NE/Prabhupada 0927 - तिमीले कृष्णको विश्लेषण कसरी गर्छौ ? उहाँ असिमित हुनुहुन्छ । यो असम्भव छ: Difference between revisions

 
(Vanibot #0005 edit: add new navigation bars (prev/next))
 
Line 9: Line 9:
[[Category:Nepali Language]]
[[Category:Nepali Language]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0926 - कुनै व्यापारिक आदान-प्रदान हुँदैन । त्यो आवश्यक छ । कृष्णले त्यस्तो प्रेम चाहनुहुन्छ|0926|NE/Prabhupada 0928 - केवल कृष्णप्रतिको अहैतुकी प्रेम बढाऊ । त्यो जीवनको पूर्णता हो|0928}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 21: Line 24:


<!-- BEGIN AUDIO LINK (from English page -->
<!-- BEGIN AUDIO LINK (from English page -->
<mp3player>File:730423SB-LOS_ANGELES_clip3.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/730423SB-LOS_ANGELES_clip3.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->



Latest revision as of 09:47, 21 September 2017



730423 - Lecture SB 01.08.31 - Los Angeles


जसले सर्वप्रथम कृष्णको विश्लेषण गर्ने सोच्दैछन्, कि उहाँ भगवान हुनुहुन्छ कि हुनुहुन्न, तिनीहरु प्रथम-श्रेणीका भक्त होइनन् | जोसँग कृष्णप्रति अहैतुकी प्रेम छ, उनीहरु प्रथम-श्रेणीका भक्त हुन् | तिमीले कृष्णको विश्लेषण कसरी गर्छौ ? उहाँ असिमित हुनुहुन्छ | यो असम्भव छ | हामीले कृष्ण विश्लेषण गर्ने प्रयास गर्नुहुन्न | यो असम्भव छ | हाम्रा इन्द्रियहरुको सिमित अनुभव तथा सिमित शक्ति छ | हामीले कृष्णको अध्ययन कसरी गर्न सक्छौं ? यो सम्भव छैन | कृष्णले आफैं जे प्रकट गर्नुहुन्छ, त्यति पर्याप्त हुन्छ | प्रयास नगत | त्यो नेति नेति...... | जस्तै मायावादीहरु भगवानलाई भेटाउन प्रयासरत छन्, भगवान कहाँ हुनुहुन्छ, भगवान को हुनुहुन्छ | नेति, यो होइन | तिनीहरु केवल "यो होइन" भन्छन् | तिनीहरुको सिद्धान्त "यो होइन"मा आधारित छ | र के चाहिँ हो, तिनीहरुलाई थाहा छैन | तथाकथित वैज्ञानिकहरुपनि अन्तिम कारण पत्ता लगाउन प्रयासरत छन्, तर तिनीहरुको प्रक्रिया "यो होइन" भन्ने छ | त्यतिमात्र छ | तिनीहरु जति विकास गर्छन्, तिनीहरुले "यो होइन" पाउँछन्, र के चाहिँ हो, तिनीहरुले कहिल्यै पत्ता लगाउनेछैनन् | तिनीहरुले "यो होइन" भन्न सक्छन् तर के चाहिँ हो, त्यो सम्भव छैन | पन्थास् तु कोटि-शत​-वत्सर​-सम्प्रगम्यो वायोर् अथापि मनसो मुनि-पुङ्गवानाम् सो ऽप्यस्ति यत् प्रपद​-सीम्न्य् अविचिन्त्य​-तत्त्वे गोविन्दम् आदि-पुरुषं तम् अहं भजामि (ब्र स ५|३४) | कृष्णको कुरा के गर्नु, यो भौतिक वस्तु पनि | तिनीहरु चन्द्र-ग्रह जान प्रयासरत छन् | वास्तवमा तिनीहरुलाई थाहा छैन कि त्यो के हो | तिनीहरु किन फर्किंदै छन् ? यदि तिनीहरुलाई त्यो के हो पूर्णतः थाहा हुन्थ्यो भने तिनीहरुको वास अहिलेसम्म त्यहाँ भइसकेको हुन्थ्यो | तिनीहरु गत बीस वर्षदेखि प्रयासरत छन् | तिनीहरुले देख्दैछन् कि: "यो होइन | यहाँ कुनै जीव छैन | यहाँ बस्न सम्भव छैन |" धेरै "होइन"हरु | र के हो ? तिनीहरुलाई थाहा छैन | र यो एकमात्र ग्रह वा तारा हो | चन्द्र-ग्रहलाई ताराको रुपमा लिइन्छ | वैज्ञानिकहरु भन्छन् कि ताराहरु सबै सूर्य हुन् तर भगवद गीतामा भएको हाम्रो जानकारी अनुसार: नक्षत्राणाम् यथ शशी | शशी भनेको चन्द्रमा ताराहरुजस्तै छ | चन्द्रमाको अवस्था के छ ? चन्द्रमा सूर्यको प्रकासको कारण चम्कँदैछ | हाम्रो गणना अनुसार सूर्य एक छ | तर आधुनिक वैज्ञानिकको अनुसार धेरै सूर्यहरु छन्, जसलाई तारा भनिन्छ | हामी सहमत छैनौं | यो एकमात्र ब्रह्माण्ड हो | धेरै सूर्यहरु छन् तर हरेक ब्रह्माण्डमा एउटा सूर्य हुन्छ, धेरै होइन | हामीले अपूर्ण रुपमा अनुभव गरेको यस ब्रह्माण्ड..... हामीलाई थाहा छैन | यहाँको तारा, ग्रहको संख्या हामीले गन्न सक्दैनौं | यो असम्भव छ | हाम्रो सामु भएक भौतिक वस्तुहरु पन हामी गन्न वा बुझ्न सक्दैनौं, र यो ब्रह्माण्डको सिर्जना गर्नुहुने भगवानको के कुरा गर्नु ? त्यो सम्भव छैन | तसर्थ ब्रह्म-संहितामा भनिएको छ: पन्थास् तु कोटि-शत​-वत्सर​-सम्प्रगम्यः (ब्र स ५|३४) | पन्थास्...... कोटि-शत​-वत्सर | आकाश असिमित छ | अहिले तिमीसँग विमान वा स्पुत्निक..... तिनीहरुले धेरै आविष्कार गरिसके | तिमी हेर्दै जाऊ | तिमी कति घण्टा वा दिन वा वर्षसम्म हेर्न सक्छौ ? सक्दैनौ | पन्थास् तु कोटि-शत​-वत्सर​ | लाखौं वर्षसम्म आफ्नो गतिमा जाऊ, कोटि-शत​-वत्सर​ | पन्थास् तु कोटि-शत​-वत्सर​-सम्प्रगम्यः | र कसरी जाने ? हावाको गतिमा उड्ने विमानमा जाने | ५०० मील वा १००० मील प्रति घण्टाको गति होइन | हावाको गति कति हो ? स्वरूप दामोदर: १९६,००० मील प्रति सेकेन्ड | प्रभुपाद: ९६ मील प्रति सेकेन्ड | यी कुराहरु वैदिक शास्त्रमा वर्णित छन् कि यदि तिमी हावाको गतिमा जान्छौ, ९६,००० मील प्रति सेकेन्ड...... कल्पना गर कि हावाको गति कति छ | पन्थास् तु कोटि-शत​-वत्सर​-सम्प्रगम्यो वायोर् अथापि (ब्र स ५|३४) | हावाको गतिमा उड्ने विमानमा | त्यो गतिमा लाखौं वर्षसम्म | अनि फेरी बताइएको छ कि हावाको गतिमा मात्र होइन तर मनको गतिमा पनि |