कृष्णप्रसादको आस्वादन गर । प्रसन्न होऊ । तर मानिसहरूले यो स्वीकार गर्नेछैनन् । यसैलाई भनिन्छः दुर्भाग्य । अतः श्रीचैतन्य महाप्रभु भन्नुहुन्छः एतादृशी तव कृपा भगवन्ममापि दुर्दैवं इदृशं इहाजनि नानुरागः (चै.च. अन्त्यलीला २०।१६¬) । श्रीचैतन्य महाप्रभु भन्नुहुन्छः नाम्नामकारि बहुधा निजसर्वशक्तिः । भगवान् कृष्णको दिव्य पवित्र नाममा सम्पूर्ण शक्तिहरू छन् । कृष्णको असीमित शक्तिहरू छन्, त्यसैगरी कृष्णको पवित्र नाममा पनि असीमित शक्तिहरू छन् । अतः नाम्नामकारि बहुधा । र कृष्णका असंख्य नामहरू छन् । कृष्णका हजारौँ–हजार नामहरू छन् । तीमध्ये कृष्ण नाम प्रमुख नाम हो । नाम्नामकारि बहुधा निजसर्वशक्तिस्तत्रार्पिता नियमितः स्मरणे न कालः । र यसको कुनै कडा नियमहरू छैनन्, कि तिमीले यो समयमा जप्नुपर्छ वा त्यो समयमा जप्नुपर्छ । होइन । कुनै पनि समय । तिमीले कुनै पनि समयमा जप्न सक्छौ । र ती नामहरू पनि कृष्णसमान छन् । अर्थात् कृष्णको पवित्र नाम पनि कृष्ण नै हो । नाम पनि कृष्ण नै हो । यो नसोच कि कृष्ण गोलोक वृन्दावनमा हुनुहुन्छ र उहाँको नाम उहाँभन्दा भिन्न छ । जस्तै, भौतिक संसारमा हाम्रो यो धारणा छ । यो संसारमा कुनै वस्तु र त्यसको नाममा भिन्नता हुन्छ । तर वैकुण्ठ जगतमा यस्तो भिन्नता हुँदैन । त्यसलाई परम भनिन्छ । कृष्णको नाम पनि कृष्णजस्तै शक्तिशाली हुन्छ ।