NE/Prabhupada 0896 - जब हामी पुस्तकहरू वितरण गरिरहेका हुन्छौँ, त्यो नै कृष्णभावना हो

Revision as of 09:42, 21 September 2017 by Vanibot (talk | contribs) (Vanibot #0005 edit: add new navigation bars (prev/next))
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


730417 - Lecture SB 01.08.25 - Los Angeles

त्यक्त्वा देहं पुनर्जन्म नैति मामेति कौन्तेय (भगवद्गीता ४।९) । यदि तिमी कृष्णभावनामृतमा विकसित हुन्छौ भने यसको प्रतिफल हुनेछ, यो शरीर परित्याग गरेपछि.... कृष्ण भन्नुहुन्छ, त्यक्त्वा देहं, अर्थात् यो शरीर परित्याग गरेपछि पुनर्जन्म नैति, तिमी यो भौतिक संसारमा पुनः जन्म लिनेछैनौ । हामी यही चाहन्छौँ । मानौँ, म वर्तमानमा अत्यन्त सुविधासम्पन्न छु । अहिले मेरो शरीर अत्यन्त सुविधासम्पन्न स्थितिमा राखिएको छ तर एकदिन मेरो मृत्यु आउनेछ र पुनः अर्को जन्म पनि हुनेछ । अतः यो शरीर परित्याग गरेपछि यदि मैले एउटा बिरालो अथवा कुकुरको शरीर प्राप्त गरेँ भने, यो सुविधासम्पन्न स्थितिको के अर्थ भयो ? किनभने मृत्यु निश्चित हुनेछ र जन्मान्तम्, ततः देहान्तरम् । देहान्तरम् भनेको तिमीले अर्को शरीर स्वीकार गर्नुपर्नेछ । यदि तिमी जान्दैनौ कि तिमीले कस्तो किसिमको शरीर प्राप्त गर्नेछौ... यदि तिमी जान्दैनौ कि तिमीले कस्तो किसिमको शरीर प्राप्त गर्नेछौ... किसिमको शरीर प्राप्त गर्नेछौ । अतः यदि मैले सुविधासम्पन्न स्थितिमा हुँदा आफूलाई कुकुरको मानसिकतामा राखेको छु भने, त्यसपछि मैले अर्को जीवनमा कुकुरको शरीर प्राप्त गर्नेछु । त्यसोभए, अहिलेको यो सुविधासम्पन्न स्थितिको के महत्व भयो त ? म बीस वर्ष अथवा पचास वर्ष अथवा सय वर्षसम्म सुविधासम्पन्न स्थितिमा रहुँला । तर त्यो सुविधासम्पन्न स्थितिपछि एकदिन मेरो मृत्यु हुनेछ, यदि मेरो मानसिकताको कारणले म कुकुर अथवा बिरालो अथवा मुसो बनेँ भने, यो सुविधासम्पन्न स्थितिको के लाभ ? यी मानिसहरू यो जान्दैनन् । विशेषगरी आजभोलिका मानिसहरू विचार गर्दछन् किः “म अब सुविधासम्पन्न स्थितिमा छु । मैले प्रशस्त धन कमाएको छु । मसँग प्रशस्त सम्पत्ति छ । मसँग प्रशस्त सुविधाहरू छन्, प्रशस्त भोजन छ । जब यो शरीर समाप्त हुनेछ तब मैले पुनः जन्म लिनुपर्ने छैन । अतः जबसम्म म बाँच्नेछु तबसम्म मलाई जीवनको आनन्द उठाउन देऊ ।” अतः कुन्ती व्यग्र हुनुहुन्छः अपुनर्भवदर्शनम् (श्रीमद्भागवत १।८।२५) । अपुनर्भव भनेको नदोहो¥याउनु । यदि तिमीले सधैँ कृष्णको दर्शन गर्दछौ भने त्यही नै कृष्णभावनामृत हो । कृष्णभावनामृत भनेको सधैँ कृष्णको चिन्तन गर्नु हो । तिम्रो चेतना कृष्णको चिन्तनमा मग्न हुनुपर्दछ अतः हामीले विभिन्न किसिमका सेवाहरू दिएका छौँ, यही कृष्णभावनामृत हो । हामीले हाम्रो शक्तिलाई विकेन्द्रित हुन दिनुहुँदैन । जब हामी पुस्तक वितरण गरिरहेका हुन्छौँ... त्यही नै कृष्णभावनामृत होः हामी पुस्तक वितरण गरिरहेका छौँ । तर यदि हामीले पुस्तक वितरण गर्नुभन्दा गरगहनाहरू वितरण गर्नु फाइदाजनक छ भन्छाँै भने यो त्यति राम्रो विचार होइन । यो राम्रो विचार होइन । त्यसो गरेमा हामी पुनः गहना व्यापारी बन्न पुग्नेछौँ । पुनर्मूषिको भव । पुनः मूसो बन । हामी अत्यन्त सावधान रहनुपर्दछ । हाम्रो कृष्णचेतनालाई अन्यत्र मोड्नु हुँदैन । नत्र हामी नरक जानेछौँ । यदि कृष्णचेतनामा आउँदा विपत्ति तथा दुःखकष्ट आइपर्दछ भने पनि हामीले त्यसलाई सहनुपर्दछ । यो कुन्तीदेवीको उपदेश हो....हामीले यस्ता विपत्तिहरूलाई स्वागत गर्नुपर्दछ र कृष्णलाई प्रार्थना गर्नुपर्दछ । त्यो प्रार्थना कुन हो ? तत्तेऽनुकम्पां सुसमीक्षमाणः (श्रीमद्भागत १०।१४।८) । “प्रिय प्रभु, म यो विपत्तिजनक परिस्थितिमा पर्नु हजुरकै महान् कृपा हो ।” भक्तको दृष्टिकोण यस्तो हुन्छ । उसले विपत्तिलाई विपत्तिका रूपमा लिँदैन । उसले भन्दछः “यो कृष्णको कृपा हो ।” कस्तो प्रकारको कृपा ? भुञ्जान् एवात्मकृतं विपाकम् । “मेरा पूर्वकर्महरूको कारणले त मैले धेरै नै दुःख कष्टहरू पाउनुपर्ने थियो । तर हजुरले मलाई थोरै मात्र कष्ट दिएर ती दुःखकष्टहरूलाई मेटिदिनुभएको छ ।”